Namaste Icon
Ad
Ad

बैंक

Ad

जिल्ला प्रशासन कार्यालय धनुषामा प्रभु बैंकको काउण्टर

जिल्ला प्रशासन कार्यालय धनुषामा प्रभु बैंकको काउण्टर

काठमाडौं । प्रभु बैंकले सेवा विस्तार गर्ने क्रममा धनुषाको जनकपुर उपमहानगरपालिका ४ स्थित जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । धनुषास्थित जिल्ला प्रशासन कार्यलयमा स्थापित एक्स्टेन्सन काउण्टरको धनुषाका प्रमुख जिल्ला अधिकृत प्रदिपराज कडेंलले एक समारोहका बीच उद्घाट्न गरेका हुन् ।


नारी दिवसमा एनआईसी एशियाको विशेष योजना

नारी दिवसमा एनआईसी एशियाको विशेष योजना

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले अन्तर्राष्ट्रिय नारी दिवसलाई लक्षित गरी बैंकका महिला ग्राहक महानुभावहरूलाई विशेष योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत यस वर्षको नारी दिवसका दिन अर्थात फागुन २५ गते बैंकको मोबाइल बैंकिङ्ग प्रयोग गरी कारोबार गर्ने १०० जना भाग्यशाली महिलाहरूले १०० प्रतिशत वा १० हजार सम्म नगद फिर्ता प्राप्त गर्न सक्नेछन । बैंकका महिला ग्राहकले मोवाईल बैंक एपबाट मोबाइल रिचार्ज गर्दा, बिजुलीको महसुल तिर्दा, हवाई टिकट खरिद गर्दा, क्य्ुआर पेमेन्ट लगायतका भुक्तानीहरूमा यो योजना लागू हुनेछ ।


एनआईसी एशिया बैंकद्वारा विद्यालयलाई ३ लाख सहयोग

एनआईसी एशिया बैंकद्वारा विद्यालयलाई ३ लाख सहयोग

काठमाडौं । एनआईसी एशिया बैंकले सिन्धुलीको सुनकोशी गाउँपालिका वडा नं १ स्थित श्री देविस्थान माध्यमिक विद्यालयलाई फर्निचर सामग्री खरिद गर्नका लागि ३ लाख रूपैयाँ नगद सहयोग गरेको छ । मंगलबार बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले विद्यालयका प्रधानाध्यापक नारायण नेपाललाई सो रकमको चेक हस्तान्तरण गरेका हुन् । बैंकको सहयोगले विद्यालयमा अध्ययनरत ४ सय ७६ विद्यार्थीहरू लाभान्वित हुनेछन् ।


सनराइज बैंकद्धारा ट्राफिक कोनको सहयोग

सनराइज बैंकद्धारा ट्राफिक कोनको सहयोग

काठमाडौं । सन्राइज बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत देशभरका विभिन्न क्षेत्रमा सहयोग पु¥याउदै आएको छ । त्यसै क्रममा बैंकले जिल्लाट्राफिक कार्यालय कैलालीलाई ट्राफिक कोन प्रदान गरेको छ । बैंकले ट्राफिक व्यवस्थापनको सहजतालाई मध्यनजर गर्दै धनगढीको कैलाली पुलदेखि रातो पुलसम्म राख्नको लागी ४० थान कोन प्रदान गरेको हो । बैंकले आगामी दिनमा पनि देशभर विभिन्न समाजिक कार्यलाई निरन्तरता दिदैं जाने जनाएको छ ।


कृषि विकास बैंक र फोन पे बीच सम्झौता

कृषि विकास बैंक र फोन पे बीच सम्झौता

काठमाडौँ । कृषि विकास बैंक र भुक्तानी प्रणाली सञ्चालक फोन पे सर्भिस लिमिटेडबिच सम्झौता भएको छ । सम्झौतासँगै फोन पे का सम्पूर्ण सेवा कृषि विकास बैंकको मोबाईल बैंकिङ मार्फत लिन सकिनेछ भएको छ । अब कृषि विकास बैंकले बजारमा मर्चेन्ट विस्तार गर्नेछ । ग्राहकले आफ्नो मोबाईल बैंकिङ मार्फत विभिन्न प्रकारका किनमेल तथा भुक्तानी गर्न सक्नेछन् । सम्झौतापत्रमा फोनपेका तर्फबाट एफ वान सफ्ट गु्रपका अध्यक्ष विस्वास ढकाल र कृषि विकास बैंकका प्रमुख कार्याकारी अधिकृत अनिल कुमार उपाध्यायले हस्ताक्षर गरे ।


सिटिजन्स बैंकद्वारा विद्यालयलाई दश थान कम्प्युटर प्रदान

सिटिजन्स बैंकद्वारा विद्यालयलाई दश थान कम्प्युटर प्रदान

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले पाल्पा जिल्लाको रैनादेवी छहरा—४ स्थित श्री भैरव नवदीप माध्यमिक विद्यालयलाई दश थान कम्प्युटर प्रदान गरेको छ । बैंकको केन्द्रिय कार्यालय नारायणहिटी पथमा आयोजित एक कार्यक्रमका बीच उक्त कम्प्युटरहरु हस्तान्तरण गरिएको बैंकले जनाएको छ । निमुखा, गरीब र दयनीय आर्थिक अवस्था भएका बालबालिकाहरुलाई आजको बदलिँदो प्रतिस्पर्धात्मक प्राविधिक शिक्षण सिकाई गर्नका लागि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत उक्त सहयोग प्रदान गरेको जनाएको छ ।


कृषि विकास बैंकको अध्यक्षमा लक्ष्मीप्रपन्न निरौला

कृषि विकास बैंकको अध्यक्षमा लक्ष्मीप्रपन्न निरौला

काठमाडौं। कृषि विकास बैंकको अध्यक्षमा नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौला नियुक्त भएका छन् । उनलाई गत साता अर्थमन्त्रीले सञ्चालक नियुक्त गरेका भने सञ्चालक भएको केही समयपछि बसेको सञ्चालक समितिको बैठकले उनलाई अध्यक्ष नियुक्त गरेको हो । कृषि विकास बैंक सरकारको पूर्ण स्वामित्वको बैंक हो ।


एनएमबी बैंकले ल्यायो आर्कषक ‘घर कर्जा’ योजना

एनएमबी बैंकले ल्यायो आर्कषक ‘घर कर्जा’ योजना

काठमाडौं । एनएमबी बैंकले आफ्नो लोकप्रिय ‘घर कर्जा’मा परिष्कृत विविधताका साथ नयाँ योजना ल्याएको छ । बैंकले ५ वर्षसम्म स्थीर व्याजदर सहित उक्त योजना प्रस्तुत गरेको हो ।


एनआईसी रेमिटबाट निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने

एनआईसी रेमिटबाट  निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने

काठमाडौं । एनआईसी एशिया रेमिटमार्फत निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने सुविधा सञ्चालनमा ल्याएको छ । यस योजना अन्तर्गत एनआईसी एशिया बैंकका देशभर फैलिएका सम्पूर्ण शाखा र विस्तारित काउण्टरहरूबाट नेपालभरी एक ठाउँबाट अर्काे ठाउँमा सित्तैमा आन्तरिक रेमिट्यान्स रकम पठाउन सकिनेछ । उक्त योजना अनुसार फागुन १८ देखि २०७७ वैशाख १७ गतेसम्म देशभित्र रकम पठाउँदा कुनै पनि शुल्क नलाग्ने व्यवस्था बैंकले गरेको छ ।


लिम्घामा कुमारी बैंकको शाखा रहित सेवा

लिम्घामा कुमारी बैंकको शाखा रहित सेवा

काठमाडौं । कुमारी बैंक लिमिटेडले सत्यवती ४, लिम्घा, गुल्मीमा आफनो २२औं शाखा रहित बैंकिङ सेवा सुरु गरेको छ । सत्यवती गाउँपालिकाका अध्यक्ष परिश्वर ढकाल तथा बैंकका संचालक समितिका सदस्य कृष्णप्रसाद ज्ञवालीले उक्त शाखा रहित बैंकिङ्ग सेवा उद्घाटन गरे । उक्त उद्घाटन समारोहमा बैंकका डेपुटी सिइओ– उमेशसिंह भण्डारी, भिमलाल पौडेल, चेम्बर ओफ कमर्स–प्रदेश ५ का इन्र्चाज अन्य अधिकारीहरु तथा स्थानीय वासिन्दा एवं व्यवसायिक प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।


Ad
Ad
Ad
Ad
Ad
Ad