काठमाडौं । सन्दीप न्यौपाने र प्राची बिडारीको स्वरमा नयाँ गीत बजारमा आएको छ । ‘सँगै हुनलाई’ बोलको गीतमा शब्दरचना र संगीत दीपक शर्माको छ ।
गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको छ । मौसम हिमालीको कोरियोग्राफी र निर्देशन रहेको छ । भिडियोमा शुशान्त कार्की र शिल्पा पोखरेलको अभिनय छ ।