स्पेनमा छायाँकन गरिएको 'के भयो तिमीलाई' सार्वजनिक (भिडियो)

दर्पण दैनिक २४ मंसिर २०८०,१४:२०
post

काठमाडौं । गायक जितेन लेप्चाको नयाँ गीत 'के भयो तिमीलाई' सार्वजनिक भएको छ । सेण्टिमेण्टल भर्सनको  गीतमा शब्द, संगीत डेकेन्द्र श्रेष्ठको रहेको छ ।  गीतमा श्याम महर्जनले संगीत संयोजन गरेका हुन् । युरोपको अति रमणीय ठाँउ बार्सेलोना सिटीमा भिडियोको सम्पूर्ण छायाँकन भएको हो ।


म्युजिक भिडियोमा बिनोद गुरुङ र समी गुरुङको  अभिनय रहेको छ ।  गीतको भिडियोलाई सुरज मैनाली 1 MB को छायाँकन, सम्पादन र  निर्देशनमा तयार पारिएको हो । यसअघि यो गीत फिमेल भर्सनमा सिजाशु श्रेष्ठको स्वरमा समेत सार्वजनिक भैसकेको छ । गायक लेप्चा एक समयका चर्चित गायक हुन् । उनको स्वरमा रहेको  ‘तिमीले साथ’ बोलको गीत दर्शक स्रोता माझ लोकप्रिय छ ।

यसअघि गीतकार  श्रेष्ठको शब्द संगीतमा रहेको 'तिमीले साथ', 'आँखा वरिपरी', 'निष्ठुरी', 'के भयो तिमीलाई', 'तिमी पनि एक्लै'  लगायात थुप्रै म्युजिक भिडियोहरु सार्वजनिक भैसकेका छन् । नयाँ म्युजिक भिडियो गीतकार तथा संगीतकार  डेकेन्द्र श्रेष्ठको आधिकारिक युट्युव च्यानल 'डेकेन्द्र प्रडक्सन' मार्फत भिडियो सार्वजनिक गरिएको  हो ।

 

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: