
काठमाडौँ । लोकप्रिय सर्जक तथा गायक सुर्यबिरही साउँदले शब्द तथा लयबद्ध गरेको लोक देउडाभाकाको गीत ‘तल्ला बाटा सुइक्क’ सार्वजनिक भएको छ । बासियिालो म्युजिक प्रालिको प्रस्तुतिमा उक्त गीत ‘तल्ला बाटा सुइक्क’ बासियिालो म्युजिकको युट्युबबाट सार्वजनिक गरिएको हो ।सुमधुर स्वरका धनी गायक विसाल रावल र गायिका आर्या भाटको स्वर रहेको छ ।
गीतको भिडियोको निर्देशन सन्जु नेगीले गरेका छन्, भने दृश्यहरू क्यामरामा कैद गर्ने (छायाँकन) र त्यसलाई अन्तिम रूप दिने (सम्पादन) काम राजेश बोहराले गरेका छन् ।
भिडियोमा स्वयं गायक विसाल रावल र प्रतिभावान अभिनेत्री सरमीला पौडेलको मुख्य अभिनय देख्न सकिन्छ। उनीहरूको अन(स्क्रिन केमेस्ट्रीले दर्शकको मन जित्ने दाबी गरिएको छ । यसैगरी, यस सिर्जनालाई सफल बनाउन राजेन्द्र थापाले विशेष सहयोगीको भूमिका निर्वाह गरेका छन् ।









































































.jpeg)






































.jpg)








.jpeg)























.jpg)





























प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google