लोकप्रिय गीत 'तिमीले साथ'को आधिकारिक भिडियो सार्वजनिक

दर्पण दैनिक ४ जेष्ठ २०८०,१६:१३
post

काठमाडौं । करिव १ दशक अघि एफएम रेडियोमा  सर्वाधिक बजेको र धेरै श्राेताको मनमुटुमा बस्न सफल गीत 'तिमीले साथ'को म्युजिक भिडियो सार्वजनिक गरिएकाे छ । भिडियो गीतकार डेकेन्द्र श्रेष्ठको आधिकारिक युट्युव च्यानल 'डेकेन्द्र श्रेष्ठ प्रडक्सन' मार्फत सार्वजनिक भएको हाे ।

गीतमा त्यति बेलाको म्युजिक एण्ड एक्सरे ब्याण्डका गायक जितेन लेप्चाको स्वर रहेको छ । एल्वम फरकमा समावेश यस गीतलाई रन्जना अडियो क्यासेटले उत्पादन गरेको थियो । पुरुषोतम श्रेष्ठले छायाँकन गरेको भिडियोमा सारा गुरुङ र सुमन लामाको अभिनय रहेको छ ।

बिजेन्द्र गुरुङले सम्पादन गरेको भिडियोमा राजिव शर्माको निर्देशन रहेको छ ।  केहि वर्ष अघि गायक लेप्चाले समेत यो गीतलाई नयाँ संगीत संयोजन सहित सार्वजनिक गरिसकेका छन् ।  यो गीत आज पनि दर्शक स्रोतामाझ उत्तिकै लोकप्रिय छ ।

भिडियाे

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: