काठमाडौं । टेलिभिजन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन ६ को प्रसारण आजदेखि हुने भएकाे छ । आज ब्लाइन्ड अडिसनको पहिलो एपिसोड हिमालय टिभी एचडी तथा युट्युबमा प्रसारण हुनेछ । नेपालका बिभिन्न जिल्ला र अन्य देशबाट समेत आएका प्रतिभाले ब्लाइन्ड अडिसनमा प्रस्तुति दिएका छन् ।
ब्लाइन्ड अडिसनमा १२० प्रतिभाले प्रतिस्पर्धा गर्दैछन् । जसको छायांकन सम्पन्न भैसकेको छ । द भ्वाइस अफ नेपालको सिजन सिक्समा उदय सोताङ, राजु लामा, खेम सेन्चुरी र मेलिना राई कोचको रुपमा छन् ।
ब्लाइन्ड अडिसन प्रसारण भइसकेपछि ब्याटल राउन्डको छायांकन सुरु हुनेछ । शो प्रत्येक शुक्रबार र शनिबार बेलुका ८ बजे प्रसारण हुनेछ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google