Namaste Icon
Ad
Ad

पर्यटन

Ad

उडेको तीन मिनेटमै जहाजको इन्जिन फेल

उडेको तीन मिनेटमै जहाजको इन्जिन फेल

काठमाडौं । लुक्लाबाट काठमाडौंका लागि उडेको जहाजको इन्जित तीन मिनेटमै फेल भएको छ । लुक्लाबाट बिहान ८ः२१ मा उडेको नाइनएन एजेएच कल साइन रहेको सीता एयरको जहाजको दायाँ इन्जिन उडानकै क्रममा फेल भएको प्राधिकरणले जनाएको छ ।


आजबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक सात घण्टा बन्द

आजबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक सात घण्टा बन्द

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजबाट दैनिक ७ घण्टा बन्द हुने भएको छ । विमानस्थलको धावनमार्गलगायतका जीर्णोद्वार कार्यको दोस्रो चरणको काम आजदेखि सुरु हुने भएपछि दैनिक ७ घण्टा बन्द हुने भएको हो । विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार आइतबार राति साढे ११ बजेदेखि बिहान साढे ६ बजेसम्म विमानस्थल बन्द हुने छ । तर, नेपाल वायुसेवा निगमले बिहीबारदेखि सुरु गरेको जापानको ओसाका उडानका दिन विमानस्थल मर्मतको कार्य आधा घण्टा स्थगन गरिने छ । मंगलबार, बिहीबार र शनिबार राति २ बजे जीर्णोद्वार तथा मर्मत कार्य रोकिने र साढे २ बजे जहाज उडेपछि फेरि मर्मत सुचारु गरिने महाप्रबन्धक क्षेत्रीले जानकारी दिए ।


नेपाल–ओसाका सम्मको नियमित उडान

नेपाल–ओसाका सम्मको नियमित उडान

काठमाडौं । नेपाल वायुसेवा निगमले भदौ १२ गतेदेखि जापानको ओसाका सम्मको नियमित उडान पुनः प्रांरभ गरेको छ । उडानको सन्दर्भमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उद्घाटन कार्यक्रम गरिएको थियो । उक्त अवसरमा संस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्री योगेश भट्टराई, राज्य मन्त्री धनबहादुर बुढा र मन्त्रालयका सचिव केदार बहादुर अधिकारीले यात्रुहरुलाई बोडिङ्ग पास दिई विदाई गरेका थिए ।


युट्युबको भिडियोले मानिखेलको सिम्बा झरनामा पर्यटकको चहलपहल

युट्युबको भिडियोले मानिखेलको सिम्बा झरनामा पर्यटकको  चहलपहल

ललितपुर । दक्षिण ललितपुरको विकट पहाडी क्षेत्र महाङ्काल गाउँपालिका २, मानिखेलमा रहेको सिम्बा झरनामा केही दिनदेखी आन्तरिक पर्यटकको चहलपहल बढेको छ । मानिखेलको पनि विकट रिङ्गिनडाँडा र खावा भञ्ज्याङ बीचमा रहेको रिङ्गिनखोलाको शिरमा सातवटा झर्ना सङै अवस्थित छन् । केही दिनअघि Vmag नामक युट्युब च्यानलले झर्ना र आसपासको भिडियो खिचेर सार्वजनिक गरेपछी भिडियो हेरेर उक्त स्थानमा आन्तरिक पर्यटकहरु तानिएका छन् ।


कैलाश ट्रेकका पण्डितले टानको सचिवमा उम्मेद्वारी दिने

कैलाश ट्रेकका पण्डितले टानको सचिवमा उम्मेद्वारी दिने

काठमाडौं । ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान) को आगामी भाद्र २० गते हुने निर्वाचनमा अल्पाईन कैलाश ट्रेक प्रालिका प्रबन्ध निर्देशक प्रदिप पण्डितले सचिव पदमा उम्मेद्वारी दिने भएका छन । पण्डित गत एघार वर्षदेखि पर्यटन व्यवसायमा आवद्ध छन । अग्रज पर्यटन व्यवसायीहरुको सल्लाह र युवा पर्यटन व्यवसायी साथीहरुले पनि टानमा जान दिएको सल्लाहलाई ध्यानमा राखेर सचिव पदमा उम्मेदवारी दिने सोच वनाएको उनले बताए ।


