मल्लिका महत र अनुज फिचर्ड 'नौडाँडा पारी २' सार्वजनिक (भिडियो)

दर्पण दैनिक १९ फाल्गुन २०७९,१६:३९
post

काठमाडौं । अभिनेत्री मल्लिका महत र अनुज गुरुङको अभिनयमा रहेको नयाँ म्युजिक भिडियो  'नौडाँडा पारी २'  सार्वजनिक भएको छ। भिडियोमा  मोडल महत र गुरुङ प्रेमी प्रेमिकाको भूमिकामा देखिएका छन्।   टाढा रहेका  २ प्रेमीहरुको  सम्झना र कल्पनालाई प्रस्तुत गरिएको भिडियोमा मोडल  महत र गुरुङ बीचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ ।

लोक शैलीको गीतमा मंगोलियन हार्टका  गायक राजु लामाको सुमधुर स्वर रहेको छ । लोकप्रिय संगीतकार टिका दहालले संगीतवद्द गरेको यस गीतलाई राहुल प्रधानले  संगीत संयोजन गरेका हुन्।  गीतलाई चर्चित गीतकार रमेश दहालले लेखेका हुन् ।

चित्लाङ वरपरका रमणीय दृश्य समेटिएको यस गीतको भिडियोलाई बुद्ध थापाले छायाँकन गरेका हुन् ।  भिडियोमा बिकाश धमलाको सम्पादन रहेको छ।  निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो।  भिडियो 'टिका दहाल म्युजिक' नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो। ५ वर्ष  अघि दहालकै संगीतमा गायक आगा लामाको स्वरमा 'नौडाँडा पारी १' सार्वजनिक भएको थियो।  

 

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: