# भर्खरै
Namaste Icon
Ad
Ad

बैंक

मेगा बैंकमा अब फोनबाटै २ लाख सम्मको कर्जा सुविधा

मेगा बैंकमा अब फोनबाटै २ लाख सम्मको कर्जा सुविधा

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले आफ्ना ग्राहकहरुको सुविधाका लागि स्मार्ट फोनबाटै तत्कालै प्राप्त गर्न सकिने कर्जा सुविधा ल्याएको छ । आफ्ना ग्राहकहरुलाई आवश्यक रकम तत्कालै उपलब्ध गराउने हेतुले मेगा बैंकले एफ वन सफ्ट इन्टरनेसनल प्रा.लि. सँगको सहकार्यमा यो कर्जा सुविधा ल्याएको हो । यस सुविधामार्फत मेगा बैंक नेपाल लिमिटेडमा आफ्नो मासिक तलब खाता भएका विभिन्न संघ संस्था तथा कम्पनीका कर्मचारीहरुले ३० दिनसम्मका लागि अधिकतम २ लाख रुपैंया उपभोग गर्न सक्नेछन् ।


बैंक तथा वित्तीय संस्था सोमबारदेखि पूर्ण रूपमा सञ्चालन आउने

बैंक तथा वित्तीय संस्था सोमबारदेखि पूर्ण रूपमा सञ्चालन आउने

काठमाडौं । कोरोना सङ्क्रमणले गर्दा झन्डै दुई महिना बन्द भएको बैङ्क तथा वित्तीय संस्थाको सेवा असार ७ गते सोमबारदेखि पूर्ण रूपमा सञ्चालनमा आउने भएको छ । नेपाल बैंकर्स सङ्घको बिहीबार सम्पन्न कार्यसमितिको बैठकमा सबै खाले बैङकिङ कारोबार खुला गर्ने सहमति भएको होे ।


सामाजिक सुरक्षा भत्ता लिन वैंक खाता अनिवार्य

सामाजिक सुरक्षा भत्ता  लिन वैंक खाता अनिवार्य

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सामाजिक सुरक्षा भत्ता बैंकिङ्ग प्रणालीबाट मात्र वितरण गर्न, गराउन सवै स्थानीय तहलाई निर्देशन दिएको छ । मन्त्रालयको यो निर्देशन सँगै अब वृद्ध भत्ता लगायतका सवै प्रकारका सामाजिक सुरक्षा भत्ता बुझ्न लाभग्राहीले अनिवार्य वैंकमा खाता खोल्नु पर्ने भएको छ ।


सिभिल बैंकको सीईओमा सुनिल पोखरेल

सिभिल बैंकको सीईओमा सुनिल पोखरेल

काठमाडाैं । सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुनिल पोखरेल नियुक्त भएका छन । गोविन्द गुरुङले राजीनामा दिएपछि निमित्त सीईओ भएर काम गर्दै आएका उनलाई सीईओ नियुक्त गरिएको हो ।


निषेधाज्ञामा काठमाडौं उपत्यका भित्र सिद्धार्थ बैंकका यी शाखा खुल्ने (सुचिसहित)

निषेधाज्ञामा काठमाडौं उपत्यका भित्र सिद्धार्थ बैंकका यी शाखा खुल्ने (सुचिसहित)

काठमाडौं । दोस्रो लहरको कोरोना भाइरस सङ्क्रमणको नियन्त्रणका लागि काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि लागू भएको निषेधाज्ञा जेठ ३१ गतेसम्म थपिएको छ । यस अवधिमा वाणिज्य बैंकले काठमाडौंमा प्रधान कार्यालय र ३ वटा शाखा खोल्न पाउनेछन् । योसँगै बैंकहरूले निषेधाज्ञा अवधिभर खुला हुने शाखाहरु सार्वजनिक गरेका छन् ।


प्राईम कमर्शियल बैंकको अध्यक्षमा राजेन्द्र दास श्रेष्ठ

प्राईम कमर्शियल बैंकको अध्यक्षमा राजेन्द्र दास श्रेष्ठ

काठमाडौं । प्राइम कमर्सियल बैंकको सञ्चालक समितिको अध्यक्षमा राजेन्द्र दास श्रेष्ठ अध्यक्षमा चयन भएका छन् । उनी ३६६ औं बैठकले सञ्चालक राजेन्द्र दास श्रेष्ठलाई २ (दुई) वर्षको पदावधि कायम गरी सञ्चालक समितिको अध्यक्षमा चयन गरेको हो । बैंकले एक विज्ञप्ति जारी गरे अनुसार बैंकको सञ्चालक समितिको मिति २०७६ साल जेष्ठ २७ गते – तदनुसार १० जुन, २०१९) बसेको बैठकले यस्तो निर्णय गरेको जनाएको छ ।


सिटिजन्स बैकसंग सिर्जना फाइनान्स गाभिने सम्झौता

सिटिजन्स बैकसंग सिर्जना फाइनान्स गाभिने सम्झौता

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले सिर्जना फाइनान्सलाई प्राप्ति गर्न अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । बैंक सञ्चालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक प्रवलजंग पाण्डे र सिर्जना फाइनान्सका सुवास आचार्यले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन । आ–आफ्नो विशेष साधारणसभाबाट प्राप्ति सम्बन्धी विशेष प्रस्ताव पारित गरी नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृति पछि एकीकृत कारोबार सुरु गरिने छ ।


निषेधाज्ञाभर मुद्दती खाता नवीकरण इमेलबाटै हुने

निषेधाज्ञाभर मुद्दती खाता नवीकरण इमेलबाटै हुने

काठमाडौं । वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघले निषेधाज्ञाभर इमेलबाटै मुद्दती खाता नवीकरण गर्न सकिने जनाएको छ। इमेल गर्न नसकेको ग्राहकहरूले निषेधाज्ञा हटेको ७ दिनभित्र नवीकरण गर्न सकिने व्यवस्था गरिएको छ । निषेधाज्ञामा परिपक्व भएका मुद्दती खाता निषेधाज्ञा हटेपछि पनि परिपक्व भएकै मितिलाई आधार गणना गरेर नवीकरण गर्न सकिने छ ।


५० हजार भन्दा तलको रकम लिएर बैंकमा नआउन आग्रह

५० हजार भन्दा तलको रकम लिएर बैंकमा नआउन आग्रह

काठमाडौं । कोरोना संक्रमण तीव्र रुपमा फैलिएपछि डेभलपमेण्ट बैंक एशोसियसन नेपालले आफ्ना सेवाग्राहीलाई साना निक्षेपहरु लिएर बैंकमा नआउन आग्रह गरेको छ । एशोसियसनले ५० हजार भन्दा तलको रकम जम्मा गर्न बैंक नआउन आग्रह गरेको हो । एशोसियसनले अक्सिजन, आइसीयु, भेन्टिलेटर र अस्पतालमा उपचारका लागि बेड नपाउने अवस्था रहेको भन्दै अधिकतमरुपमा डिजिटल बैंकिङको प्रयोग गर्न भनेको छ ।


नेपाल इन्भेष्टमेन्ट र हिमालयन बैंकबीच मर्जर सम्झौता, सबैभन्दा बढी चुक्ता पुँजी भएको बैंक बन्ने

नेपाल इन्भेष्टमेन्ट र हिमालयन बैंकबीच मर्जर सम्झौता, सबैभन्दा बढी चुक्ता पुँजी भएको बैंक बन्ने

काठमाडौं । दुई ठूला वाणिज्य बैंकहरू– नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकले आज आपसमा गाभिने (मर्जर) सम्झौता गरेका छन् । बैंक तथा वित्तीय संस्थाको नियामक निकाय, नेपाल राष्ट्र बैंक वित्तीय सबलीकरणको उद्देश्यमा सहयोग पुर्‍याउनेगरी गाभ्न/गाभिन प्रारम्भिक सम्झौता भएको इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले बताए । बैंकमा लगानीको प्रतिफल दर (रिटर्न अन इक्विटी) १६ प्रतिशतभन्दा कम भएदेखि नै पाँडे आफू न्यून प्रतिफलको बैंकमा मात्र केन्द्रित भएर नबस्ने बताउँदै आएका थिए । यस आर्थिक वर्षको चैत मसान्तसम्मको वित्तीय विवरण अनुसार हिमालयन बैंकको रिटर्न अन इक्विटी १०.०५ प्रतिशत र नेपाल इन्भेष्टमेन्ट बैंकको १३.८ प्रतिशत छ ।


Ad