पाँचपोखरी क्षेत्रमा प्याराग्लाइडिङक

पाँचपोखरी क्षेत्रमा प्याराग्लाइडिङक

नेपाल सरकारको एक सय गन्तब्य भित्र रहेको सिन्धुपाल्चोकको प्रसिद्ध धार्मिक तथा पर्यटकिय महत्व बोकेको पाँचपोखरी क्षेत्रमा प्याराग्लाइडिङकमा रमाउँदै पर्यटक ।


अन्तराष्ट्रिय विमानस्थलमा पहिला भन्दा सुधार हुदैं– पर्यटनमन्त्री भट्टराई

अन्तराष्ट्रिय विमानस्थलमा पहिला भन्दा सुधार हुदैं– पर्यटनमन्त्री भट्टराई

काठमाडौं । संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईले अन्तराष्ट्रिय विमानस्थलमा पहिला भन्दा सुधार भईरहेको जानकारी दिएका छन । उनले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललाई थप सुधार गर्दै लगिने बताए । चेम्बर अफकमर्शले काठमाडौंमा आज गरेको ‘नेपालको पर्यटन क्षेत्रको प्रवद्र्धनका संभावना तथा सहजीकरणका सन्दर्भमा निजी क्षेत्रको भूमिका’ नामक कार्यक्रममा उनले अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनमा भएका सबै सुविधा हुने बताए ।


नवलपरासीको त्रिबेणीधाम

नवलपरासीको त्रिबेणीधाम

धार्मिक ,ऐतिहासिक र पर्यटकिय दृष्टिकोणले निकै महत्पुर्ण मानिने पूर्बी नवलपरासीको त्रिबेणीधाम । त्रिवेणीधामलाई गजेन्द्र मोक्ष धाम पनि भन्ने गरिन्छ । तस्वीर : पुरुषोत्तम सुबेदी, रासस ।


आरजुले जितिन मिस टुरिज्मको उपाधि

आरजुले जितिन मिस टुरिज्मको उपाधि

काठमाडौं । यस वर्षको (सन् २०१९) ‘मिस टुरिज्म’ को उपाधि विराटनगरकी आरजु पोखरेलले जितेकी छन् । १० प्रतियोगीलाई आज भएको अन्तिम प्रतिस्पर्धामा पछाडि पार्दै २१ वर्षीया पोखरेलले सो उपाधि चुमेकी हुन् । निर्णायक नेपाल एशोसिएसन अफ टूर एन्ड ट्राभल एजेन्टस (नाट्टा) का अध्यक्ष सिएन पाण्डेले सोधेको ‘नेपाल भ्रमण वर्ष २०२०’ कार्यक्रमलाई लाई सफल पार्न गर्नुपर्ने प्रमुख तीन कामहरु के–के हुन् ? भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिँदै पोखरेलले उपाधि जित्न सफल भएकी हुन । उपाधिसँगै उहाँले रु ५० हजार नगद प्राप्त गर्नुका साथै पर्यटन क्षेत्रमा विभिन्न अवसर पाउने भएकी छन ।


तिलिचोभन्दा पनि अग्लो ठाउँमा भेटियो अर्को ताल

तिलिचोभन्दा पनि अग्लो ठाउँमा भेटियो अर्को ताल

काठमाडौं। पर्यटन प्रवद्र्धन गर्न के गर्न सकिन्छ भनेर मनाङको चामे गाउँपालिका अध्यक्ष लोकेन्द्र घलेसहित पदाधिकारी र कर्मचारीबीच छलफल चल्यो । उनीहरुले गाउँपालिकाका विभिन्न ठाउँमा गुगल म्याप हेरे । गुगलमा लमजुङ कैलाश ९लमजुङ हिमाल० बेसक्याप नजिकै एउटा कुण्ड देखे । गुगल म्यापमा तालको नाम ‘कजिन सारा लेक’ लेखिएको थियो । घलेले गाउँका बुढापाकासँग सोधे ।


Ad
Ad
Ad
Ad
Ad
Ad