आर्थिक अभावमा उपचार नपाएका बामपन्थी योद्धा तोयराजलाई आर्थिक सहयोग
पाेखरा । टाउकोमा गम्भिर समस्या देखिएका पर्बत जिल्ला फलेवास नगरपालिका ११ साबिकको पाङराङ गाविस निवासी तोयराज कुँवरको उपचारमा सहयोग गरिएको छ । स्वास्थ्य उपचारमा केही राहत पुगोस् भनेर अखिल नेपाल प्रवासी युवा संघ फलेवास नगरपालिका ११ पर्बतले आर्थिक संकलन गरि सहयोग गरिएको हो । अनिल कुँवर, टुकाराम कुँवर, भिम कुँवर र कृष्ण कुँवरको उपस्थितिमा ३४ हजार ५०० रुपैयाँ हस्तान्तरण गरिएको बताइएको छ ।