Namaste Icon
Ad
Ad

पर्यटन

Ad

पर्यटकलाई स्वागत गर्दै दुर्छा होमस्टेका महिला

पर्यटकलाई स्वागत गर्दै दुर्छा होमस्टेका महिला

लमजुङ मध्यनेपाल नगरपालिका डढुवास्थित पर्यटकलाई स्वागत गर्दै दुर्छा होमस्टेका महिला । यहाँका होमस्टे महिलाहरुले गुरुङ पहिरनमा सजिएर पर्यटकको स्वागतमा सेटो टीका लगाईदिनुका साथै फूलका गुञ्छा दिएर पर्यटकलाई स्वागत गरिन्छ ।


‘नेपाल सेल्स मिशन यूरोप’ सम्पन्न

‘नेपाल सेल्स मिशन यूरोप’ सम्पन्न

काठमाडौं । नेपाल पर्यटन बोर्डको आयोजना तथा नीजि क्षेत्र ब्यवसायीहरुको सहभागितामा यूरोपको प्रमुख पर्यटन बजारहरु जुरिच, पेरिस र ब्रसेल्समा जुन १७ मा सुरु भई जुन २१, २०१९ मा सम्पन्न भएको छ । उक्त कार्यक्रमहरुमा संयुक्त राष्ट्र संघ नेपाली नियोगका  राजदूत मणिप्रसाद भट्टराई, फ्रान्सका  राजदूत दीपक अधिकारी र बेल्जियम, नेदरल्याण्डस र लक्जेम्बर्ग (बेनेलक्स)का  राजदूत लोकबहादुर थापाले उपस्थित अन्तराष्ट्रिय ट्राभल एजेण्टस र टूर अपरेटरहरुलाई स्वागत सम्वोधन गरेका थिए । सेल्स मिसनको उद्धेश्य नेपाली व्यवसायीहरुले युरोपयन समकक्षी टुर अपरेटरहरुसँग सम्बन्ध विस्तार र ब्यवसाय बृद्धि गरी नेपालमा बढी भन्दा बढी पर्यटक भित्र्याउने रहेको छ ।


पर्यटन सुन्दरी प्रतियोगिता हुँदै

पर्यटन सुन्दरी प्रतियोगिता हुँदै

काठमाडौं । नेपालको पर्यटन क्षेत्रको प्रवद्र्धन गर्ने लक्ष्यका साथ ‘मिस टुरिज्म’ प्रतियोगिता आयोजना हुने भएको छ । पर्यटकीय गतिविधिको प्रचारप्रसारका लागि महत्वपूर्ण ‘प्रडक्ट’ का रूपमा पर्यटन क्षेत्रको सुन्दरी प्रतियोगिता ‘मिस टुरिज्म’ लाई लिने गरिन्छ । प्वाइन्ट मिडिया प्रालिले सन् २०१६ देखि हरेक वर्ष ‘मिस टुरिज्म’ प्रतियोगिताको आयोजना गर्दै आएको छ । यस वर्षको ‘मिस टुरिज्म–२०१९’ को चौथो संस्करण आगामी साउन महिनामा आयोजना हुने भएको छ ।


आहा ! खप्तडको सौन्दर्यता, एक पटक पुग्ने ठाँउ

आहा ! खप्तडको सौन्दर्यता,  एक पटक पुग्ने ठाँउ

घोडा दाउने पाटन खप्तडको सौन्दर्यता जति बर्णन गरेपनि कम हुन्छ । खप्तड धार्मिक हिसाबले पवित्र मानिन्छ । यहाँ नागढुंगा, खप्तड दह, खप्तड आश्रम, सहस्र लिंग, त्रिवेणीघाट जस्ता पवित्र स्थल छन् । खप्तडको अर्को आकर्षण भनेको खप्तड बाबाको आश्रम हो, जहाँ उनको मूर्ति र उनले प्रयोग गरेका केही सामान छन् । उनले खप्तडमा ५० वर्ष बिताएर विभिन्न पुस्तकहरु लेखेका थिए ।


सात हजार मिटर गहिरो अन्धगल्छी

सात हजार मिटर गहिरो अन्धगल्छी

अन्नपूर्ण गाउँपालिका–३ दानास्थित कालीगण्डकी नदीमा बनेको अन्धगल्छी । आन्तरिक र विदेशी पर्यटकको आकर्षण केन्द्र रहेको धौलागिरी र हिमालको बीचमा पर्ने अन्धगल्छीको गहिराइ ६ हजार नौ सय ६७ मिटर छ ।


अन्तराष्ट्रिय माउण्टेन हबको लागि रुवि भ्याली उपयुक्त हुन सक्छ (फोटो फिचर)

अन्तराष्ट्रिय माउण्टेन हबको लागि रुवि भ्याली उपयुक्त हुन सक्छ (फोटो फिचर)

