सञ्चारकर्मी हुमागाँईसँग निहुँ खोजेपछि संगीतकर्मी संघबाट निकालिए कार्की

दर्पण दैनिक ११ माघ २०८०,२१:०३
post

काठमाडौं । राष्ट्रिय लोक संचारकर्मी नेपालका कोषाध्यक्ष शरण हुमागाई माथि धम्कीपूर्वक ढंगले सामाजिक संजालमा लेखेपछि राष्ट्रिय संगीतकर्मी संघले निर्वतमान अध्यक्ष राजेन्द्रकुमार कार्कीलाई ६ महिनाको लागि निलम्बन गरेको छ । राष्ट्रिय संगीतकर्मी संघको आज बसेको कार्य समितिको जरुरी बैठकले संस्थाको विधि विधान अनुसार कुनै पनि पदीय दायित्वमा नरहने गरि ६ महिनाको लागि निलम्बन गरेको हो ।


राष्ट्रिय लोक संचारकर्मी नेपालका कोषाध्यक्ष शरण हुमागाई माथि कार्कीले धम्कीपूर्वक ढंगले सामाजिक संजालमा दिईएको अभिव्यक्ति प्रति पनि राष्ट्रिय संगीतकर्मी सघंको ध्यानाकर्षण भएको संघका महासचिव अमृत खातीले विज्ञप्ति जारी गर्दै जानकारी दिए । 

‘राष्ट्रिय संगीतकर्मी संघका केन्द्रीय निवर्तमान अध्यक्ष समेत रहेका गायक राजेन्द्र कुमार कार्कीले मिति २०८०।१०।१० गते रेडियो आहा १०४.५ मेगाहर्जमा कार्यक्रम देउरालीका संचालक शरण हुमागाईंसँग दिइएको अन्तरवार्तालाई लिएर विभिन्न सामाजिक संजालहरुमा आएका टिक्का टिप्पणीहरुलाई राष्ट्रिय संगितकर्मी संघ केन्द्रीय कार्यसमितिले नजिकबाट नियालिरहेको कुरा यहाँहरुलाई जानकारी गराउँदछौं’, विज्ञप्तिमा भनिएको छ । 


निवर्तमान अध्यक्ष कार्कीलाई राष्ट्रिय संगीतकर्मी सघं केन्द्रीय कार्यसमितिका पदाधिकारीहरुलाई समेत मादक पदार्थ सेवन गरि मध्यरातमा गालीगलौज गर्ने र सामाजिक संजालहरुमा चरित्रहत्या गर्ने जस्ता कार्यहरु गर्नुका साथै गैर जिम्मेवार अभिव्यक्तिहरु दिएकोसमेत आरोप लागेको छ । उक्त कार्य संस्थाको हित विपरित भएकोले निलम्बन गरिएको संघले जनाएको छ । 

यसअघि  राष्ट्रिय लोकसञ्चारकर्मी नेपालले कोषाध्यक्षसमेत रहेका सञ्चारकर्मी शरणकुमार हुमागाईमाथि आक्षेप लगाउँदै बेइज्जत गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको थियो । संस्थाका सचिव कमल सरगमले विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको बताएका थिए । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले संगीतकार तथा गायक राजेन्द्रकुमार कार्कीले पत्रकारमाथि गरेको गालीगलौज र आक्षेप लगाउँदै बेइज्जत गरेको भन्दै यस्ता व्यवहार हुनु दुर्भाग्यपूर्ण र खेदजनक भएको उल्लेख गरेको छ ।

रेडियो आहा १०४.५ मेगाहर्जमा हुमागाईले सञ्चालन गरेको देउराली नामको कार्यक्रममा बुधबार साँझको अन्तर्वार्तापछि संगीतकार कार्कीले सामाजिक सञ्जाल फेसबुकमा सञ्चारकर्मी हुमागाईमाथि विभिन्न गालीगलौज र आक्षेप लगाउँदै स्टाटस लखेका थिए । राष्ट्रिय संगीतकर्मी संघका निवर्तमान अध्यक्ष समेत रहेका कार्कीले सञ्चारकर्मी हुमागाईलाई ‘पागल’, ‘ब्वाँसो’, बहिष्कार गरौँलगायत शब्द लेखेका थिए । हाल कार्कीको फेसबुकमा उक्त स्टाटस हटाइसकेका छन् । 

सम्बन्धित खबर

post

'भिझाएर आँशु' सार्वजनिक (भिडियो)

२० फाल्गुन २०७९,१४:१३
post

बिहे गर्दै मोडल रियाशा

११ बैशाख २०८०,१३:५९
post

‘साइकल सरर’ मा राहुल र बिना

१४ बैशाख २०८०,०९:५०
post

‘दौतरी’ मा गरिमा  शर्मा

१७ बैशाख २०८०,२१:१२
post

काठमाडौँ आइपुगे आमिर खान

२४ बैशाख २०८०,१२:५५
post

‘पुष्पा २’ छायांकन सुरु

१६ असार २०८०,१६:११
post

महँगी

२८ श्रावण २०८०,१२:१२
post

एक भेट

२८ श्रावण २०८०,२०:५०
post

एक टुक्राे भाेक!

२९ श्रावण २०८०,२१:२५
post

‘जय हो’को प्रिमियर शो

७ भाद्र २०८०,१९:५५
post

यहाँ यस्तै छ

१८ भाद्र २०८०,०९:४७
post

'हाई गर्मी' (भिडियो)

१४ आश्विन २०८०,१७:४६
post

‘बसन्त’का दुई कृति एकसाथ

१५ आश्विन २०८०,०७:३८
post

अभिनेता अनमोल केसी रिहा

१५ आश्विन २०८०,०९:५२
post

अभिनेत्री दिपाशा बीसीको निधन

२३ कार्तिक २०८०,१४:१९
post

म बनेर बाँच्न सकूँ

१५ मंसिर २०८०,०८:५७
post

‘मायाबी’ को छायांकन सकियो

१७ मंसिर २०८०,०७:४०
post

उस्तै छ आज पनि....

२३ मंसिर २०८०,०७:१६
post

जमिनका गिद्धहरु

२९ मंसिर २०८०,१७:२०
post

‘मेरा बा’

५ पुष २०८०,१३:५८
post

बोल्ड आँचल

१८ माघ २०८०,१५:०९
post

रेखाको 'उपहार'मा आशा भुषाल

२५ फाल्गुन २०८०,१८:०९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७
post

लोकेतन्त्रे

१८ जेष्ठ २०८१,१०:१६
post

'अब तिमी उसैको भयौ' (भिडियो)

२१ जेष्ठ २०८१,१४:२३
post

‘बनायौं आज घर न घाटको’

६ असार २०८१,१७:३१
post

सब छोडी जानु त निश्चित छ

१२ श्रावण २०८१,२२:०२
post

मिस माल्टा चेरिस काठमाडौंमा

१४ श्रावण २०८१,०९:३९