काठमाडौं । निश्चल बस्नेतको निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘दिमाग खराब’को मुख्य भूमिकामा दयाहाङ राई, खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, अर्पण थापा र विजय बराल देखिने भएका छन् ।
सुसन प्रजापतिको छायांकन, जयन के वाइवा र कालीप्रसाद बास्कोटाको संगीत रहनेछ । निमेष श्रेष्ठको सम्पादन रहने चलचित्रको पटकथा आकाश बरालले लेखेका हुन् ।
सुरज बम ठकुरी कार्यकारी निर्माता रहेको चलचित्राको निर्मातामा रौनक विक्रम कँडेल छन् । जेठ १ गतेबाट छायांकनमा जाने चलचित्रले प्रदर्शन मिति पनि लिएको छ । कात्तिक २४ गतेलाई निर्माण पक्षले प्रदर्शन मिति घोषणा गरेको छ । निर्देशक निश्चल बस्नेत ७ वर्षपछि निर्देशनमा फर्किन लागेका हुन् ।