Namaste Icon
Ad
Ad

पर्यटन

Ad

आहा ! तिलीचो बेस क्याम्प

आहा ! तिलीचो बेस क्याम्प

विश्वकै अग्लो उचाईमा रहेको मनाङको खङ्सर गाविसमा पर्ने तिलीचो ताल र तिलीचो बेस क्याम्पका केहि तस्विरहरु ।


सात तला र एक सय ५० कोठा भएको गुफा

सात तला र एक सय ५० कोठा भएको गुफा

मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङस्थित सात तला र एक सय ५० कोठा भएको गुफा पर्यटकको पर्खाइमा ।


नेपाल भ्रमण गर्ने चिनियाँ बढे

नेपाल भ्रमण गर्ने चिनियाँ बढे

काठमाडौं । नेपाल भ्रमणमा आउने चिनियाँ पर्यटकको सङ्ख्या बढेको छ । सन् २०१९ को अक्टोबर महिनामा मात्रै चीनबाट १५ हजार ३७ चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेको नेपाल पर्यटन बोर्डले जनाएको छ । यो सङ्ख्या गत वर्ष सोही अवधिको तुलनामा ११.५ प्रतिशत बढी हो । बोर्डको तथ्यांकअनुसार सन् २०१८ मा १२ लाख हाराहारीमा विदेशी पर्यटक नेपाल आएका थिए । उक्त अवधिमा चीनबाट एक लाख ६० हजार पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०१९ को अक्टोबरमा भारतबाट १२ हजार ७०६ पर्यटक नेपाल आएका छन् । यो सङ्ख्या अघिल्लो वर्ष सोही अवधिको तुलनामा नौ प्रतिशतले बढी हो ।


लभ्लिहिलमा आन्तरिक पर्यटक

लभ्लिहिलमा आन्तरिक पर्यटक

म्याग्दीको बेनी नगरपालिका–२ मा अवस्थित पर्यटकीय स्थल लभ्लिहिलमा तस्बिर खिचाउँदै आन्तरिक पर्यटक । पछिल्लो समय लभ्लिहिल पर्यटकको रोजाईमा पर्दै गएको छ । तस्वीर : कमल खत्री, रासस ।


पर्यटकलाई आकर्षित गर्न होमस्टे तालीम

पर्यटकलाई आकर्षित गर्न होमस्टे तालीम

म्याग्दी । जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको भ्रमणमा आउने पर्यटकलाई आकर्षित गर्न नारच्याङमा आधारभूत घरबास (होमस्टे) तथा पर्यटन प्रवद्र्धन तालीम प्रदान गरिएको छ । अन्नपूर्ण युवा क्लबको आयोजना तथा मिस्त्रीखोला जलविद्युत् आयोजना वातावरण एकाइको आर्थिक सहयोगमा तीनदिने तालीम सञ्चालन गरिएको थियो । ग्रामीण पर्यटनमा होमस्टेको महत्व तथा विभिन्न किसिमका परिकार बनाउन सहयोग पुर्याउने उद्देश्यले आयोजना गरिएको तालीममा वडाध्यक्ष चन्द्रप्रसाद फगामीले नारच्याङको पर्यटन विकासमा होमस्टेको आवश्यकता रहेको बताए ।


प्रचार प्रसार अभावमा बाह्य पर्यटकको आवागमन शुन्य

प्रचार प्रसार अभावमा बाह्य पर्यटकको आवागमन शुन्य

प्रेमराज जोशी, दार्चुला । जिल्लाको दुहुँ गाउँपालिकाका प्रमुख पर्यटकीय स्थलहरुको पर्याप्त प्रचार प्रसार नहुँदा वाह्य पर्यटकहरुको आवागमन हुन सकेको छैन् । जिल्लाको उत्तरी हिमाली क्षेत्रमा पर्ने दुहूँ गाउँपालिका भित्र रहेको ५ देखि ७ किलोमिटर गहिरो व्रह्मदह ताल, नेपालको नक्सा आकारमा निर्मीत करीव ५ सय मिटर लामो पासा दहताल, ३ हजार ८ सय ३८ मिटर उचाईमा रहेका शिद्धटोपी लगायतका प्रशिद्ध धार्मीक तिर्थस्थलहरुको प्रचार प्रसार हुन नसक्दा व्राह्य पर्यटकहरुको आगमन हुन नसकेको गाउँपालिकाले जनाएको छ ।


हिमालय एयरलाइन्सले बेइजिङ उडान गर्ने

हिमालय एयरलाइन्सले बेइजिङ उडान गर्ने

काठमाडौं । नेपाल र चीनको संयुक्त लगानी रहेको अन्तरराष्ट्रिय उडान भर्ने निजी वायुसेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सले आगामी कात्तिक १० गतेदेखि चीनको राजधानी बेइजिङमा सिधा उडान गर्ने भएको छ । बेइजिङस्थित नवनिर्मित डाक्सिन इन्टरनेशनल विमानस्थलमा हिमालयले उडान शुरु गर्ने सम्पूर्ण तयारी गरेको कम्पनीले जनाएको छ । ‘बेइजिङ उडानका लागि हामीले सबैखाले तयारी गरेका छौँ, एक/दुई दिनभित्रै उडानबारे सार्वजनिक गर्नेछौं’, हिमालय एयरलाइन्सका एक उच्च अधिकारीले बताए । कम्पनीले एयरबस ए–३२० जहाजबाट बेइजिङ उडान गर्नेछ । यो गन्तव्यमा सातामा तीन उडान गर्ने जनाइएको छ ।


‘वार्षिक ३५ लाख पर्यटक भित्र्याउने रणनीति बन्दैछ’

‘वार्षिक ३५ लाख पर्यटक भित्र्याउने रणनीति बन्दैछ’

सिवी अधिकारी, रासस । सरकारले आगामी दशकलाई भ्रमण वर्षका रूपमा मनाउँदै वार्षिक ३५ लाख पर्यटक भित्र्याउने योजना अघि सारेको छ । सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाएर २० लाख विदेशी पर्यटक भित्र्याउने योजनाका साथ प्रवद्र्धनात्मक कामलाई तीव्रता दिएको सरकारले भ्रमण वर्षलाई आगामी दशकको रूपमा मनाउँदै वार्षिक ३५ लाख पर्यटक भित्र्याउने योजना अघि सारेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले आगामी दशकलाई भ्रमण वर्षका रूपमा मनाएर बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउने योजनका लागि सरकारलगायत सरोकार भएका निकायसँग छलफल गरी रणनीति तय गरिने जानकारी दिए ।


ऐतिहासिक सिंजा उपत्यका

ऐतिहासिक सिंजा उपत्यका

तत्कालीन शक्तिशाली खस साम्राज्यको राजधानी मानिने ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा पुरातात्विक महत्वको बोकेको जुम्लाको सिंजा उपत्यका ।


३ दिनदेखि बन्द मनकामना केबलकार आजबाट सञ्चालनमा

३ दिनदेखि बन्द मनकामना केबलकार आजबाट सञ्चालनमा

काठमाडौं । असोज २० गतेदेखि तीन दिनका लागि बन्द गरिएको केबलकार सेवा आजदेखि सञ्चालनमा आएको छ । प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरको दर्शनका लागि मनकामना दर्शन प्रालिले सञ्चालनमा ल्याएको मनकामना केबलकार सेवा आजदेखि सञ्चालनमा आएको हो ।


Ad
Ad
Ad
Ad
Ad
Ad