चेक रिपब्लिककी क्रिस्टिनाले जितिन् मिस वर्ल्डकाे उपाधि

दर्पण दैनिक २७ फाल्गुन २०८०,१०:५२
post

काठमाडौं । मिस वर्ल्डको ७१औँ संस्करणको उपाधि चेक रिपब्लिककी क्रिस्टिना पाइस्कोभाले जितेकी छन । शनिबार राति मुम्बईमा भएको फिनालेमा उनले ताज पहिरिएकी हुन । 

मिस वर्ल्ड २०२२ की क्यारोलिना बिएलास्काले पाइस्कोभालाई ताज पहिरिदिइन । २४ वर्षीया पाइस्कोभा अन्तर्राष्ट्रिय मोडल हुन । 

त्यसैगरी, एसियाली मुलुक लेबनानकी यास्मिना जायतौन फस्ट रनरअफ घोषित भइन । नेपालकी प्रियंकारानी जोशी अन्तिम ४० सम्म मात्रै अटाउन सकिन ।

बलिउड फिल्म निर्माता तथा निर्देशक करण जोहर र पूर्वमिस वर्ल्ड मेगन योङ्ले यसपटकको फिनाले होस्ट गरेका थिए ।

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: