ममता भट्ट, डडेल्धुरा । डडेल्धुराको भागेस्वर गाउँपालिकाका ग्रामिण क्षेत्रमा सुरक्षित गर्भपतनबारेको भ्रम हट्दै गएको छ । विभिन्न गामिण वस्तीहरुमा केही वर्ष आगाडी सम्मको गर्भपतन सम्वन्धिको बुझाई र अहिलेको दृष्टी फेरीदै गईरहेको स्थानियहरुले बताउदै आएका छन् । गर्भपतन गर्नेहरुलाई विभिन्न नजरले हेर्ने समुदाय पछिल्लो समयमा सुरक्षित गर्भपतन गर्नका लागि अभिप्रेरित भईरहेको छ । सुरुमा गर्भपतन गर्ने जोसुकैलाइृ पनि गा्रमिण क्षेत्र सगैं वजारमा पनि कुदृष्टिले हेर्ने, विभिन्न लालच्छाना लगाउने, नराम्रो दृष्टीले तिरिष्कार गर्ने जस्ता कार्यहरु हुने गर्दथे । तर पछिल्लो समय आईपास नेपाल सगंको साझेदारिमा सिडिएफ नेपालले जिल्लाका भागेस्वर र नबदुर्गा गाउँपालिकाका विभिन्न भागमा सुरक्षित गर्भपतन सम्वन्धिका भिबिन्न सचेतनामुलक कार्यक्रम लागु भएपछि सो सम्वन्धि नकारात्मक भावना हराउदै गएकोसेवा प्रादायक चेतना ओझाले बताए । अहिले गा्रमिण भेगमा पनि सुरक्षित गर्भपतन गराउने महिलाको सख्यामा बृद्धि भएको सेवाप्रदायक ओझाको भनाई रहेको छ ।
सो भावनामा परिवर्तल्याउन र उनिहरुको सोचमा सकारात्मक विचार पैदा गर्न समुदायमा विभिन्न क्रियाकलापहरु सचांलन गरेको जनाएका छन् । पालिकाका ५ वटै वडा अन्तर्गतका समुदायमा सुरक्षित गर्भपतन सम्वन्धि पटक पटक सडक नाटक, समुह समुहमा छलफल गरि जनचेतना प्रदान गरिएको भागेस्वर गाउँपालिका वडा नम्बर ४ वडा अध्यक्ष बसन्तराज चटौतले जनाएका छन ।
सुरक्षित गर्भपतन सम्वन्धि बिभिन्न किसमका सचेतनामुलक कार्यक्रमले समुदाय र सहभागीलाई गर्भपतन सम्वन्धि सकारात्मक बुझाई रहेको र जसका कारणले सुचिकृत स्वास्थ्य सस्थामा सुरक्षित गर्भपतन गराउने महिलाहरुको सख्यामा बृद्धि भएको र गर्भपतन सेवा प्रभावकारी बनिरहेको भागेस्वर गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मानबहादुर साहुले बताए ।
उनले भने, ‘यो परीयोजना लागु भएपछि अहिले पालिकामा धेरै सहज भएको छ । पालिकाका महिलाहरु सचेत भएका छन् । उनीहरुले स्वास्थ्यकर्मीलाई समेत तालिम दिएर दक्ष बनाएका छन् ।’ बिभिन्न समुहहरुमा धेरै किसमाका तालिम, गोष्ठी, छलफल गरेर सचेतना फैलाउदै आएका र स्थानीय जन प्रतिनिधीलाई पनि कार्यक्रमहरुमा सहभागि गराउदै आएकोले यी यस्ता परीयोजना पालिकामा आवश्यक रहेको उनले बताए । पालिकामा अहिले ४ वडामा सुरछित गर्भपनसेवा संञ्चालनमा रहेको पनि स्वास्थ्य साखा प्रमुख साहुले बताए । आर्थिक बर्ष २०८०।८१ को चैत्र महिना सम्ममात्रै भागेस्वर गाउँपालिकामा ८३ जनाले सुरछित गर्भपतन सम्बन्धी सेवा लिएका छन् । जसमध्ये बगरकोट स्वास्थ्य चौकिमा ३७, भागेस्वर स्वास्थ्य चौकिमा २३ र रुपाल स्वास्थ्य चौकिमा २५ जनाले सेवा लिएका छन् । पहिले भन्दा अहिले आफ्नो समस्या राख्र्ने र सुरक्षित गर्भपतन सेवा लिनको लागि पनि खुलेर आउने गरेको बगरकोट स्वास्थ्य चौकिा सुरक्षित गर्भपतन सेवा प्रादायक चित्रा मालीले बताइन् ।
