काठमाडाैं । वरिष्ठ अभिनेता हरिवंश आचार्यको गीत ‘काउली’ युट्युबको पहिलो नम्बरमा उक्लिएको छ । ६ दिनअघि सार्वजनिक यस गीतमा हरिवंश र लोकदोहोरी गायिका शान्तीश्री परियारको स्वर छ ।
हरिवंशकै शब्द र संगीत रहेको लोक लयमा आधारित गीतलाई श्यामश्वेत रसाईलीले एरेन्ज गरेका हुन् ।
गीतको भिडियोमा हरिवंश स्वयंले अभिनय गरेका छन् । उनीसँगै प्रकाश सपुत र प्रियंका कार्कीको अभिनय भिडियोमा हेर्न सकिन्छ ।
प्रकाश र प्रियंकाले पहिलोपटक म्युजिक भिडियोमा सहकार्य गरेका हुन् । रमाइलो खालको गीतको भिडियोमा चेलीबेटी बेचबिखन विरुद्धको सन्देशसमेत दिन खोजिएको छ ।
भिडियोको कोरियोग्राफी गम्भीर विष्टले गरेका हुन् भने निर्देशन सरोज ओलीले गरेका छन् । नवराज उप्रेतीको छायाँकन रहेको भिडियो बनिश शाहको सम्पादनपछि सार्वजनिक गरिएको हो ।
भिडियोले बिहीवारसम्म युट्युबमा १८ लाख प्लस भ्युज पाइसकेको छ ।