Namaste Icon
Ad
Ad

बैंक

Ad

मेगा बैंकद्धारा धरानमा विद्यार्थीलाई वित्तीय साक्षरता

मेगा बैंकद्धारा धरानमा विद्यार्थीलाई वित्तीय साक्षरता

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले धरानमा विद्यार्थीहरुलाई लक्षित गरी वित्तीय साक्षरता कार्यक्रम गरेको छ । सामाजिक संस्थागत उत्तरदायित्व अन्तरगत मेगा बैंकले सुनसरीको धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई वित्तीय साक्षरता कार्यक्रम गरेको हो ।


खोकनामा सनराइजको काउन्टर

खोकनामा सनराइजको काउन्टर

काठमाडौं । सनराइज बैंकले देशका विभिन्न भागमा शाखा सञ्चालन गर्दै आइरहेको छ । यसैक्रममा ललितपुरको खोकनामा ९औँ एक्सटेन्सन काउन्टरको सञ्चालनमा ल्याएको छ । ललितपुर महानगरपालिकाका वडा २१ का अध्यक्ष रवीन्द्र मर्हजनले र बैंकका नायब प्रमुख कार्यकारी अधिकृत आशा राणा अधिकारीले संयुक्तरूपमा उद्घाटन गरे ।


प्रभु बैंकको प्रभु गुडलक सेभिङ निक्षेप योजना

प्रभु बैंकको प्रभु गुडलक सेभिङ  निक्षेप योजना

काठमाडौं । प्रभु बैंक लिमिटेडले विभिन्न कलेज अध्ययनरत विद्यार्थीहरु तथा कर्मचारीहरुलाई लक्षित गर्दै आकर्षक सेवा सुविधा सहित प्रभु गुडलक सेभिङ नामक नयाँ निक्षेप योजना सञ्चालनमा ल्याएको छ । शुन्य मौजदातमा खाता खोल्न सकिने प्रभु गुडलक सेभिङ खाता खोल्नासाथै उक्त खातामा बैंकको तर्पmबाट १ सय रुपैयाँ जम्मा गरिदिने व्यवस्था मिलाईएको छ । प्रभु गुडलक सेभिङ योजना अन्तर्गत खाता खोल्ने खाता धनीहरुलाई वार्षिक ६ दशमलव ५ प्रतिशत ब्याज, डिम्याट खाता, मेरो शेयर अनलाइन सेवा, डेबिट कार्ड, अन्तरशाखा कारोबार, इन्टरनेट बैंकिङ्ग, मोवाइल बैकिङ्ग लगायतका सेवाहरु निःशुल्क रुपमा उपलब्ध हुनेछन् ।


बिओके स्मार्टको टपअपमा नगद फिर्ता योजना

बिओके स्मार्टको टपअपमा नगद फिर्ता योजना

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो २५औँ वर्ष पूरा गरेको उपलक्ष्यमा ग्राहकको आवश्यकता तथा ग्राहक वर्गको उच्चतम लाभ लाई मध्यनजर गर्दै बिओके स्र्माट मार्फत नेपाल टेलिकम तथा एनसेलको प्रिपेड र पोष्टपेड मोबाइलमा टपअप गर्दा ग्राहकले कारोबार रकमको २५ प्रतिशत नगद फिर्ता पाउने योजना सार्वजनिक गरेको छ ।


मेगा बैंकद्धारा सेनालाई वित्तीय साक्षरता

मेगा बैंकद्धारा सेनालाई वित्तीय साक्षरता

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले कञ्चनपुरमा नेपाली सेनालाई वित्तीय साक्षरता कार्यक्रम गरेको छ । कञ्चनपुरको महेन्द्रनगरस्थित देवीदल गणमा कार्यरत नेपाली सेनाका बिभिन्न दर्जालाई बैंकले वित्तीय साक्षरता कार्यक्रम गरेको हो । मेगा बैंक महेन्द्रनगर शाखाबाट आयोजित कार्यक्रममा शाखा प्रबन्धक सन्जोग भट्ट लगायतले मेगा बैंकका सेवा, सुविधा, बचत गर्ने तरिका र लाभ, कर्जा प्रक्रिया, दैनिक जीवनमा बैंकको महत्वका साथै वित्तीय साक्षरता र वित्तीय जागरण, आर्थिक समृद्धिका लागि बैैंकिङ सेवाको महत्व लगायतका विषयमा जानकारी गराए ।


बिओके स्र्माटको टपअपमा नगद फिर्ता योजना

बिओके स्र्माटको टपअपमा नगद फिर्ता योजना

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो २५औं वर्ष पूरा गरेको उपलक्ष्यमा ग्राहकको आवश्यकता तथा ग्राहक वर्गको उच्चतम लाभ लाई मध्यनजर गर्दै बिओके स्र्माट मार्फत नेपाल टेलिकम तथा एनसेलको प्रिपेड र पोष्टपेड मोबाइलमा टपअप गर्दा ग्राहक महानुभावहरुले कारोबार रकमको २५ प्रतिशत नगद फिर्ता पाउने योजना सार्वजनिक गरेको छ । ग्राहकले नगद फिर्ता योजनाको सदुपयोगको लागि बिओके स्र्माटबाट गरिने पहिलो कारोबार अन्र्तगत पहिलो टपअप कारोबारमा गर्नुपर्ने छ ।


