काठमाडौं । एक ताकाकी लाेकप्रिय नायिका अरुणिमा लम्साल दश वर्षपछि अभिनयमा फर्किन लागेकी छन् । ‘घर बट इन अमेरिका’ शीर्षकको वेब सिरिजमार्फत उनी अभिनयमा फर्किन लागेकी हुन् ।
उनले यो वेब सिरिजको छायांकन थालेकी छन् । छायांकन अमेरिकामा भइरहेको छ । यो सिरिजलाई बिमलेश अधिकारीले निर्देशन गरिरहेका छन् ।
सन् २०१५ देखि अमेरिकामा रहेकी उनले पछिल्लो चलचित्र ‘पिपल’मा अभिनय गरेकी थिइन् । सिचुएसनल कमेडी–ड्रामा विधामा बन्ने यो सिरिजको सम्पूर्ण छायांकन अमेरिकामा नै हुने निर्देशक अधिकारीले बताएका प्रेस नोटमा उल्लेख छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google