Namaste Icon
Ad

उर्जा

Ad

विद्युत प्राधिकरण स्मार्ट ग्रिडतिर

विद्युत प्राधिकरण स्मार्ट ग्रिडतिर

काठमाडौं । ग्राहकलाई सहज, सर्वसुलभ, भरपर्दो तथा किफायती विद्युत आपूर्ति सहितको आधुनिक सेवाका लागि नेपाल विद्युत प्राधिकरण स्मार्ट ग्रिड प्रणालीको अवधारणामा अग्रसर भएको छ । डिजिटल विद्युत प्राधिकरणको अवधारणा अनुसार पुरानो विद्युत वितरण प्रणालीलाई सुधार र स्तरोन्नती गरी नयाँ स्मार्ट ग्रिड विस्तारका लागि अग्रसर भएको हो । विद्युत उत्पादन, प्रसारणलाइन तथा वितरण प्रणालीलाई भरपर्दो तथा समय सान्दर्भिक तथाविद्युत सम्वन्धि विश्वव्यापी रुपमा अपनाइएका नवीनतम प्रविधी भित्र्याई नेपालको विद्युत क्षेत्रलाई आधुनिक बनाउनका लागि प्राधिकरणले स्मार्ट ग्रिड प्रणालीलाई अघि बढाएको विद्युत प्राधिकरणले जनाएको छ ।


मापदण्डभित्र नपरेका एलइडी बल्ब बिक्रीमा रोक

मापदण्डभित्र नपरेका एलइडी बल्ब बिक्रीमा रोक

काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले मापदण्डभित्र नपरेका एलइडी बल्ब बिक्रीमा रोक लगाउने भएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको अध्यक्षतामा बुधबार मन्त्रालयमा बसेको नेपाल गुणस्तर परिषद्को १०५ औँ बैठकले गुणस्तरहिन एलइडी बल्बको बढ्दो बिक्री वितरणलाई ध्यानमा दिएर एलइडी बल्बको मापदण्ड तोकेको हो ।


विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य

विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी हितेन्द्रदेव शाक्यले पाएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले शाक्यलाई प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएको छ । हिजो बेलुकी शाक्यले निमित्त कार्यकारी निर्देशकको जिम्मेवारीसहितको पत्र बुझेका छन् ।


शनिबार काठमाडौँ र ललितपुरका यी स्थानमा ५ घण्टा बत्ति काटिने

शनिबार काठमाडौँ र ललितपुरका यी स्थानमा ५ घण्टा बत्ति काटिने

काठमाडौं । शनिबार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ५ घण्टा बत्ति काटिने भएको छ । नेपाल विद्युत प्राधिकरणकाअनुसार ललितपुरको लगनखेल वितरण केन्द्र, पुल्चोक वितरण केन्द्र र काठमाडौंको बालाजु वितरण केन्द्रभित्र पर्ने सबै स्थानमा ५ घण्टा बत्ति काटिने जनाइएको छ । प्रधिकरणले लगनखेल र पुल्चोक वितरण केन्द्रअन्तर्गत पर्ने खोकना फिडरमा मिटरिङ युनिट परिवर्तन गर्नुपर्ने भएकाले शनिबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म बत्ति काटिने जनाएको छ ।त्यसअन्तर्गत पर्ने गणेशथान, एकान्तकुना, खाद्य गोदाम, मेडीसिटी हस्पिटल, आदिनाथ मार्ग्, गणेश मन्दिर, मन्जुश्री मार्ग, भन्ज्याङ् पिपल बोट, मगरगाउँ, सानो खोकना, खोकाना, कार्यविनायक, बुङमती क्षेत्र, नेवा ईट्टा, चुनिखेल, कतार एम्बेस्सी, खोईचा, फर्सिडोल, जोर्खु, टोकलमाथ, खहरे, डुकुछाप, दनुवार बस्तीलगायतका क्षेत्रहरुका बत्ति काटिने प्राधिकरणले जनाएको छ । त्यस्तै बालाजु वितरण केन्द्र अन्तर्गत पर्ने स्थानहरुमा पनि बत्ति काटिने जनाइएको छ ।


ग्राहकलाई जरिवाना नलाग्ने व्यवस्था मिलाउन ऊर्जा मन्त्रीको निर्देशन

ग्राहकलाई जरिवाना नलाग्ने व्यवस्था मिलाउन ऊर्जा मन्त्रीको निर्देशन

काठमाडौं । कोरोना महामारीका कारण समयमा मिटर रिडिङ हुन नसकेका ग्राहकलाई जरिवाना लगाउने काम नगर्न ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन । मन्त्री पुनले आज प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइराला र उपकार्यकारी निर्देशक एवं ग्राहक तथा वितरण निर्देशनालयका प्रमुख हरराज न्यौपानेलाई मन्त्रालयमा बोलाएर त्यस्ता ग्राहकलाई तत्काल जरिवाना नलाग्ने व्यवस्था मिलाउन निर्देशन दिएका हुन । कोरोना नियन्त्रणका लागि गरिएको लामो बन्दाबन्दीका कारण प्राधिकरणका अधिकांश ग्राहस्थ र औद्योगिक ग्राहकको मिटर रिडिङ हुनसकेको थिएन । कतिपय ग्राहकबाट सो अवधिमा मिटर रिडिङ नभएका कारण जरिवाना लगाइएको गुनासो आएपछि मन्त्री पुनले तत्काल प्राधिकरणको उच्च नेतृत्वलाई बोलाएर जरिवाना नलगाउन निर्देशन दिएका हुन । मन्त्री पुन प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत छन । उनले यसअघि जरिवाना लिइएको भए सो रकम ग्राहकले आगामी महिना बुझाउने शुल्कमा मिलान गर्न पनि निर्देशन दिएको उनको सचिवालयले जानकारी दिएको छ । ‘जरिवाना लिएको भए त्यसलाई अब बुझाउने शुल्कमा मिलान गर्नुस् र जरिवाना नलिने व्यवस्था मिलाउनुस्’, मन्त्री पुनले भने । उनले सो अवधिको तत्काल मिटर रिडिङ गराउन र कर्मचारी गएर रिडिङ गर्न नसेकेको अवस्थामा ग्राहक आफैँलाई मिटरको नम्बर टिपाएर शुल्क लिन पनि आग्रह गरे । यसैबीच प्राधिकरणले मन्त्री पुनको निर्देशन तत्काल कार्यान्वयन गरेको छ । आफूले मन्त्रालयबाट कार्यालय फर्केलगत्तै जरिवाना नलिन देशभरका वितरण केन्द्रलाई एकैसाथ निर्देशन दिइसकेको र सार्वजनिक सूचना समेत जारी गर्न लागिएको निमित्त कार्यकारी निर्देशक कोइरालाले बताए । मन्त्री पुनले खराब मौसम, प्रणालीको खराबी वा अरु प्राविधिक कारणले विद्युत् अनियमित भए तत्काल समस्या समाधान गर्न निर्देशन दिए । उनले त्यसका लागि ‘इमिडेट रेस्पोन्स टोली’ बनाउन सुझाव दिए । लकडाउन यता रु ९० लाख विद्यार्थी घरमै बसेर अनलाइन कक्षा लिइरहेको भन्दै मन्त्री पुनले विद्युत् नियमित नभए उनीहरुको पढाइ प्रभावित हुन स्पष्ट गरे । प्राधिकरणको मूल नेतृत्व नभएको समयमा वितरण प्रणालीमा कुनै कमजोरी आउन नदिन मन्त्री पुनले निर्देशन दिए । ‘वितरण प्रणालीमा सानोभन्दा सानो गडबडी नआओस्’, उनले भने, ‘यदि समस्या आएको अवस्थामा तत्काल समाधान होओस् ।’ गत साता मौसमका कारण उपत्यकासहित मुलुकका विभिन्न स्थानमा विद्युत् सेवा आंशिक प्रभावित भएको थियो । त्यतिबेला पनि मन्त्री पुनले प्राधिकरणको उच्च नेतृत्वलाई मन्त्रालयमा बोलाएर सेवा तत्काल नियमित गर्न निर्देशन दिएका थिए । यसैगरी मन्त्री पुनले लकडाउन अवधिमा सरकारले ग्राहस्थ र औद्योगिक ग्राहकलाई दिने भनेको छुट तत्काल कार्यान्वयन गर्न पनि निर्देशन दिएको छ । – रासस


