काठमाडौं । एमाले अध्यक्ष केपी ओलीलाई धिमे बाजा उपहार दिइएको छ । मध्यपुर थिमि नगरपालिकाका पूर्व नगरप्रमुख मदन सुन्दर श्रेष्ठ र म्युजिक भिडियो निर्देशक तथा म्युजिक भिडियो निर्देशक समाजकी कोषाध्यक्ष बबिता श्रेष्ठको नेतृत्वमा गएको एक समुहले ओलीलाई धिमे बाजा उपहार दिएको हो ।
धिमे बाजा उपहार दिने कार्यक्रममा बागमती प्रदेश सभा सदस्य माननीय सकुन्तला श्रेष्ठ, समाजसेवी उत्तरा नेपाल, कलाकार अमन श्रेष्ठ, गीतकार राजेन्द्र पुरी र धिमे बाजा ग्रुप लगायतको उपस्थिति रहेको थियो ।
ओली निवास बालकोट पुगि जन्मदिनको शुभकामना सहित धिमे बाजा प्रदान गरिएको हो । हालै थिमि स्थित दुई पोखरीमा सम्पन्न चौथो एपिक नेपाल म्युजिक अवार्ड २०७९ मा अध्यक्ष ओली आफैले बजाएको धिमे बाजा उपहार स्वरुप उनलाई प्रदान गरिएको हो ।