Namaste Icon
Ad

मधेस प्रदेश

Ad

गौर नगरपालिकामा समाजवादीका उम्मेदवार शम्भु साह तेब्बर मतले अगाडि

गौर नगरपालिकामा समाजवादीका उम्मेदवार शम्भु साह तेब्बर मतले अगाडि

रौतहट । रौतहटको सदरमुकाम गौर नगरपालिकामा उनको पार्टीका मेयर पदका उम्मेदवार तेब्बर मतको अन्तरले अग्रता लिएका छन् । प्राप्त पछिल्लो जानकारीअनुसार समाजवादीका उम्मेदवार शम्भु साहले १९२५ मत प्राप्त गरेका छन ।


जनकपुरमा गठबन्धन चाैथाे स्थानमा

जनकपुरमा गठबन्धन चाैथाे स्थानमा

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकामा नेपाली कांग्रेसका बागी उमेदवार मनोज साहको अग्रता कायमै रहेको छ । पछिल्लो मत परिणामअनुसार स्वतन्त्र उम्मेदवार साहले १ हजार २६४ मत ल्याएर पहिलो स्थानमा रहेका छन् ।


गौर नगरपालिकामा एकीकृत समाजवादी ११०० मतले अगाडि

गौर नगरपालिकामा एकीकृत समाजवादी ११०० मतले अगाडि

रौतहट । रौतहटको सदरमुकाम गौर नगरपालिकामा नेकपा एकीकृत समाजवादीका मेयरका उम्मेदवार ११ सय बढी मतले अग्रता लिएको छ । शम्भु साहले १५५० मत ल्याउँदा लोसपाका उम्मेदवार तथा निवर्तमान मेयर अजय गुप्ताले ४ सय १० मत ल्याएका छन् । त्यस्तै नेपाली कांग्रेसका मेयरका उम्मेदवार मोहन यादवले ३ सय १७ मत प्राप्त गरेका छन् ।


गौर नगरपालिकामा एकीकृत समाजवादीका शम्भु शाह दोब्बर मतले अगाडि

गौर नगरपालिकामा एकीकृत समाजवादीका शम्भु शाह दोब्बर मतले अगाडि

काठमाडाैं । रौतहटको गौर नगरपालिका मेयरमा नेकपा (एस)ले अग्रता लिएको छ । ९०७ मत गन्दा नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार शम्भु शाहले ५१३ मत पाएका छन् ।


धनुषामा एकीकृत समाजवादीले खोल्यो खाता

धनुषामा एकीकृत समाजवादीले खोल्यो खाता

काठमाडाैं । धनुषामा नेकपा एकीकृत समाजवादी पार्टीले खाता खोलेको छ । धनुषाको जनकनन्दिनी गाउँपालिका–१ को वडाध्यक्षमा जित हासिल गर्दै एकीकृत समाजवादी पार्टीले खाता खोलेको हो ।


जनकपुरधाममा स्वतन्त्र उम्मेदवार साह दोब्बर मतले अगाडि

जनकपुरधाममा स्वतन्त्र उम्मेदवार साह दोब्बर मतले अगाडि

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकामा कांग्रेसबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका मनोजकुमार साहले दोब्बर मतको अग्रता लिएका छन् । वडा नम्बर १ को ७८० मत गनिसक्दा कांग्रेसबाट विद्रोह गरेका साहले २५९ मत ल्याउन सफल भएका छन् ।


रौतहटको यमुनामाई गाउँपालिकामा स्थानीयले मतपेटिका लिएर भागे

रौतहटको यमुनामाई गाउँपालिकामा स्थानीयले मतपेटिका लिएर भागे

काठमाडौं । रौतहटको यमुनामाई गाउँपालिकामा स्थानीयले मतपेटिका लिएर भागेका छन् । यमुनामाई गाउँपालिका १ स्थित मतदान केन्द्रबाट मतपेटिका लिएर भागेका हुन् ।  निर्वाचन आयोगले मतदान रद्ध हुने जनाएको हो । स्थानीयले मतपेटिका लिएर भागेका थिए । यमुनामाई गाउँपालिका १ स्थित मतदान केन्द्रबाट स्थानीय मतपेटिका लिएर भागेका हुन् ।


उम्मेदवारलाई विष खुवाएको भन्दै प्रदर्शन

उम्मेदवारलाई विष खुवाएको भन्दै प्रदर्शन

सर्लाही । आफ्ना उम्मेदवारलाई विष खुवाएको आरोप लगाउँदै सर्लाहीको हरिवनमा नेकपा माओवादी केन्द्रका कार्यकर्ताले प्रदर्शन गरेका छन् । माओवादी केन्द्रका कार्यकर्ताले आफ्ना उम्मेदवार मो. शेख इस्तिहारलाई विष खुवाइएको आरोप लगाएका हुन् । स्थानीय तहको आगामी निर्वाचनमा इस्तिहार सर्लाहीको हरिवन नगरपालिका–११ को वडाअध्यक्षको उम्मेदवार हुन् । माओवादी केन्द्रका कार्यकर्ताले निर्वाचन प्रचारप्रसारका क्रममा इस्तिहारलाई विपक्षी उम्मेदवारको योजनामा विष खुवाइएको आरोप लगाएका छन् ।


स्रोत नखुलेको आठ लाख भारतीय रुपैयाँसहित एक युवती पक्राउ

स्रोत नखुलेको आठ लाख भारतीय रुपैयाँसहित एक युवती पक्राउ

मोरङ । विराटनगर महानगरपालिका–१५ बाट स्रोत नखुलेको ८ लाख भारतीय रुपैयाँसहित एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत घर भएकी ३० वर्षीया मुन्नी देबी सहनी रहेकी छन् । उनलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।


धर्नामा बसे स्वतन्त्र उम्मेदवार

धर्नामा बसे स्वतन्त्र उम्मेदवार

जनकपुर । निर्वाचन आयोगले सार्वजनिक गरेको नमूना मतपत्रमा चुनाव चिह्न नै नराखिएको भन्दै जनकपुरधामका एकजना स्वतन्त्र उम्मेदवार मनोज साहले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा धर्ना दिएका छन् । जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवार साह आफ्ना समर्थकसहित सोमबार धर्नामा बसेका हुन् ।