‘बिजुली गए सिधै उर्जा मन्त्रालयमा फोन गर्नु’

‘बिजुली गए सिधै उर्जा मन्त्रालयमा फोन गर्नु’

काठमाडौं । पूर्वसूचनाबिना कतै विद्युत् बन्द भएमा सीधै ऊर्जा मन्त्रालय वा नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय कार्यालयमा जानकारी गराउन ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्रीको सचिवालयले उपभोक्तालाई अनुरोध गरेको छ।


नामै नसुनिएका प्राधिकरणका नयाँ निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइराला को हुन् ?

नामै नसुनिएका प्राधिकरणका नयाँ निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइराला को हुन् ?

काठमाडौं। नेपाल विद्युत प्राधिकरणको निमित्त प्रमुखमा लेखनाथ कोइराला नियुक्त भएका छन्। ऊर्जामन्त्री वर्षमान पुनले विद्युत प्राधिकरण भित्रका वरिष्ठ उपकार्यकारी निर्देशक कोइरालालाई निमित्त कार्यकारीको जिम्मेवारी दिने निर्णय गरेका हुन्।


‘बिजुली बेच्न नसके १० खर्ब जोखिममा पर्छ’

‘बिजुली बेच्न नसके १० खर्ब जोखिममा पर्छ’

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) का उपाध्यक्ष आशिष गर्गले बिजुली बेच्न नसके १० खर्ब रुपैयाँ जोखिममा पर्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले मंगलबार आयोजना गरेको सेजन अर्थनीति बहश अन्र्तगत आयोजित ऊर्जा व्यापार सम्बन्धी कार्यक्रममा उनले यस्तो दाबी गरेका हुन् ।


काठमाडौंका यी स्थानमा भाेली (बुधबार) दिनभर विद्युत कटौती हुने

काठमाडौंका यी स्थानमा भाेली (बुधबार) दिनभर विद्युत कटौती हुने

काठमाडौं । राजधानीका केही स्थानमा भोलि दिनभर विद्युत कटौती हुने भएको छ। बुधबार रुखको हाँगाविगा कटान कार्य, लाइन मर्मत कार्य तथा केवल हेड मर्मत कार्यको लागि बिहान ११ बजे देखि साँझ ५ बजेसम्म स्विचाटार फिडर अन्तर्रगतका क्षेत्र सटडाउनमा राख्नुपर्ने भएको प्राधिकरणले जनाएको छ।


आइतबार यी स्थानमा काटिदैछ विद्युत्

आइतबार यी स्थानमा काटिदैछ विद्युत्

काठमाडौं । नयाँ फिडर लाइन तान्ने कार्य गर्नुपर्ने भएकाले नेपाल विद्युत् प्राधिकरणले आइतबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म काठमाडौँका केही स्थानमा विद्युत् कटौती हुने भएको छ । प्राधिकरणका सूचना अधिकारी लिलाकुमारी अर्यालयका अनुसार पुल्चोक वितरण केन्द्रको टेकु फिडरबाट वितरित ११ केभी लाइनमा नयाँ फिडर तान्न लागिएको विद्युत् कटौती गर्न लागिएको हो ।प्राधिकरणले बागडोल क्षेत्र आसपास, सनराइज टावर आसपास तथा सानेपाम चक्रपथ क्षेत्र, खाद्य गोदामलगायतका क्षेत्रमा विद्युत् कटौती गर्न लागिएको हो । प्राधिकरणले ती क्षेत्रका ग्राहकवर्गमा पर्न गएको असुविधाप्रति क्षमा याचना गरेको छ । तोकिएको कार्य समय अगावै सम्पन्न भएको खण्डमा प्राधिकरणले उक्त समय अगावै विद्युत् आपूर्ति हुने प्राधिकरणले जनाएको छ ।


Ad
Ad

Ad
Ad
Ad
Ad
Ad
Ad