काठमाडौं । चर्चित गायन रियालिटी शो ‘भ्वाइस अफ नेपाल सिजन ६’ मा कोचको टुंगो लागेको छ । सुरुदेखि नै कोचको रुपमा देखिंदै आएका लोप्रिय गायक प्रमोद खरेल यो सिजनमा छैनन् । प्रमोद खरेल विनानै ‘भ्वाइस अफ नेपाल सिजन ६’ मा कोचको टुंगो लगाइएको छ । उनी किन बाहिरिएका हुन् भन्ने खुलेको छैन् ।
कोचको रुपमा गायकद्वय उदय सोताङ र राजु लामाको पुनरागमन भएको छ । यसअघि ‘भ्वाइस किड्स’मा कोच बनेकी गायिका मेलिना राईले भ्वाइसमा इन्ट्री गरेकी छन् । चर्चित लोकदोहोरी गायक खेम सेन्चुरी पनि नयाँ सिजनमा कोचको रुपमा अनुबन्धित भएका छन् ।
आइतबारदेखि ब्लाइन्ड अडिसन सुरु हुने र १२० जना प्रतिस्पर्धीले यो राउण्डमा प्रतिस्पर्धा गर्ने बताइएको छ । भ्वाइस अफ नेपालको छैटौँ सिजन मंसिर अन्त्यदेखि हिमालय टिभीमा प्रसारण हुने जनाइएको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google