काठमाडौँ । मोडल स्मारिका ढकालले फिल्ममा डेब्यु गर्ने भएकी छन् । ढकाल फिल्म ‘ज्ञान शास्त्र’ बाट सिने क्षेत्रमा प्रवेश गर्न लागेकी हुन् ।
यस फिल्ममा स्मारिका मुख्य भूमिकामा देखिनेछिन् । यस फिल्मले आइतबार बोर्डमा इजाजत अनुमति लिएको थियो । इजाजतपत्रमा हस्ताक्षर गर्दै चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष दिनेश डिसीले इजाजत दिएका थिए ।
टिकटक हुँदै चर्चामा आएकी ढकाल पछिल्लो समय मोडलिङको क्षेत्रमा चर्चित छिन् । दिनेश कँुवरको निर्देशनमा बन्ने फिल्म महिलाप्रधान कथामा बन्नेछ । यस फिल्मले शिक्षालाई राजनीतिबाट मुक्त गर्न एक महिला पात्रले गर्ने संघर्षको कथा प्रस्तुत गर्नेछ ।
फिल्ममा स्मारिकासहित समीर खान, रविन्द्र झा, नरेश पौड्याल, सुशील पौडेल, सुरवीर पण्डित, पूर्णिमा थापा लगायतको अभिनय रहनेछ । दिवस फिल्मसको ब्यानरमा बन्ने फिल्मको निर्माता प्रेमबहादुर श्रेष्ठ र विकास बराल हुन् । फिल्मको पटकथा भने आभास रानाले लेखेका हुन् । तीजलगत्तै धादिङ र चितवनमा फिल्मको छायांकन सुरु गरिनेछ ।