चलचित्र पत्रकार संघबाट किन बाहिरिए १८ जना ?

दर्पण दैनिक १९ फाल्गुन २०७९,१३:३२
post

काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका १८ जनाले बिहीबार सामूहिक राजीनामा दिएका छन् । एक महिला पत्रकारविरूद्ध यौन दुर्व्यवहारको मुद्दामा संघ आफैंले अनुसन्धान गरिरहेका समीर बलामी अध्यक्ष नियुक्त भएपछि १८ जनाले सामूहिक राजीनामा दिएका हुन् ।

केही समयअघि बलामीविरूद्ध एक महिला पत्रकारले यौन दुर्व्यवहारको आरोप लगाएकी थिइन्। यसबारे छानबिन गर्न संघद्वारा गठित समितिले अनुसन्धान प्रक्रिया जारी राखेको अवस्थामा बुधबार सम्पन्न नवौं महाधिवेशनबाट बलामी अध्यक्ष नियुक्त भएका थिए।

राजीनामा दिनेमा पुष्पा थपलिया, संगीता गिरी, सुशील पौडेल, सम्झना उप्रेती रौनियार, प्रदीप कार्की, विशाल राई, प्रकाश ढकाल, रिना मोक्तान, गणेश वली, लोकेन्द्र राउत, अनिल यादव, चिरञ्जीवी सापकोटा, सुशील नेपाल, लक्ष्मी बलायर, बैकुन्ठराज पराजुली, स्वेच्छा राउत, सविन ढकाल र संगीता श्रेष्ठ छन् ।

बलामीले अध्यक्षमा उम्मेदवारी दिएपछि बन्दसत्रमा विरोध गरिएको उनीहरूले बताएका छन् । दुर्व्यवहारमा परेकी सदस्यले दाबी विरोधसमेत गरेकी थिइन् ।

'विरोधका बाबजुद बलामीको उम्मेदवारी कायम राखी विजयीसमेत भएको अवस्थामा हामीले संघमा रहन असुरक्षित महसुस गरेका छौं,' १८ सदस्यको सामूहिक राजीनामा भनिएको छ, 'यौन दुर्व्यवहारको आरोप लागेर मुद्दा किनारा नलागिसकेको अवस्थामा बलामीकै नेतृत्वमा संघमा बसिरहन असुरक्षित, असहज र नैतिक रूपमा सकसको अवस्था भएकाले हामीले राजीनामा पेस गरेका छौं ।'

बलामी मनोरञ्जनका नाममा मानव बेचबिखन गरेको आरोप लागेको संस्था सूर्य कर्पोरेसनमा आबद्ध छन् ।

सम्बन्धित खबर

post

'भिझाएर आँशु' सार्वजनिक (भिडियो)

२० फाल्गुन २०७९,१४:१३
post

बिहे गर्दै मोडल रियाशा

११ बैशाख २०८०,१३:५९
post

‘साइकल सरर’ मा राहुल र बिना

१४ बैशाख २०८०,०९:५०
post

‘दौतरी’ मा गरिमा  शर्मा

१७ बैशाख २०८०,२१:१२
post

काठमाडौँ आइपुगे आमिर खान

२४ बैशाख २०८०,१२:५५
post

‘पुष्पा २’ छायांकन सुरु

१६ असार २०८०,१६:११
post

महँगी

२८ श्रावण २०८०,१२:१२
post

एक भेट

२८ श्रावण २०८०,२०:५०
post

एक टुक्राे भाेक!

२९ श्रावण २०८०,२१:२५
post

‘जय हो’को प्रिमियर शो

७ भाद्र २०८०,१९:५५
post

यहाँ यस्तै छ

१८ भाद्र २०८०,०९:४७
post

'हाई गर्मी' (भिडियो)

१४ आश्विन २०८०,१७:४६
post

‘बसन्त’का दुई कृति एकसाथ

१५ आश्विन २०८०,०७:३८
post

अभिनेता अनमोल केसी रिहा

१५ आश्विन २०८०,०९:५२
post

अभिनेत्री दिपाशा बीसीको निधन

२३ कार्तिक २०८०,१४:१९
post

म बनेर बाँच्न सकूँ

१५ मंसिर २०८०,०८:५७
post

‘मायाबी’ को छायांकन सकियो

१७ मंसिर २०८०,०७:४०
post

उस्तै छ आज पनि....

२३ मंसिर २०८०,०७:१६
post

जमिनका गिद्धहरु

२९ मंसिर २०८०,१७:२०
post

‘मेरा बा’

५ पुष २०८०,१३:५८
post

बोल्ड आँचल

१८ माघ २०८०,१५:०९
post

रेखाको 'उपहार'मा आशा भुषाल

२५ फाल्गुन २०८०,१८:०९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७
post

लोकेतन्त्रे

१८ जेष्ठ २०८१,१०:१६
post

'अब तिमी उसैको भयौ' (भिडियो)

२१ जेष्ठ २०८१,१४:२३
post

‘बनायौं आज घर न घाटको’

६ असार २०८१,१७:३१
post

सब छोडी जानु त निश्चित छ

१२ श्रावण २०८१,२२:०२
post

मिस माल्टा चेरिस काठमाडौंमा

१४ श्रावण २०८१,०९:३९