काठमाडौं । बलिउड अभिनेता आयुष्मान खुराना मुख्य भूमिकामा रहेको सिनेमा ‘ड्रिम गर्ल–२’को ट्रेलर सार्वजनिक भएको छ ।
ट्रेलरमा आयुष्मान डान्सर पूजाको भूमिकामा देखिएका छन् । भदौ ८ मा रिलिज हुने सिनेमामा आयुष्मानसँगै अनन्या पाण्डे, परेश रावल, अनु कपुर, विजय राज, राजपाल यादव, सीमा पहवालगायत कलाकारको अभिनय छ ।