काठमाडौं ।नेपाल भ्रमणमा आउने बहुसंख्यकपर्यटकको प्राथमिकताहिमालयपर्वत पर्ने भएकोले पर्वतीय पर्यटनको विकासलाई सरकारले प्राथमिकतामा राखेर अध्ययन गर्ने भएको छ । हिमाली क्षेत्रमा पर्यटक आकर्षित गर्न सरकारले आवश्यक पूर्वाधार निर्माण र प्रवद्र्धनको काम एक साथ अगाडी बढाउन अध्ययनको तयारी गरेको हो । पर्वतीय पर्यटनका निम्ति आवश्यक जनशक्ती उत्पादन देखि अन्तराष्ट्रिय विशिष्ट पाहुनालाई समेत हिमाल चढाउन मिल्ने माउण्टेन हब निर्माण गर्दा अन्तराष्ट्रिय स्तरमा विशिष्ट पहिचान हुने विश्वासका साँथ उपयुक्त स्थानको छनोट गर्न लागिएको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कँडेलले बताए ।


पर्यटकिय केन्द्र खप्तडमा दशहरा मेला

पर्यटकिय केन्द्र खप्तडमा दशहरा मेला

डाटी । सुदूरपश्चिमको धार्मिक एवम पर्यटकीय स्थल खप्तडमा दशहरा अर्थात गंगा दशहरा मेला सुरु भएको छ । माइकास्थान, सहस्त्रलिङ, नागढुंगा, खप्तड बाबा कुटी, खप्तड दह, सीतापाईला र त्रिवेणी स्नान घाटमा दर्शनार्थीको घुइँचो लागेको छ ।


दलचोकीमा भ्युटावरको शिलान्यास

दलचोकीमा भ्युटावरको शिलान्यास

ललितपूर । जिल्लाको कोञ्ज्योसोम गाउँपालिका वडा नं ३ दलचोकीमा पर्यटन प्रवर्धनका निम्ति भ्युटावर बन्ने भएको छ । सोमबार प्रदेशसभा सदस्य चेतनाथ सञ्जेलले भ्युटावर निर्माणको शिलान्यास गरेका हुन् ।


ठमेल पर्यटन विकास परिषदको प्रकाशनरसिंह राणा, यस्तो छ कार्यसमितिको नामावली

ठमेल पर्यटन विकास परिषदको प्रकाशनरसिंह राणा, यस्तो छ कार्यसमितिको नामावली

काठमाडौं । ठमेल पर्यटन विकास परिषदको नयाँ कार्यसमिति चयन भएको छ । परिषदको अध्यक्षमा प्रकाशनरसिंह राणा निर्वाचित भएका छन । त्यस्तै , उपाध्यक्षमा राजुमान डंगोल, भविश्वर शर्मा र गीता गुरुङ निर्वाचित भएका छन ।


नेपाल भ्रमण वर्षको पूर्वसन्ध्यामा सबै पर्यटन कम्पनीमा तालाबन्दी गरिदिने चेतावनी

नेपाल भ्रमण वर्षको पूर्वसन्ध्यामा सबै पर्यटन कम्पनीमा तालाबन्दी गरिदिने चेतावनी

काठमाडौं । पर्यटन क्षेत्रको सबैभन्दा ठूलो श्रमिक संगठन यूनिट्राभले मजदुरलाई शोषण गर्ने पर्यटन कम्पनीहरुमा तालाबन्दी गरिदिने चेतावनी दिएको छ । शनिबार काठमाडौंमा सम्पन्न तेस्रो प्रतिनिधि परिषद् बैठकमा यूनिट्राभका अध्यक्ष सुमनप्रसाद पराजुलीले पर्यटन क्षेत्रका अधिकाँश व्यवसायीले मजदुरमाथि शोषण गरिरहेको भन्दै नियमसंगत कार्य गर्ने श्रमिकलाई कानूनअनुरुपको पारिश्रमिक, सेवा सुविधा र सामाजिक सुरक्षा प्रदान गर्न आग्रह गर्नुभयो । सरकारले नै कानून उल्लघन गरेको आरोप लगाउँदै अध्यक्ष पराजुलीले श्रमशोषण गर्ने सरकारी निकाय र व्यवसायीक संस्थामा तालाबन्दी गरिदिने चेतावनी दिए । अध्यक्ष पराजुलीले भने, नेपाल एयरलायन्स लगायत पर्यटन क्षेत्रका सरकारी निकायमै मासिक करिब ६÷७ हजार रुपैंया परिश्रमिक दिइन्छ । यो लज्जाष्पद विषय हो । हामी मजदुरमाथि शोषण गर्ने सरकारी संस्था होस् या व्यवसायीक कम्पनीलाई अब छाड्ने अवस्थामा छैनौं । मजदुर मार्ने काम भयो भने हामी हात ठाडो पार्न बाध्य हुनेछौं । कम्पनीमा तालाबन्दी गर्न बाध्य हुनेछौं ।’ आउटसोर्सिङ कम्पनीले हाल पर्यटन क्षेत्रमा दादागिरी गरिरहेको भन्दै ती सबै संगठनको दादागिरीलाई ठेगान लगाइने बताए ।


Ad
Ad
Ad
Ad
Ad
Ad