नगदेशमा बाँसुरी बाजा प्रतियोगिता, सिद्धिगणेश दाफा भजन खलः प्रथम

दर्पण दैनिक २६ कार्तिक २०८०,१३:५९
post

केके मानन्धर, भक्तपुर । मध्यपुर थिमिस्थित नगदेशमा सम्पन्न भएको बाँसुरी बाजा प्रतियोगितामा लोकन्थलीको सिद्धिगणेश दाफा भजन खलः प्रथम भएको छ । योसँगै भजन खलःलाई प्रमाणपत्र तथा नगद ५० हजार पुरस्कार दिइएको छ । प्रतियोगितामा वडा नं. ५ को झीगु बाँसुरी खलः दोस्रो तथा वडा नं. ४ को सिवा सायमि खलः तेस्रो भएका छन् । 

दोस्रो र तेस्रो भएका समूहलाई क्रमशः २५ हजार र १५ हजार नगदसहित प्रमाणपत्र हस्तान्तरण गरिएको छ । १० वटा बाँसुरी समूहले सहभागिता जनाएको कार्यक्रममा वडा नं. ७ नगदेशस्थित नेवाः ऐतिहासिक बाँसुरी खलःलाई सान्त्वना पुरस्कारसँगै नगद १० हजार दिइएको छ । 

नृत्यनाथ बाँसुरी खलः त्वागाः टोलले पहिलो पटक बाँसुरी बाजा प्रतियोगिता सम्पन्न गरेको हो । कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मध्यपुर थिमि नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठले बाँसुरी बाजा प्रतियोगिता सम्पन्न गरेकोमा धन्यवाद दिंदै आगामी दिनमा नगरपालिकाले यस्ता कार्यक्रम आयोजना गर्ने उद्घोष गरेका छन् ।

 विगतका समयमा नगरपालिका अन्तर्गत वडा नं. ४ ले उपत्यकाव्यापी धिमे बाजा प्रतियोगिता सम्पन्न गरेको जानकारी दिंदै आगामी दिनमा बाँसुरी बाजा, मौलिक बाजाको रुपमा रहेको दाफा, लोपोन्मुख नौ बाजा लगायतका विभिन्न बाजा संरक्षणमा नगरपालिकाले नेतृत्व गर्ने बताए । 

उनले हराइ सकेको थिमिको क्वलाखु र बोडेको दाफा भजनलाई स्थानिय स्तरको पहलमा पुनः सुरु गरिएको समेत उल्लेख गरे । हुनपनि लोपोन्मुख बाजाको सुचीमा सुचिकृत नौ बाजाका विषयमा नयाँ पुस्तालाई जानकारी छैन । 

त्यसो भएर पनि मौलिक बाजालाई संरक्षण गर्न यस्ता कार्यक्रम आवश्यक रहेको उनको तर्क रहेको छ । कार्यक्रम आयोजक संस्थाका व्यवस्थापक योगेन्द्रकुमार दुवालको सभापतित्वमा सम्पन्न भएको बाजा प्रतियोगितालाई जयकृष्ण दुवालले सञ्चालन गरेका हुन् । कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठ, वडा नं. ७ या वडाध्यक्ष तथा बौद्ध विद्वान कृष्णकुमार प्रजापति, नृत्यनाथ बाँसुरी खलः त्वागाः टोलका सल्लाहकार कृष्णबहादुर घजु, विभिन्न बाजाका गुरुहरु, संस्कृतिप्रेमी तथा कलाकारहरुको सहभागिता थियो ।

सम्बन्धित खबर

post

'भिझाएर आँशु' सार्वजनिक (भिडियो)

२० फाल्गुन २०७९,१४:१३
post

बिहे गर्दै मोडल रियाशा

११ बैशाख २०८०,१३:५९
post

‘साइकल सरर’ मा राहुल र बिना

१४ बैशाख २०८०,०९:५०
post

‘दौतरी’ मा गरिमा  शर्मा

१७ बैशाख २०८०,२१:१२
post

काठमाडौँ आइपुगे आमिर खान

२४ बैशाख २०८०,१२:५५
post

‘पुष्पा २’ छायांकन सुरु

१६ असार २०८०,१६:११
post

महँगी

२८ श्रावण २०८०,१२:१२
post

एक भेट

२८ श्रावण २०८०,२०:५०
post

एक टुक्राे भाेक!

२९ श्रावण २०८०,२१:२५
post

‘जय हो’को प्रिमियर शो

७ भाद्र २०८०,१९:५५
post

यहाँ यस्तै छ

१८ भाद्र २०८०,०९:४७
post

'हाई गर्मी' (भिडियो)

१४ आश्विन २०८०,१७:४६
post

‘बसन्त’का दुई कृति एकसाथ

१५ आश्विन २०८०,०७:३८
post

अभिनेता अनमोल केसी रिहा

१५ आश्विन २०८०,०९:५२
post

अभिनेत्री दिपाशा बीसीको निधन

२३ कार्तिक २०८०,१४:१९
post

म बनेर बाँच्न सकूँ

१५ मंसिर २०८०,०८:५७
post

‘मायाबी’ को छायांकन सकियो

१७ मंसिर २०८०,०७:४०
post

उस्तै छ आज पनि....

२३ मंसिर २०८०,०७:१६
post

जमिनका गिद्धहरु

२९ मंसिर २०८०,१७:२०
post

‘मेरा बा’

५ पुष २०८०,१३:५८
post

बोल्ड आँचल

१८ माघ २०८०,१५:०९
post

रेखाको 'उपहार'मा आशा भुषाल

२५ फाल्गुन २०८०,१८:०९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७
post

लोकेतन्त्रे

१८ जेष्ठ २०८१,१०:१६
post

'अब तिमी उसैको भयौ' (भिडियो)

२१ जेष्ठ २०८१,१४:२३
post

‘बनायौं आज घर न घाटको’

६ असार २०८१,१७:३१
post

सब छोडी जानु त निश्चित छ

१२ श्रावण २०८१,२२:०२
post

मिस माल्टा चेरिस काठमाडौंमा

१४ श्रावण २०८१,०९:३९