एनआईसी एशियाका ग्राहकलाई सोनी ब्राभिया टिभि खरिदमा विशेष छुट

एनआईसी एशियाका ग्राहकलाई सोनी ब्राभिया टिभि खरिदमा विशेष छुट

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेड र नेपा हिमा ट्रेड लिंक प्रालिबीच बैंकका ग्राहकलाई सोनीका आउटलेटहरू तथा केही आधिकारिक विक्रेताहरूबाट सोनी ब्राभिया टेलिभिजनको खरिदमा छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतामा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र कम्पनीका तर्फबाट कार्यकारी निर्देशक राजेश तुलाधरले हस्ताक्षर गरे । उक्त सम्झौता अनुसार बैंकका ग्राहकले बैंकको डेबिट÷क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग सेवा बैंकको आफ्नै पस र क्युआर कोड प्रयोग गरि सोनी ब्राभियाका उपरोक्त विभिन्न मोडलहरूको टेलिभिजन खरिद गर्दा प्रत्येक खरिदमा १० प्रतिशत वा अधिकतम २ हजार रुपैयाँ सम्म छुट प्राप्त गर्न सक्नेछन । यो योजना २०७६ फागुन १२ गतेदेखि २९ गतेसम्म लागू हुनेछ । बैंकका ग्राहक महानुभावहरूको अधिकतम लाभका लागि यो योजना ल्याइएको हो ।


बैंक अफ काठमाण्डूले ल्यायो ‘बिओके सहज बचत खाता’, २५ रुपैयाँ मै खाता खोल्न सकिने

बैंक अफ काठमाण्डूले ल्यायो ‘बिओके सहज बचत खाता’, २५ रुपैयाँ मै खाता खोल्न सकिने

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो २५औं वर्ष पूरा गरेको उपलक्ष्यमा ग्राहकको आवश्यकता तथा ग्राहक वर्गको उच्चतम लाभ लाई मध्यनजर गर्दै ‘बिओके सहज बचत खाता’ सार्वजनिक गरेको छ । ग्राहकसगंको २५ वर्षसम्म निरन्तर सहयात्राको शुभ अवसरमा सौगात स्वरुप बैंकले उक्त खाता संचालनमा ल्याएको छ ।


एनआईसीको न्यू सुपर चमत्कारिक मुद्धती खातामा उच्च ब्याजदर सँगै २१ लाख सम्मको बीमा सुविधा

एनआईसीको न्यू सुपर चमत्कारिक मुद्धती खातामा उच्च ब्याजदर सँगै २१ लाख सम्मको बीमा सुविधा

काठमाडौं । एनआईसी एशिया बैंकले न्यू सुपर चमत्कारिक मुद्धती निक्षेप योजनामा उच्च ब्याजको साथै २१ लाख रुपैयाँसम्मको अतुलनीय बीमा सुविधा प्रदान गर्दै आइरहेको छ । सामान्यतया मुद्धती खाता भन्नाले ग्राहकले निक्षेप गरेको रकममा आकर्षक ब्याजदर पाइन्छ भन्ने बुझाई भएपनि बैंकको न्यू सुपर चमत्कारिक मुद्धती निक्षेप खातामा सर्वाधिक उच्च ब्याजमात्रै उपलब्ध नभई बीमा सुविधा समेत दिएको छ ।


एनएमबि बैंकले ल्यायो तलब खाता योजना

एनएमबि बैंकले ल्यायो तलब खाता योजना

काठमाडौं । एनएमबि बैंकले ‘एनएमबि तलब खाता’ र ‘एनएमबि सुपर तलब खाता’ मा परिष्कृत विविधताका साथ नयाँ खाता योजनाहरु सञ्चालनमा ल्याएको छ । यस योजना अन्तर्गत खातावालहरुलाई १८ लाख सम्मको कुल वीमा सुविधा प्रदान गरिन्छ । दुई नयाँ योजनाहरु मध्ये ‘एनएमबि प्रिमियम तलब खाता’ मा ग्राहकहरुलाई १० लाख सम्मको दुर्घटना मृत्यू वीमा, १८ प्रकारका घातक रोगहरुको लागी ५ लाखसम्मको वीमा सुविधा प्रदान गरिएकोछ भने, ‘एनएमबि प्रिमियम सुपर तलबखाता’ मा ग्राहकहरुले रु. १० लाख सम्मको दुर्घटना मृत्यू वीमा, १८ प्रकारका घातक रोगहरुको लागी रु ७ लाखसम्म वीमा र रु १ लाख सम्मको स्वास्थ्य उपचार वीमाबाट लाभान्वित हुन सक्ने छन् । उल्लेखित खाताहरु शुन्य मौज्दातमै खोल्न सकिने छ ।


Ad
Ad
Ad
Ad
Ad
Ad