काठमाडौं । गायक सरोज साजन श्रेष्ठ र गायिका समीक्षा अधिकारीको स्वरमा समावेश ‘चुम्दा मायाले’ बोलको गीतको भिडियाे सार्वजनिक भएको छ । लम्साल यादवको शब्दमा अर्जुन पोखरेलले निकै रोमान्टिक गीत तयार पारेका छन् ।
यो गीतको भिडिओलाई माइकल चन्दले निर्देशन गरेका हुन् । भिडियोमा लेन जी, उषा उप्रेती र ललना चिमरियालाई अभिनय छ । भिडियोमा सिलन लम्सालको सम्पादन, नवराज उप्रेतीको छायांकन छ ।