Ad

चलचित्र​

Ad

‘चालबाज’ मा बुद्धि, केकी र अविनाश

‘चालबाज’ मा बुद्धि, केकी र अविनाश

काठमाडौं । फिल्म ‘चालबाज’को शुभसाइत दार्जिलिङमा भएको छ । फिल्ममा अभिनेत्री केकी अधिकारी र अभिनेता बुद्धि तामाङसंगै नव–नायक अविनाश प्रधान मुख्य भूमिका रहनेछन्।


सौगात र सृष्टिको मुख्य भूमिका रहने चलचित्र ‘सँगसँगै’को शुभमुहुर्त

सौगात र सृष्टिको मुख्य भूमिका रहने चलचित्र ‘सँगसँगै’को शुभमुहुर्त

काठमाडौं । नेपाली चलचित्र ‘सँगसँगै’ को ठमाण्डौको भद्रकाली मन्दिरमा आज शुभमुहुर्त गरिएको छ । शुभमुहूर्तमा निर्माण टिम र कलाकारको साथमा चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई, निर्माता संघका अध्यक्ष आकाश अधिकारी पनि उपस्थित भएका छन् । उनीहरुले भद्रकाली मन्दिर पुगेर चलचित्रलाई सफलताको शुभकामना दिएका हुन् ।


पूजा बनिन लजालु सम्झना, शेयर गरिन यस्ता तस्विर

पूजा बनिन लजालु सम्झना, शेयर गरिन यस्ता तस्विर

काठमाडौं । फिल्म ‘सम्झना बिर्सना’ सिलिगुडीमा छायाङ्कन भइरहेको छ । फिल्म छायाङ्कनको क्रममा अभिनेत्री पूजा शर्माले आफ्नो दुई तस्वीरहरु सामाजिक संजालमा पोष्ट गरेकी छन् । फिल्म सुटिङको क्रममा लिएको तस्वीर पूजाले तपाईहरुको सम्झना भन्ने क्याप्सन राखेर पोष्ट गरेकी हुन् । उक्त क्याप्सन अनुसार उनको नाम फिल्ममा सम्झना रहेको अन्दाज लगाउन सकिन्छ । उनले राम्रो तस्वीर खिचेकोमा अभिनेता आकाश श्रेष्ठलाई धन्यबाद दिएकी छन् ।


‘झिंगे दाउ’ मा यस्ताे भूमिकामा आँचल

‘झिंगे दाउ’ मा यस्ताे  भूमिकामा आँचल

काठमाडौं । फिल्म ‘झिंगे दाउ’ बाट आँचलको लुक सार्वजनिक गरिएको छ । तस्वीरमा आँचललाई फरक लूकमा देख्न सकिन्छ । ज्ञानेन्द्र देउजाले निर्देशन गरेको यो फिल्ममा आँचल शर्मालाई फरक लूकमा प्रस्तुत गरिएको हो । फिल्मको छायांकन खोटाङको हलेसीमा भएको थियो । फिल्मको केही दृश्यको शूटिङ भकुण्डे बेसीमा खिचिएको छ । सार्वजनिक भएका तस्वीरमा आँचललाई बिल्कुलै फरक भूमिकामा देख्न सकिन्छ ।


शाहरूखको चलचित्रमा क्याटरिना

शाहरूखको चलचित्रमा क्याटरिना

एजेन्सी, मुम्बई । लामो समयदेखि पर्दामा देख्न नपाएर निराश बनेका बलिउड अभिनेता शाहरूख खानका दर्शकका लागि खुसीको खबर छ । उनी नयाँ चलचित्र लिएर दर्शकमाझ आउने तयारीमा जुटेका छन् । चलचित्र ‘जिरो’ ले असफलता व्योहोरेपछि केही समय चुप रहेका शाहरूखले छिट्टै नयाँ चलचित्र ल्याउन लागेका हुन् । ‘जिरो’ पछि अभिनेता शाहरूख, आनन्द एल राय र अभिनेत्री क्याटरिना कैफले पुनः एक साथ काम गर्न लागेका हुन् ।


