होस्टलमा जान भनेर घरबाट निस्कीएकी संगीता बैशाख १६ गतेदेखि बेपत्ता

दर्पण दैनिक ११ जेष्ठ २०८१,१३:१६
post

ललितपुर । गोदावरीको टीकाभैरबमा बस्दै आएकी एक बालिका करिब १ महिनादेखि बेपत्ता छिन् । कैलालीको लम्कीचुहा नगरपालिका ५ स्थायी घर भई हाल गोदावरी नगरपालिका ६ टीकाभैरबमा बस्दै आएकी १५ वर्षकी संगीता चौधरी करिब १ महिनादेखी परिवारको सम्पर्कमा आएकी छैनन् । 

लेले आनन्दवन अस्पतालमा कार्यरत रामबहादुर चौधरीकी छोरी संगीता गत बैशाख १६ गतेदेखि सम्पर्कबिहीन भएकी हुन् । बेपत्ता भएकी संगीताको खेजीका लागि हरसम्भव प्रयास भएपनि अहिलेसम्म कुनै पत्ता नलागेको उनका रामबहादुरले बताए । 

उनका अनुसार गत बैशाख १६ गते टीकाभैरबकाट आफ्नी दिदी अनिता चौधरीसँगै फर्पिङस्थित बालनिकेतन होस्टलमा जान भनेर हिँडेकी संगिता त्यही साँझबाट हराएकी हुन् ।  

‘दिदी अनिताले बहिनीलाई होष्टेल पुयाउन फर्पिङ गएकी थिइन्, होष्टेल नजिकै पुगेर आएकी उनी फेरी लगनखेलमा दिउँसो साढे २ बजे देखीइन्’ बुबा रामबहादुर भने, ‘दिदीले आश्चर्य मानेर लगनखेल आउनुको कारण सोध्दै फेरी  संगीतालाई पैसा दिएर होस्टल जाने गाडी चढाएकी थिइन् । होष्टलमा पुग्दा पैसा हराएकाले आफू फर्किएर आएको संगीताले दिदीलाई सुनाएकी थिइन् ।’त्यसपछि दिदी अनिताले पैसा दिएर होस्टलतर्फ फर्काएकी थिइन् ।’ 

पछि साँझ ७ बजे होस्टलमा सम्पर्क गर्दा संगीता होष्टलमा नआएको जानकारी आएपछि छोरीको खेजीमा आफूहरु लागेको रामबहादुरले बताए । 


संगीता फर्पिङस्थित त्रिभुवन आर्दश माध्यमीक विद्यालयमा ६ कक्षामा अध्ययनरत छिन् ।  श्रीमतीसहित ५ छोरी र १ छोरा भएका रामबहदुर १० वर्ष देखी टीकाभैरबमा बस्दै आएका छन् । 

उनले गत बैशाख १७ गते सोमबार महानगरीय प्रहरी वृत्त चापागाउँ र पछि जावलाखेल प्रहरी परिसरमा उजुरी दिएका थिए ।

सिसी क्यामेरा हेर्दा लगनखेल बसपार्कमा देखिएको बताइएको छ । उनका अनुसार साझा बस र दक्षिणकालीको बस बिसौनी रहेको लगनखेलको प्रतिक्षालयमा केहीबेर बसेको देखिन्छ ।

सम्बन्धित खबर

post

'भिझाएर आँशु' सार्वजनिक (भिडियो)

२० फाल्गुन २०७९,१४:१३

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: