काठमाडौं । गायनमा आधारित टेलिभिजन रियालिटी शो ‘द भ्वाइस किड्स नेपाल सिजन २’ मा कोचमा केही परिवर्तन गरिएकाे छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा नयाँ सिजनको संरचना, अडिसन प्रक्रिया र कोचबारे जानकारी दिइयो ।
टिममा युवापुस्तामाझ चर्चित गायक सुशान्त केसी नयाँ कोचका रुपमा भित्रिएका छन् । अघिल्ला सिजनका कोचहरु प्रमोद खरेल, प्रविशा अधिकारी र मिलन नेवार सिजन २ मा निरन्तर हुनेछन् ।
‘द भ्वाइस किड्स नेपाल सिजन २’ को प्रसारण फागुन २६ गतेदेखि हुनेछ । यो कार्यक्रम हिमालय टेलिभिजनमा शुक्रबार र शनिबार राति ८ बजेदेखि कार्यक्रम प्रसारण हुनेछ ।
निर्देशक लक्ष्मण पौडेलका अनुसार पहिलो एपिसोडदेखि ‘ब्लाइन्ड अडिसन’सम्मका एपिसोड प्रसारण हुनेछन् ।
डिजिटल अडिसनमा सहभागी भएका हजारौं आवेदकबाट छानिएका ६५ जना प्रतिभाले ब्लाइन्ड अडिसनमा कोचको सामना गर्ने जनाइएको छ ।
टाइटल स्पोन्सरमा ‘रियल फुट जुस’ रहेको छ । यस्तै पावर्ड बाई स्पोन्सरमा लाइफब्वाय र अलआउट अनुबन्ध भएका छन् भने को-स्पोन्सरमा भत्सल्य नेचुरल आईभीएफ रहेका छन् ।