Namaste Icon
Ad
Ad

पर्यटन

Ad

भ्रमण वर्ष सफल पार्न ६५ करोड माग गर्दा १० करोड छुट्याएः मन्त्री भट्टराई

भ्रमण वर्ष सफल पार्न ६५ करोड माग गर्दा १० करोड छुट्याएः मन्त्री भट्टराई

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन सबैको साथ र सहयोग आवश्यक हुने बताएका छन । नेपाल पत्रकार महासङ्घ कास्की शाखाद्वारा पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले भ्रमण वर्ष नेपालको समग्र पर्यटकीय विकासका लागि महत्वपूर्ण बन्ने विश्वास व्यक्त गरेका हुन ।


भ्रमण वर्षको उद्घाटनमा रुद्रगंगा नेचुरल वाटरले पाँच लाखको निः शुल्क पानि वितरण गर्ने

भ्रमण वर्षको उद्घाटनमा रुद्रगंगा नेचुरल वाटरले पाँच लाखको निः शुल्क पानि वितरण गर्ने

काठमाडौं । रुद्रगंगा नेचुरल वाटर प्रालिले नेपाल भ्रमण वर्षको पहिलो दिन ५ लाख बराबरको रसुवा वाटर निःशुल्क रुपमा वितरण गर्ने भएको छ । सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२०, जनवरी १ का दिन ९पुस १६ गते० त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल भित्रिने पर्यटकलाई रसुवा वाटर ९एक लिटरको बोतल० निःशुल्क रुपमा दिएर पर्यटकलाई स्वागत गर्ने रुद्रगंगा नेचुर वाटरले जनाएको छ ।


काठमाडौंमा आर्किटेक्चरल सम्मेलन हुँदै

काठमाडौंमा आर्किटेक्चरल सम्मेलन हुँदै

काठमाडौं । मुलुक पर्यटन बर्ष मनाउने अन्तिम तयारीमा जुटिरहेका बेला काठमाडौं बृहत राष्ट्रिय सम्मेलन सुरु हुने भएको छ । सोसाईटी अफ नेप्लिज आर्किटेक्ट (सोना)को आयोजनामा शुक्रबारदेखि काठमाडौंको ठमेलस्थित एलप्mट होटल सुरु हुने सम्मेलनमा देशभरका पाँचसय भन्दा बढीको सहभागिता हुँदैछ । सोनाका महासचिव सुरज खनालका अनुसार नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै ‘आर्किटेक्चरल रेस्पोन्सेस टू टूरिजम इन नेपाल’ भन्ने एजेण्डासहितको सम्मेलन आयोजना गर्न लागिएको हो ।


चौघरेबाट देखिएको सुन्दर गौरीशंकर

चौघरेबाट देखिएको सुन्दर गौरीशंकर

ललितपुरको कोञ्ज्योसोम गाउँपालिका १ चौघरेबाट देखिएको सुन्दर गौरीशंकर हिमाल ।फोटो : सन्तोष दहाल, दर्पण दैनिक


टान र भ्रमण बर्ष सचिवालयबीच सम्झौता

टान र भ्रमण बर्ष सचिवालयबीच सम्झौता

काठमाडौं । ट्रेकिङ्ग एजेन्सिज एसोसिएसन अफ नेपाल ९टान० र नेपाल भ्रमण बर्ष २०२० सचिवालयबीच दुई पक्षिय समझदारी भएको छ । उक्त ११ बुादा समझदारी पत्रमा पहिलो पक्षबाट भ्रमण बर्ष २०२० का राष्ट्रिय संयोजक सुरज वैद्य र दोश्रो पक्षबाट टानका अध्यक्ष खुमबहादुर सुवेदीले हस्ताक्ष गरे । सम्झौताको प्रमुख उद्देश्य नेपाल भ्रमण वर्ष २०२० लाई राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रवद्र्धन गरी भ्रमण वर्षलाई सफल बनाउन विभिन्न कार्यक्रमहरु आयोजना तथा संचालन गर्ने रहेको छ । टान अध्यक्ष खुम बहादुर सुवेदीले स्वागत मन्तव्य दिादै भ्रमण बर्ष नजिकिदै गर्दा टानले भ्रमण बर्षलाई सफल पार्न गर्दै आएका कामहरुको जानकारी गराए ।


