रणवीर र रश्मिकाकाे ‘एनिमल’को आक्रामक बुकिङ कायमै

दर्पण दैनिक १२ मंसिर २०८०,१४:५१
post

काठमाडौं । बलिउड सिनेमा ‘एनिमल’को आक्रामक बुकिङ कायमै छ । भारतीय सञ्चारमाध्यम तथा बलिउड सिनेमाका ट्रेड एनलाइसिस्टहरूले ‘एनिमल’को आक्रामक बुकिङ भइरहेको जनाएका छन् । भारतका नेसनल चेन हलहरूमा ‘एनिमल’को टिकट लोभलाग्दो रूपमा बिक्री भइरहेको तथ्यांक ट्रेड एनलाइसिस्ट तरण आदर्शलगायतले हरेक दिन ‘अपडेट’ दिइरहेका छन् । 


‘एनिमल’को एड्भान्स टिकट बिक्री खुलेको २४ घण्टामा ३.४ करोड भारु आम्दानी गरेको भारतीय सञ्चारमाध्यहरूले जनाएका छन् । रिलिजको चार दिनअघिसम्म एड्भान्स टिकट बुकिङबाट ६.४२ करोड भारू कमाएको इन्डियन एक्सप्रेसले जनाएको छ । दुई लाख ९ हजार ९८६ टिकट बिक्री हुँदा करिब साढे ६ करोड भारु कमाएको हो । 


चलचित्रले एड्भान्स बुकिङ हेर्दा यो सिनेमाले आक्रामक ओपनिङ गर्ने देखिएको छ । सन्दीप रेड्डीको निर्देशन तथा रणवीर कपुर, रश्मिका मन्दाना, बबी देओल र अनिल कपुर स्टारर ‘एनिमल’ले विदेशमा पनि आक्रामक व्यापार गर्ने भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । 


इन्डियन एक्सप्रेसले ‘एनिमल’ले ५० करोडभन्दा माथि ओपनिङ गर्ने जनाएको छ ।  डिसेम्बर १ मा ‘एनिमल’ विश्वभर एकसाथ प्रदर्शनमा आउँदै छ । ‘एनिमल’ले अमेरिकामा अहिलेसम्मकै उच्च शोज पाएको बताइएको छ ।  

सम्बन्धित खबर

post

'भिझाएर आँशु' सार्वजनिक (भिडियो)

२० फाल्गुन २०७९,१४:१३
post

बिहे गर्दै मोडल रियाशा

११ बैशाख २०८०,१३:५९
post

‘साइकल सरर’ मा राहुल र बिना

१४ बैशाख २०८०,०९:५०
post

‘दौतरी’ मा गरिमा  शर्मा

१७ बैशाख २०८०,२१:१२
post

काठमाडौँ आइपुगे आमिर खान

२४ बैशाख २०८०,१२:५५
post

‘पुष्पा २’ छायांकन सुरु

१६ असार २०८०,१६:११
post

महँगी

२८ श्रावण २०८०,१२:१२
post

एक भेट

२८ श्रावण २०८०,२०:५०
post

एक टुक्राे भाेक!

२९ श्रावण २०८०,२१:२५
post

‘जय हो’को प्रिमियर शो

७ भाद्र २०८०,१९:५५
post

यहाँ यस्तै छ

१८ भाद्र २०८०,०९:४७
post

'हाई गर्मी' (भिडियो)

१४ आश्विन २०८०,१७:४६
post

‘बसन्त’का दुई कृति एकसाथ

१५ आश्विन २०८०,०७:३८
post

अभिनेता अनमोल केसी रिहा

१५ आश्विन २०८०,०९:५२
post

अभिनेत्री दिपाशा बीसीको निधन

२३ कार्तिक २०८०,१४:१९
post

म बनेर बाँच्न सकूँ

१५ मंसिर २०८०,०८:५७
post

‘मायाबी’ को छायांकन सकियो

१७ मंसिर २०८०,०७:४०
post

उस्तै छ आज पनि....

२३ मंसिर २०८०,०७:१६
post

जमिनका गिद्धहरु

२९ मंसिर २०८०,१७:२०
post

‘मेरा बा’

५ पुष २०८०,१३:५८
post

बोल्ड आँचल

१८ माघ २०८०,१५:०९
post

रेखाको 'उपहार'मा आशा भुषाल

२५ फाल्गुन २०८०,१८:०९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७
post

लोकेतन्त्रे

१८ जेष्ठ २०८१,१०:१६
post

'अब तिमी उसैको भयौ' (भिडियो)

२१ जेष्ठ २०८१,१४:२३
post

‘बनायौं आज घर न घाटको’

६ असार २०८१,१७:३१
post

सब छोडी जानु त निश्चित छ

१२ श्रावण २०८१,२२:०२
post

मिस माल्टा चेरिस काठमाडौंमा

१४ श्रावण २०८१,०९:३९