# भर्खरै
Namaste Icon
Ad

स्वास्थ्य

Ad

उपत्यकामा फैलियो हैजा, कुन कुन स्थानमा भेटियाे ?

उपत्यकामा फैलियो हैजा, कुन कुन स्थानमा भेटियाे ?

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा हैजाका बिरामी देखिएका छन् । योसँगै हैजाका बिरामीको संख्या १२ पुगेको छ । नैकाप र पाटनमा थप एक/एक जना हैजाका बिरामी भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाअनुसार यसअघि बागबजार, डिल्लीबजार, कपन, सानेपा, बालाजु, बल्खु र थानकोटमा हैजा पुष्टि भएको थियो । जनस्वास्थ्यविद्ले संक्रमणको स्रोत पत्ता नलाग्नु वा धेरै स्थानमा हैजाका बिरामी देखापर्नु हैजा महामारीकै रूपमा फैलनसक्ने पूर्वसंकेत भएको चेतावनी दिएका छन् ।


काठमाडौंका विभिन्न स्थानका चार जनामा हैजा पुष्टि

काठमाडौंका विभिन्न स्थानका चार जनामा हैजा पुष्टि

काठमाडौं । काठमाडौंका विभिन्न स्थानका चार जनामा हैजा पुष्टि भएको छ । चारै जनाको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा अहिले उपचार भइरहेको छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख वसन्त अधिकारीले अहिलेसम्म चार जनामा हैजा भएको पुष्टि जानकारी दिए । बागबजारमा दुई तथा भोटेबहाल र डिल्लीबजारमा एक/एक जनामा हैजाको जिवाणु भेटिएको जानकारी अधिकारीले दिए । उनले भने, ‘फोहोर र प्रदूषित पानीका कारणले हैजा देखिएको हुनसक्छ । काठमाडौं हैजाको जोखिममा रहेको देखियो ।’


कलाम मुस्लिम समाजका अध्यक्ष कलामद्वारा उपचाररत लामालाई आर्थिक सहयोग

कलाम मुस्लिम समाजका अध्यक्ष कलामद्वारा उपचाररत लामालाई आर्थिक सहयोग

काठमाडौं । नेकपा एमालेका युवा नेता हिलारी हिक्मत बोहराको नेतृत्वमा दिर्घायु अस्पतालमा उपचाररत श्यामकाजी लामालाई आर्थिक सहयोग गरेको छ । बोहराको नेतृत्वमा कलाम मुस्लिम एकता समाजका अध्यक्ष समेत रहेका समाजसेवी नेकपा एमालेका युवा नेता अहमत कलामले व्यक्तिगत रुपमा पन्ध्र हजार रुपैया (१५०००) आर्थिक सहयोग गरेका हुन् । साथै उक्त पहलमा चन्द्र लामा र विष्णु सिंहले समेत जोडिएका छन् ।


नेपाली नर्सलाई बेलायतमा रोजगारी दिने बिषयमा श्रम समझदारी आगामी साता

नेपाली नर्सलाई बेलायतमा रोजगारी दिने बिषयमा श्रम समझदारी आगामी साता

काठमाडौं । बेलायत सरकारको तर्फबाट नेपाली नर्सलाई रोजगारी दिने बिषयमा नेपाल र बेलायतबीच आगामी साता श्रम समझदारीमा हस्ताक्षर हुने भएको छ । श्रम समझदारीको मस्यौदा बनाउन गठित दुवै देशका प्रतिनिधि सम्मिलित समितिले अन्तिम मस्यौदा तयार गरेकोले आगामी साता हस्ताक्षर गर्न लागिएको हो । शुक्रबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि बेलायती राजदुत निकोला पोलिटले शिष्टाचार भेट गरी श्रम समझदारीको तयारीबारे छलफल गरेका हुन् ।