Namaste Icon
Ad
Ad

बैंक

Ad

महाप्रसाद अधिकारी राष्ट्र बैंकको १७ औं गभर्नर नियुक्त

महाप्रसाद अधिकारी राष्ट्र बैंकको १७ औं गभर्नर नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गरिएको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले अधिकारीलाई राष्ट्र बैंकको १७ औं गभर्नरको रुपमा नियुक्त गर्ने निर्णय गरेको हो ।


कोरोनाको रोकथाम तथा नियन्त्रणको लागि नेपाल बैंकले सातै प्रदेशमा ५/५ लाख सहयोग दिने

कोरोनाको रोकथाम तथा नियन्त्रणको लागि नेपाल बैंकले सातै प्रदेशमा ५/५ लाख सहयोग दिने

काठमाडौँ । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले समग्र विश्वलाई नै प्रभावित पारिरहेको मानवीय विपतको घडीमा सरकारलाई साथ दिनुपर्ने भन्दै नेपाल बैंक लिमिटेडले सातै प्रदेशका सरकारले स्थापना गरेको कोरोनाको रोकथाम तथा नियन्त्रण कोषमा ५/५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।


विद्युतीय भुक्तानीको सीमा बढ्यो

विद्युतीय भुक्तानीको सीमा बढ्यो

काठमाडौ । नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानीको सीमा बढाएको छ । राष्ट्र बैंकले आइतबार निर्देशन मार्फत विद्युतीय भुक्तानीको सिमा बढाएको जनाएको छ । राष्ट्र बैंकको निर्देशन अनुसार मोवाइल बैंकिङ वा कोड मार्फत भुक्तानी गर्दा १ दिनको सिमा १ लाख र महिनाको सिमा १० लाख रुपैयाँ पु¥याइएको छ । यस्तै इन्टरनेट बैंकिङ (मर्चेन्ट) मार्फत एक दिनमा १० लाख र एक महिनामा ३० लाख रुपैयाँसम्म भुक्तानी गर्न पाइने भएको छ ।


कारोना न्युनिकरणका लागि आईसी एशियाका डिजिटल सेवाहरू निःशुल्क

कारोना न्युनिकरणका लागि आईसी एशियाका डिजिटल सेवाहरू निःशुल्क

काठमाडौं । कोरोना भाइरस महामारीको जोखिम न्यूनिकरणका लागि नेपाल सरकारले गरेको रोकथाम तथा नियन्त्रणको प्रयासलाई टेवा पु¥याउने उद्देश्यले एनआईसी एशिया बैंक लिमिटेडले इन्टरनेट तथा मोबाइल बैंकिङ्ग लगायतका विद्युतिय माध्यमबाट गरिने भुक्तानीका सबै सेवाहरू निःशुल्क गरेको छ । विश्वभरि नै तिब्र रुपमा फैलिरहेको यस भाइरसको जोखिम कम गर्न अहिले विभिन्न देशहरुले युद्धस्तरमा अनेक सावधानीका उपायहरु अपनाएका छन् । विश्व स्वास्थ्य संगठनले नेपाललाई पनि कोरोना भाइरसको संक्रमणको दृष्टिकोणले जोखिमपूर्ण राष्ट्रको रुपमा सूचिकृत गर्दै सतर्क रहन निर्देशन दिएको छ ।


मेगा बैंकद्धारा दृष्टिविहीन विद्यार्थीलाई शैक्षिक सामाग्री र कम्प्युटर सहयोग

मेगा बैंकद्धारा दृष्टिविहीन विद्यार्थीलाई शैक्षिक सामाग्री र कम्प्युटर सहयोग

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले काभ्रेका दृष्टिविहीन विद्यार्थीहरुलाई शैक्षिक सामाग्री र कम्प्युटर सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत मेगा बैंकले सपोर्ट टु फेलोशिप सोसाइटी नेपाल संस्थामार्फत काभ्रेको धुलिखेलस्थित सञ्जीवनी माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीहरुलाई शैक्षिक सामाग्री र कम्प्युटर प्रदान गरेको हो ।


मेगा बैंकका ग्राहकलाई घरमै नर्सिङ सेवा

मेगा बैंकका ग्राहकलाई घरमै नर्सिङ सेवा

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुलाई शुलभ हेल्थ होमले विशेष छुटका साथ घरमै नर्सिङ सेवा दिने भएको छ । मेगा बैंक नेपाल लिमिटेडसँग भएको सम्झौता अनुसार, शुलभ हेल्थ होमले विशेष छुट र सुविधासहित घरघरमै नर्सिङ सेवा प्रदान गर्ने सहमति भएको हो ।


एनआईसीका ग्राहकलाई गोकर्ण रिसोर्टमा छुट

एनआईसीका ग्राहकलाई गोकर्ण रिसोर्टमा छुट

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडका ग्राहक महानुभावहरूलाई काठमाडौंस्थित गोकर्ण फरेष्ट रिसोर्टका विभिन्न सेवामा १५% सम्म छुट उपलब्ध गराउने गरी बैंक र रिसोर्टबीच समझदारी भएको छ । यो योजना एक वर्षको लागि लागू हुने सम्बन्धमा बैंक र रिसोर्टको बीचमा समझदारी भएको छ ।


कुमारी बैंक र टेस्ला डायगनोस्टिकबीच सम्झौता

कुमारी बैंक र टेस्ला डायगनोस्टिकबीच सम्झौता

आफ्ना ग्राहकहरुलाई स्वदेशमै गुणस्तरीय स्वास्थोपचारमा सहुलियत दिने उद्देश्यले कुमारी बैंक लिमिटेड र बालुवाटारस्थित टेस्ला डायगनोष्टिक क्लिनिकका बीच स्वास्थ्य सेवामा छुट सम्बन्धी सम्झौता भएको छ । कुमारी बैंकका नायब प्रमुख कार्यकारी अधिकृत राजीव गिरीज्यू र टेस्ला डायगनोष्टिक क्लिनिकका प्रमुख कार्यकारी अधिकृत रिंकु श्रेष्ठले हस्ताक्षर गरे ।


मेगा बैंकद्धारा महिला उद्यमीलाई प्रशिक्षण

मेगा बैंकद्धारा महिला उद्यमीलाई प्रशिक्षण

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले धरानमा महिला उद्यमीहरुलाई वित्तीय साक्षरता तथा ब्याज अनुदान महिला उद्यमशिल कर्जा सम्बन्धी प्रशिक्षण कार्यक्रम गरेको छ । साना तथा मझौला उद्यमी महासंघसँग आबद्ध महिला उद्यमीहरुलाई बैंकले सुनसरीको धरानमा वित्तीय साक्षरता तथा ब्याज अनुदान महिला उद्यमशिल कर्जाका बारेमा प्रशिक्षण कार्यक्रम गरेको हो ।


एनआईसीका ग्राहकलाई अकामा होटलमा छुट

एनआईसीका ग्राहकलाई अकामा होटलमा छुट

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडका ग्राहकहरूलाई काठमाडौं धुम्बाराहीस्थित अकामा होटलको सेवा शुल्कमा २० प्रतिशत छुट प्रदान गर्न बैंक र होटलबीच समझदारी भएको छ । एक कार्यक्रमका बीच बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी तथा होटलको तर्फबाट महाप्रबन्धक राजु श्रेष्ठले समझदारीपत्र आदान प्रदान गरे ।


Ad
Ad
Ad
Ad
Ad
Ad