Namaste Icon
Ad
Ad

सहकारी

उज्यालोकिरण साना किसान कृषि सहकारीमा बद्री घिमिरे

उज्यालोकिरण साना किसान कृषि सहकारीमा बद्री घिमिरे

सन्तोष दहाल, ललितपुर। 'समुन्नत भविश्यका लागि सहकारी,दिगो विकासका लागि व्यवसायिक कृषि' भन्ने मूल नाराका साथ चापागाउँमा स्थापित उज्यालो किरण साना किसान कृषि सहकारी संस्था लिमिटेडले आफ्नो दशौँ वार्षिक साधारण सभा तथा तेश्रो अधिवेशन सम्पन्न गरेको छ। गत मङ्सिर ३० देखि क्षेत्रगत रुपमै सुरु भएर शनिबार कोञ्ज्योसोम गाउँपालिकाको दलचोकीमा सम्पन्न अधिवेशनले बद्री प्रसाद घिमिरेको अध्यक्षतामा नयाँ संचालक समिति समेत सर्वसम्मत रुपमा चयन गरेको छ।


सहकारीलाई ब्यावसायिक बनाऔं : सहकारी मन्त्री पौडेल

सहकारीलाई ब्यावसायिक बनाऔं : सहकारी मन्त्री पौडेल

बागलुङ । लुम्बिनी प्रदेशका भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले सहकारीलाई व्यावसायिक गराई उत्पादनमा जोड दिन आवश्यक भएको बताएकी छन । राष्ट्रिय सहकारी बैंक लिमिटेडको १४ औं वार्षिक साधारणसभा अन्र्तगत लुम्बिनी प्रदेश स्तरीय एकाई सभाको भर्चुअल माध्यमबाट उद्घाटन पछि बोल्दै उनले यस्तो बताएकी हुन ।


उत्कृष्ट कारोबार गर्ने कावासोतीका दुई सहकारी पुरस्कृत

उत्कृष्ट कारोबार गर्ने कावासोतीका दुई सहकारी पुरस्कृत

बागलुङ । राष्ट्रिय सहकारी बैंकले नवलपुरका दुई सहकारी संस्थाहरुलाई पुरस्कृत गरेको छ । आर्थिक वर्ष २०७५/०७६ मा उत्कृष्ट कारोबार गर्ने र नियमित कारोबार गर्ने सहकारी संस्थाहरुलाई सोमवार एक कार्यक्रमका बीच पुरस्कृत गरिएको हो । बैंकको कावासोती शाखामा उत्कृष्ट कारोबार गर्ने अमर बचत तथा ऋण सहकारी संस्था लिमिटेड र नियमित कारोबार गर्ने नव त्रिवेणी बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई पुरस्कृत गरिएको हो । अमर साकोसका अध्यक्ष प्रजापति कंडेल र नव त्रिवेणी साकोसका अध्यक्ष घनश्याम चापागाईलाई राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जिसीले सम्मानपत्र सहित पुरस्कृत गरे ।


प्राकृतिक साकोसको मुख्य कार्यालय चापागाउँमा स्थानान्तरण

प्राकृतिक साकोसको मुख्य कार्यालय चापागाउँमा स्थानान्तरण

सन्तोष दहाल,ललितपुर। सातदोबाटोमा रहेको प्राकृतिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको मुख्य कार्युआलय कार्यालय गोदावरी नगरपालिका १० चापागाउँस्थित टाहाखेलमा स्थान्तरण गरिएको छ। शुक्रबार अन्तराष्ट्रिय सहकारी महासंघकी ग्लोबल बोर्ड मेम्बर तथा राष्ट्रिय सहकारी महासंघकी वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लालेर नयाँ स्थान्तरित कार्यालयको उद्घाटन गरेकी हुन्।