‘साङ्लो’ को पोस्टरमा विराज र निकिता

‘साङ्लो’ को पोस्टरमा विराज र निकिता

काठमाडौं । अभिनेता विराज भट्टको डेब्बु निर्देशन रहेको चलचित्र ‘साङ्लो’ पोस्टरसँगै प्रदर्शन मिति सार्वजनिक भएको छ । २४ माघबाट देशभर प्रदर्शनमा आउने तयारीमा रहेको यस चलचित्रमा अभिनेता तथा निर्देशक विराज र पूर्वमिस नेपाल तथा अभिनेत्री निकिता चण्डकको जोडी बाँधिएको यो चलचित्रको बिहीबार पहिलो गीत सार्वजनिक हुँदैछ ।


अब ‘छ माया छपक्कै’ फिल्म घरमै बसेर हेर्न पाइने

अब ‘छ माया छपक्कै’ फिल्म घरमै बसेर हेर्न पाइने

काठमाडौं । वर्षकै सर्वाधिक सफल चलचित्र “छ माया छपक्कै” अब डिशहोमको सिनेमा घर च्यानल नम्बर १०८ मा प्रदर्शन हुने भएको छ । हाँस्यकलाकार दिपकराज गिरी, केदारप्रसाद घिमिरे (माग्ने बुढा), जितु नेपाल (मुन्द्रे), लगायत दर्जनौँ चर्चित कलाकारहरुको अभिनय रहेको यो चलचित्र मंसिर १३ गते देखि प्रदर्शन हुने भएको हो ।


दोहोरिदै अनमोल–सुहानाको जोडी

दोहोरिदै अनमोल–सुहानाको जोडी

काठमाडौं । फिल्म ‘ए मेरा हजुर’ को चौथो सिरिजमा समेत तेस्रो सिरिज कै जोडी दोहोरिने भएको छ । फिल्ममा सुहाना थापा हुने पक्का भए पनि अहिले आएर अनमोल केसी समेत जोडिएका छन् ।


स्वस्तिमाको ‘चपली हाइट ३’ को शुभमुहूर्त

स्वस्तिमाको ‘चपली हाइट ३’ को शुभमुहूर्त

काठमाडौं । फिल्म ‘चपली हाइट ३’को शुभमुहूर्त गरिएको छ । मंगलबार राजधानीको कार्यविनायक मन्दिरमा पूजाआजा गर्दै फिल्मको मुहूर्त गरियो । फिल्मलाई अर्जुन कुमारले निर्माण गरेका हुन् । यसअघि ‘चपली हाइट’ नामका दुई फिल्म निर्माण भइसकेका छन् ।


चलचित्र ‘शुभ लभ’ युरोप टुरमा लैजाने

चलचित्र ‘शुभ लभ’ युरोप टुरमा लैजाने

काठमाडौं । बुद्ध ईन्टरटेनमेन्टको ब्यानरमा निर्माणमा भएको चलचित्र ‘शुभ लभ’ यही नोभम्बर अन्तिममा अल युरोप प्रदर्शनमा लगिने भएको छ । आगामी डिसेम्बर, जनवरी र फेब्रुअरीभरि युरोपभरि प्रदर्शन गरिने निर्माता तथा निर्देशक सन्तोष लोहनीले जनाए ।  नेपालमा मध्यम व्यापार गरेको उक्त चलचित्रले युरोप प्रदर्शन राम्रो हुने लोहनीको विश्वास छ । युवा ज्योतिष हरिहर अधिकारी र २०१७ की मिस टिन क्रिस्टिन पौडेलको मुख्य अभिनय रहेको उक्त चलचित्रमा पूराना कलाकारहरु रविन्द्र झा, राजाराम पौडेल, अनोज पाण्डे र सरोज खनालको पनि भूमिका छ । त्यस्तै, स्टेजका चर्चित कलाकार राजा राजेन्द्रले पनि चलचत्रिमा पहिलोपटक यही फिल्ममार्फत चलचित्र अभिनय सुरु गरेका हुन् । चलचित्रमा डा. सूर्या थापालाई सह–नायिकाको भूमिका देख्न सकिनेछ ।