सनफ्लावर तेलका ग्राहकले जिते हिराको हार
काठमाडौं । सनफ्लो सनफ्लावर तेल ‘सनफ्लोमा पकाऔं मीठो परिकार, साथमा पाऔं हिराको हार उपहार’ योजनाअन्तर्गत दोस्रो लक्की ड्र कार्यक्रमका विजेताहरुलाई हिराको हार र हिराका अन्य उपहार हस्तान्तरण गरिएको छ । नेपालगञ्ज त्रिभुवन चोक निवासी पूजा कुमारी बैशले आकर्षक हिराको हार र जनकपुर रमानन्द चोक निवासी राम विनोद रायलाई हिराको लकेट हस्तान्तरण गरिएको छ । त्यसैगरी काठमाडौं निवासी हरि प्रसाद पराजुली र मोरङ पथरी निवासी दुर्गा माया पोखरेललाई हिराको टप हस्तान्तरण गरिएको छ । सनफ्लो सनफ्लावर तेल हिराको हार उपहार योजनाको दोस्रो लक्की ड्र विजेताहरुको नाम यहीँ मिति २०७६÷०८÷११ गते इमेज च्यानलमा प्रत्यक्ष प्रसारण गरी विजेताहरुको नाम घोषणा गरिएको थियो ।