सहकारी संस्थाहरुले पुस मसान्तभित्र साधारण सभा गरीसक्नुपर्ने

सहकारी संस्थाहरुले पुस मसान्तभित्र साधारण सभा गरीसक्नुपर्ने

कोरोना भाइरसका कारण धेरै सहकारीले साधारणसभा गर्न बाँकी रहेको अवस्थामा सहकारीहरुलाई स्वास्थ्य मापदण्ड पालना गर्दै साधारणसभा सम्पन्न गर्न यस किसिमको आग्रह गरिएको विभागका उपनिर्देशक सुमन अधिकारीको भनाइ छ । सहकारीहरुले साधारणसभा (कार्यव्यवस्था निर्देशिका, २०७६) बमोजिम गणपूरक सङ्ख्या पुर्याएरमात्र साधारणसभा गर्नुपर्नेछ ।हाल कामपामा सञ्चालनमा रहेको एक हजार ८५६ सहकारी घटाएर ७०० बनाउने कामपाको लक्ष्य रहेको छ । यसरी सहकारीलाई एकीकरण गर्नका लागि पनि साधारणसभा आवश्यक पर्छ । सहकारी ऐन, २०७४ र कामपाको सहकारी ऐन, २०७४ अनुरुप कानूनीरूपमा नै एकीकृत गर्न सकिने व्यवस्था छ । सहकारीलाई एक बनाउन दुई सहकारी एकअर्कामा एकीकृत हुन तयार रहनुपर्छ ।


कोञ्ज्योसोमको शंखुमा प्राकृतिक साकोसको अत्याधुनिक सदस्य सेवा काउन्टर

कोञ्ज्योसोमको शंखुमा प्राकृतिक साकोसको अत्याधुनिक सदस्य सेवा काउन्टर

ललितपुर। 'बचत गरौँ भविष्य सपारौं' भन्ने मूल नाराका साथ् स्थापित प्राकृतिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले दक्षिण ललितपुरको कोञ्ज्योसोम गाउँपालिकाको शंखुमा आफ्नो अत्याधुनिक सदस्य सुविधा काउन्टर सुरुवात गरेको छ। गोदावरी नगरपालिका १० चापागाउँमा मुख्य कार्यालय रहेको संस्थाको दक्षिण ललितपुरका शेयर सदस्यलाई सहज रुपमा सेवा दिने द्देश्यका साथ शंखुमा सदस्य सेवा काउन्टरको साथै विप्रेषण (रेमिटेन्स ) सेवा सुरुवात गरेको संस्थाका अध्यक्ष कृष्णप्रसाद तिमल्सिनाले बताए।


सञ्चारकर्मी पन्तलाई केशव बडाल सहकारी पत्रकारिता सम्मान

सञ्चारकर्मी पन्तलाई केशव बडाल सहकारी पत्रकारिता सम्मान

बागलुङ । आदर्श सञ्चार सहकारी संस्था लिमिटेडका सहसम्पादक सिर्जना पन्तलाई केशव बडाल सहकारी पत्रकारिता सम्मान २०७७ प्रदान गरिने भएको छ । रिलायव वचत तथा ऋण सहकारी संस्था लिमिटेड काठमाडौंको मंगलवार आयोजित २२ औं साधारणसभाको अवसरमा नेपालको सहकारी अभियानका शिर्ष व्यक्तित्व केशव बडालको नाममा स्थापना गरिएको नगद १५ हजार सहितको उक्त सम्मान पन्तलाई प्रदान गर्ने घोषणा गरिएको हो । राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय सहकारी महासंघका ग्लोवल बोर्ड सदस्य ओमदेवी मल्लले उक्त पुरस्कारको स्थापना गरेका थिए । हरेक वर्ष रिलायवल वचत तथा ऋण सहकारी संस्थाको साधारणसभा प्रदान गर्ने गरी स्थापना भएको उक्त सम्मान यस वर्ष कोरोना संक्रमणका कारण घोषणा मात्र गरिएको र सहज अवस्था भएपछि प्रदान गरिने संस्थाका सचिव विजय सुन्दर खड्काले जानकारी दिए । बागलुङ जिल्लालाई कार्यक्षेत्र बनाएर विगत १ दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल पन्त आदर्श सञ्चार सहकारी संस्थाद्वारा प्रकाशित तथा सञ्चालित धौलागिरी जागरण दैनिक, अग्रसर साप्ताहिक र आदर्शसञ्चार अनलाइनका सहसम्पादक हुन । केशव बडाल सहकारी सम्मान २०७६ बाट सहकारी पत्रकार समाजका पूर्व अध्यक्ष यादव हुमागाई सम्मानित भएका थिए ।रिलायलव साकोसको २२ औं साधारणसभामा शुभकामना व्यक्त गर्दै राष्ट्रिय सहकारी बैंकका अध्यक्ष तथा महासंघका सञ्चालक केबी उप्रेतीले संस्थाले वित्तीय तथा अन्य क्षेत्रमा राम्रो सुधार गर्दै गएको र सञ्चार लगायत अन्य क्षेत्रमा समेत काम गरेर पहिचान बढाएको बताए । संस्थाकी अध्यक्ष ओमदेवी मल्लाले कोभिड १९ को महामारीका बीचमा पनि संस्थाले शेयर सदस्यहरुलई नियमित सेवा दिएको जानकारी दिइन ।


कृष्णप्रसाद तिमल्सिनाको अध्यक्षतामा प्राकृतिक साकोसमा नयाँ कार्यसमिति

कृष्णप्रसाद तिमल्सिनाको अध्यक्षतामा प्राकृतिक साकोसमा नयाँ कार्यसमिति

सन्तोष दाहाल, ललितपुर। गोदावरी नगरपालिका १० चापागाउँमा अवस्थित प्राकृतिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो ११ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ। शनिबार सम्पन्न साधारण सभाले कृष्ण प्रसाद तिमल्सिनाको नेतृत्वमा नयाँ कार्यसमिति समेत सर्वसम्मत रुपमा चयन गरेको छ।


जिल्ला कृषि सहकारी संघ ललितपुरको साधारणसभा हुँदै

जिल्ला कृषि सहकारी संघ ललितपुरको साधारणसभा हुँदै

ललितपुर। जिल्ला कृषि सहकारी संघ ललितपुरको ११ औँ वार्षिक साधारणसभा यही असोज २६ देखि कात्तिक ३ गतेसम्म आयोजना हुने भएको छ। विश्वव्यापी कोभिड १९ को महामारीका कारण ठूलो भीड जम्मा भएर कार्यक्रम गर्न नमिल्ने भएकाले नेपाल सरकार सहकारी विभागले जारी गरेको साधारण सभा संचालन सम्बन्धी अन्तरिम कार्यादेशको पालना गर्दै साधारण सभा संचालन गरिने संघका सचिव पुरुषोत्तम हुमागाईंले जानकारी दिएका छन्। गत असोज ६ गते बसेको संघको सञ्चालक समितिको निर्णय अनुसार एक सातासम्म स्वास्थ्य मापदण्ड पालना गर्दै र भौतिक दुरी कायम गर्दै साधारण सभा सम्पन्न गर्ने निर्णय भएको संघकी अध्यक्ष एबम राष्ट्रिय सहकारी महासंघकी वरिष्ठ उपाध्यक्ष ॐ देवी मल्लले बताईन । साथै संघमा आबद्ध सबै सदस्यहरुलाई उक्त अवाधिभित्रमा संघको कार्यालय सातदोबाटोमा सम्पर्क गर्न पनि संघले आग्रह गरेको छ।


प्राकृतिक साकोसको निर्वाचन सहितको ११ औं वार्षिक साधारणसभा सम्पन्न हुँदै

प्राकृतिक साकोसको निर्वाचन सहितको ११ औं वार्षिक साधारणसभा सम्पन्न हुँदै

सन्तोष दाहाल, ललितपुर। चापागाउँमा केन्द्रिय कार्यालय रहेको प्राकृतिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११ औं वार्षिक साधारण सभा यही असोज २४ गते हुने भएको छ। विश्वव्यापी महामारीको रुपमा रहेको कोरोना भाईरस (कोभिड १९ ) को बीच सहकारी विभागद्वारा जारी गरिएको साधारण सभा संचालन सम्बन्धी कार्यविधि अनुसार यही असोज १५देखि २० गतेसम्म साधारण सभाको कार्यतालिका प्रकाशन गरी निर्वाचन सहितको साधारण सभा सम्पन्न गरिने संस्थाका प्रमुख कार्यकारी अधिकृत आदर्श तिमल्सिनाले दर्पण दैनिकलाई जानकारी दिएका छन्।