भक्त स्याङ्तानको ‘डम्फुको आत्मालाप’ सार्वजनिक

दर्पण दैनिक १३ श्रावण २०८०,१५:२७
post

काठमाडौं । सञ्चारकर्मी भक्त स्याङ्तानको कथा संग्रह ‘डम्फुको आत्मालाप’ सार्वजनिक भएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा प्राध्यापक अरुण गुप्तो, निबन्धकार कुमारी लामा र सञ्चारकर्मी तथा निर्देशक फूलमान बलले कथा संग्रह सार्वजनिक गरेका हुन् । यससँगै कीर्तिमाथि अन्तरसंवाद गरिएको थियो । कार्यक्रममा बोल्दै प्राध्यापक अरुण गुप्तोले ‘डम्फुको आत्मालाप’ आमपाठकले नबुझ्ने तामाङ सभ्यताका विम्ब र चित्रलिपिहरु सहजै बुझिनेगरी लेखिएको दस्तावेजका रुपमा रहेको बताए ।

सञ्चारकर्मी तथा निर्देशक फूलमान बलले भने, ‘डम्फुको आत्मालाप तामाङ समुदायको आत्मा हो, तामाङको मर्म हो, तामाङको इतिहास पनि हो । यो कथा संग्रहले नेपाली साहित्यलाई नै मजबजुत बनाउँछ ।’ उनले यो कथा संग्रहले तामाङ समुदायका संस्कृति, पहिचान र जरो बुझ्न सघाउने बताए ।

लेखक भक्तबहादुर स्याङ्तानको कथा संग्रह डम्फुको आत्मालापले … मैच्याङ होइ मैच्याङ डम्फुले आज के भन्छ जाम कि नजाम भनी गीतको मध्यमद्धारा देखाइएको तामाङ समुदायको दुविधालाई यतातिर जाम भनेर दिशा समेत स्पष्ट गरेको उनको भनाइ छ ।

सांग्रिला बुक्सबाट प्रकाशित ‘डम्फुको आत्मालाप’लाई निबन्धकार कुमारी लामाले नाराबाजी नगरीकन, नचिच्याईकन सालिन ढंगले आफ्नो पहिचानको दाबीलाई सशक्त ढंगले प्रस्तुत गरिएको कृतिका रुपमा लिनुपर्ने बताइन् । उनले भनिन्, ‘तामाङ संस्कृति अध्ययनका लागि यो पुस्तक उत्तिकै उपयोगी छ।’

आफ्नो पहिलो कथा संग्रह लिएर आएका लेखक भक्त स्याङतानले आफूले देखेका, भोगेका, भेटेका र सुनेका कथाहरुलाई नै उनेर यो संग्रह तयार पारेको बताए ।

स्याङ्तानको कथा संग्रहमा लुङ्दर, छ्योर्तेन, न्होरला, डम्फुको आत्मालाप, म्लाङगैको आपा आदि शीर्षकका तामाङ समुदायका पात्रलाई केन्द्रमा राखेर लेखिएका ११ वटा कथा संग्रहित छन् ।

सम्बन्धित खबर

post

'भिझाएर आँशु' सार्वजनिक (भिडियो)

२० फाल्गुन २०७९,१४:१३
post

बिहे गर्दै मोडल रियाशा

११ बैशाख २०८०,१३:५९
post

‘साइकल सरर’ मा राहुल र बिना

१४ बैशाख २०८०,०९:५०
post

‘दौतरी’ मा गरिमा  शर्मा

१७ बैशाख २०८०,२१:१२
post

काठमाडौँ आइपुगे आमिर खान

२४ बैशाख २०८०,१२:५५
post

‘पुष्पा २’ छायांकन सुरु

१६ असार २०८०,१६:११
post

महँगी

२८ श्रावण २०८०,१२:१२
post

एक भेट

२८ श्रावण २०८०,२०:५०
post

एक टुक्राे भाेक!

२९ श्रावण २०८०,२१:२५
post

‘जय हो’को प्रिमियर शो

७ भाद्र २०८०,१९:५५
post

यहाँ यस्तै छ

१८ भाद्र २०८०,०९:४७
post

'हाई गर्मी' (भिडियो)

१४ आश्विन २०८०,१७:४६
post

‘बसन्त’का दुई कृति एकसाथ

१५ आश्विन २०८०,०७:३८
post

अभिनेता अनमोल केसी रिहा

१५ आश्विन २०८०,०९:५२
post

अभिनेत्री दिपाशा बीसीको निधन

२३ कार्तिक २०८०,१४:१९
post

म बनेर बाँच्न सकूँ

१५ मंसिर २०८०,०८:५७
post

‘मायाबी’ को छायांकन सकियो

१७ मंसिर २०८०,०७:४०
post

उस्तै छ आज पनि....

२३ मंसिर २०८०,०७:१६
post

जमिनका गिद्धहरु

२९ मंसिर २०८०,१७:२०
post

‘मेरा बा’

५ पुष २०८०,१३:५८
post

बोल्ड आँचल

१८ माघ २०८०,१५:०९
post

रेखाको 'उपहार'मा आशा भुषाल

२५ फाल्गुन २०८०,१८:०९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७
post

लोकेतन्त्रे

१८ जेष्ठ २०८१,१०:१६
post

'अब तिमी उसैको भयौ' (भिडियो)

२१ जेष्ठ २०८१,१४:२३
post

‘बनायौं आज घर न घाटको’

६ असार २०८१,१७:३१
post

सब छोडी जानु त निश्चित छ

१२ श्रावण २०८१,२२:०२
post

मिस माल्टा चेरिस काठमाडौंमा

१४ श्रावण २०८१,०९:३९
post