काठमाडौं । सुदूरपश्चिम तथा कर्णाली क्षेत्रका लोकप्रिय देउडा गायक भुवन प्रसाद दाहाल र गायिका शोभा थापाको आवाजमा ‘गाउँभरी हल्ला छ’ बोलको देउडा गीत सार्वजनिक भएको छ । ‘गाउँभरी हल्ला छ’ बोलको गीत विशेष फिल्मस् युट्युब च्यानलबाट बिहीबार सार्वजनिक गरिएको हो ।
उक्त देउडा गीतको म्युजिक भिडियोमा मोडल रामसिंह धामी र वर्षा भण्डारीले अभिनय गरेका छन् ।
हिरासिंह खड्का अभागीको शब्द सृजना र लय रहेको ‘गाउँभरी हल्ला छ’ देउडा गीतको निर्देशन भिम थापाले गरेका छन् ।