काठमाडाैं । वरिष्ठ हास्य कलाकार हरिवंश आचार्य अस्पताल भर्ना भएका छन् । नाकबाट अकस्मात रगत बगेपछि आचार्यलाई उपचारका लागि विराटनगर अस्पतालमा भर्ना गरिएकाे हाे ।
विराटनगरको हिमगिरी हाइजिङको ब्राण्ड एम्बेस्डर बन्ने सहमतिपत्रमा हस्ताक्षर गर्न महजोडीद्वय मदनकृष्ण श्रेष्ठ र आचार्य शनिबार विराटनगर पुगेका थिए ।
अहिले आचार्यकाे अवस्था सामान्य रहेकाे अस्पतालका चिकित्सकले जानकारी दिएका छन् । आचार्यकाे स्वास्थ्य अवस्था बुझ्न कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की अस्पताल पुगेका छन् ।