घोडाघोडी महोत्सव हुदैं, ब्यावसायिक बिकास र पर्यटन प्रबर्द्धनमा जोड

घोडाघोडी महोत्सव हुदैं, ब्यावसायिक बिकास र पर्यटन प्रबर्द्धनमा जोड

गोविन्द बीसी, बौनिया । ब्यवसायिक क्षेत्रको बिकास र पर्यटन प्रबर्द्धन गर्ने लक्ष्य सहित घोडाघोडी महोत्सव आयोजना हुने भएको छ । कैलालीको सुखडमा आगामी माघ २ देखी माघ १२ गतेसम्म घोडाघोडी साङ्गीतिक तथा पर्यटन महोत्सव एवम् व्यापार मेला २०७६ हुने भएको हो । घोडाघोडी मिडिया सञ्चार समूहको आयोजनामा महोत्सव हुन लागेको सोमबार पत्रकार सम्मेलन मार्फत जानकारी गरिएको छ ।


पर्यटन बोर्डको सिइओको लागि आबेदन खुल्यो

पर्यटन बोर्डको सिइओको लागि आबेदन खुल्यो

काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ)का लागि आवेदन खुला भएको छ। अहिले कार्यकारी रहेका दिपकराज जोशीको कार्यकाल सकिन लागेपछि नयाँ सिइओ छनौटको प्रक्रिया अघि बढेको हो।


'पर्यटन बोर्डमा भोटेताल्चा लाउने चेतावनी'

'पर्यटन बोर्डमा भोटेताल्चा लाउने चेतावनी'

काठमाडौं । नेपालमा संचालित होमस्टेलाई करको दायरामा ल्याउनुपर्ने आवाज उठेको छ । पर्यटन क्षेत्रको श्रमिक संगठन यूनिट्राभद्धारा काठमाडौंमा आयोजित सोसियल डाइलगमा नेपाल ट्रेड यूनियन महासंघ जिफन्टका महासचिव जनक चौधरीले होमस्टेलाई अनिवार्य करको दायरामा ल्याउनुपर्ने बताउनुभएको छ । चौधरीले भन्नुभयो, ‘वर्षेनी पर्यटकको आगमन बढ्ने तर पर्यटन क्षेत्रको आम्दानी घट्दोक्रममा देखिएको छ । होमस्टेलाई करको दायरामा ल्याउनसके वास्तविक आम्दानीको तथ्याँक राज्यसँग हुनेछ ।’


धार्मीक एबं पर्यटकीय महत्वको रानीकोट्टा, कसरी पुग्न सकिन्छ ?

धार्मीक एबं पर्यटकीय महत्वको रानीकोट्टा, कसरी पुग्न सकिन्छ ?

विरादत्त भट्ट, दार्चुला । दार्चुला जिल्लाको उत्तर पश्चिमी क्षेत्र ब्यास गाउँपालिकामा पर्ने रानिकोट्टा धार्मीक एबं पर्यटकीय हिसाबले महत्वपुर्ण क्षेत्र रहेको छ । ब्यास गाउँपालिकाको वडा नं ३ क्षेत्रमा पर्ने रानीकोट्टा भगवान शिव र पार्वतीको बसोबास संग जोडीएको स्थानका रुपमा रहेको बताइएको छ । भगवान शिव र पार्वती पृथ्वी लोकमा घुम्न आएका बेला भगवान शिवलाई झुक्याउनका लागी पार्वर्ती लुकेको ठाउँ भनेर रानिकोट्टा क्षेत्र परिचित रहेको स्थानिय पत्रकार मान सिहँ कुवरको भनाई छ ।


‘नेपाल भ्रमण वर्ष–२०२० को भव्य शुभारम्भ हुन्छ’

‘नेपाल भ्रमण वर्ष–२०२० को भव्य शुभारम्भ हुन्छ’

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष–२०२० भव्य रुपमा सफल हुने विश्वास दिलाएका छन् । सोहीअनुसार आफूहरुले तयारी गरेका ेपनि उनले स्पष्ट पारेका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले सरकारले भ्रमण वर्ष सफल बनाउनेगरि कार्यक्रम सञ्चालन गरिरहेको सुनाए । उनले विगतमा ५÷६ महिना मन्त्रालय राजनीतिक नेतृत्वविहीन भएकोले भ्रमण वर्षको तयारीमा केही ढिलाई भएपनि अहिले काम द्रुत गतिमा अघि बढिरहेको स्पष्ट पारे । उनले भने,‘म आएपछि भ्रमण वर्ष सफल तुल्याउनको लगातार छलफल गरेको छु, यससँग सरोकारवालाहरुसँग पनि धेरै पटक छलफल तथा अन्तरक्रिया गरेको छु ।’


Ad
Ad
Ad
Ad
Ad
Ad