डडेल्धुरा जिल्लामा २२ वटा स्वास्थ्य सस्थामा निःशुल्क सेवा दिदै आएको र १० हप्ता सम्मको गर्भपतन स्वास्थ्य संस्थामा नै हुने र १२ हप्ता सम्मको डडेल्धुरा अस्पताल डडेल्धुरामा यो सेवा उपलव्ध हुने जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराका परीवार नियोजन सुपर भाईजर भवानसिङ कुवँरले बताए ।
किसोरी र आमाहरु मिलेर सचेतना फैलाउदै ग्रामिण क्षेत्रमा
रमा टेर भागेस्वर गाउँपालिका ४ की सामुदायिक अगुवा हुन् । सामुदायिक अगुवा हुनुअघि उनीमा प्रजनन स्वास्थ्यबारे धेरै भ्रम भएकाले यस विषयमा खुलेर बोल्न लजाउने गर्थिन । सुरक्षित गर्भपतनको विषय रमाका लागि लाजको विषय थियो । प्रजनन स्वास्थ्यबारे समुदायका दिदीबहिनीसँग कुराकानी गर्ने जिम्मेवारीसहित उनी सामुदायिक अगुवा छानिएपछि तालिमको अवसर जुर्यो । तालिमपछि अगुवा टेरमा रहेको भ्रम हट्दै गएको र आफैँमा परिवर्तन आएपछि उनले विस्तारै दिदीबहिनीसँग प्रजनन स्वास्थ्यको बारे कुराकानी गर्न थालिन् ।
यौन तथा प्रजनन स्वास्थ्य, सुरक्षित गर्भपतनको कानुन र अधिकारबारे आमा समूह, टोल समूह र बिभिन्न समुहका दिदी–बहिनीलाई सचेत गराउने तथा यसबारे सरकारले दिने सेवाबारे जानकारी गराउने काम गर्छिन । ‘सुरु सुरुमा दिदी–बहिनी अलि निस्क्रिय हुनुहुन्थ्यो, मेरो कुरा खासै चासो दिनुहुँदैनथ्यो’ विगत सम्झँदै उनले भनिन् । बैठकमा नियमित उपस्थिति र छलफलमा सक्रिय सहभागी हुन थालेसँगै महिलाहरुमा प्रजनन स्वास्थ्यवारे चेतना विस्तार भएको स्वास्थ्य स्वयमसेविका बसन्ती पन्तले बताइन् ।
रिमा जस्तै अन्य ४ जना महिला र किशोरीहरूले गाउँमा प्रजनन् स्वास्थ्यबारे सिकाउने गर्छन् । गाउँभरिका महिला जम्मा पारेर एक ठाउँमा राख्छन् अनि आफूले जानेका कुरा भन्छन् । कति महिलाहरूले प्रश्न सोध्छन् उनीहरू उत्तर दिन्छन् । यस्तो छलफल उनीहरूले महिनामा एक दुई पटक गर्छन् ।
प्रजनन स्वास्थ्य सेवा बस्ती बस्तीमा प्रचारप्रसार गर्न, सचेत गर्न तथा स्वास्थ्य संस्थाको पहुँचसम्म त्यस्ता महिलालाई पु¥याउन ४ सामुदायिक अगुवा क्रियाशील रहेको आईपास नेपालका जिल्लास्तरीय सामाजिक परीचालक भागरथि धामीले बताइन् । समुदायले छनोट गरी पठाएका उनीहरुलाई आईपास नेपालले आधारभूत तहको तालिम दिने गरेको उनकोे भनाइ थियो ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google