Namaste Icon
Ad
Ad

बैंक

Ad

सनराइज बैंकको ‘सन्राइज सरल एसएमईकर्जा’

सनराइज बैंकको ‘सन्राइज सरल एसएमईकर्जा’

काठमाडौं । आफूसँग ज्ञान, सीप, क्षमता र उद्यमशीलता भएका तर पूँजीको अभावले उद्यम तथा व्यवसाय सञ्चालन तथा विस्तार गर्न असमर्थ साना व्यवसायीलाई सहज तथा सरल ढङ्गले तत्कालै कर्जा उपलब्ध गराउने उद्घेश्यले सन्राइज बैंक लिमिटेडले नँया कर्जा योजना ‘सन्राइज सरल एसएमई कर्जा’ संचालनमा ल्याएको छ । उक्त योजना अन्र्तगत ग्राहकले कर्जा लिन आवश्यक सम्पूर्ण कागजात बैंकमा पेश गरेको २४ कार्य घण्टामै ग्राहकलाई कर्जा प्रवाह गरिने व्यवस्था मिलाइएको छ ।


मेगाले ल्यायो ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ्स अकाउन्ट’

मेगाले ल्यायो ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ्स अकाउन्ट’

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले ग्राहकहरुलाई ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ्स अकाउन्ट’ नामक आकर्षक बचत योजना ल्याएको छ । सरकारी, गैरसरकारी तथा निजी क्षेत्रका कर्मचारीहरुका लागि बैंकले ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ्स अकाउन्ट’ को २०२० संस्करण ल्याएको हो । न्यूनतम १ हजार रुपैंया बचत हुनुपर्ने यस खातामा ६.५ प्रतिशत ब्याज पाइनुका साथै बिभिन्न आकर्षक सुविधा तथा छुटको पनि व्यवस्था गरिएको छ । यस योजनामा ग्राहकलाई ५० हजार रुपैंयासम्मको मेडिकल बिमा गरिएको छ भने ७ लाख रुपैंयाको दुर्घटना बिमाको व्यवस्था गरिएको छ ।


मेगा बैंकद्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

मेगा बैंकद्धारा  वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले कालिकोटका विद्यार्थीहरुका लागि वित्तीय साक्षरता कार्यक्रम गरेको छ । कालिकोटको खाडाचक्र नगरपालिकाको ताडीस्थित जनजीवन माध्यमिक विद्यालयका विद्यार्थीहरुका लागि मेगा बैंकले वित्तीय साक्षरता कार्यक्रम गरेको हो ।


एनआईसी एशियाको नयाँ वेबसाइट सञ्चालनमा

एनआईसी एशियाको नयाँ वेबसाइट सञ्चालनमा

काठमाडौं । ग्राहकको रुची बमोजिम विविध ग्राहकमैत्री योगदानहरु पस्कदैं आएको एन आई सी एशिया बैंकले आफ्ना ग्राहकवर्गको सुविधालाई थप परिष्कृत गर्ने उद्देश्यको साथ डिजिटल बैंकिङ्गलाई उच्च प्राथमिकतामा राख्दै विविध सुविधायुक्त विशेषताहरुका साथ बैंककोे नयाँ वेबसाइट सार्वजनिक गरेको छ । आकर्षक शैलीको आवरण भएको नयाँ वेबसाइटमा बैंकको सेवा सुविधाकोे विवरण हेर्न चाहनेहरुको लागि अन्तरक्रियात्मक शैलीमा जानकारी प्रस्तुत गर्नुको साथै उक्त वेबसाइट नेपाली भाषामा समेत उपलब्ध गराइएको छ ।


मेगा बैंकले ल्यायो आकर्षक घर तथा गाडी कर्जा योजना

मेगा बैंकले ल्यायो आकर्षक घर तथा गाडी कर्जा योजना

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले आवास तथा सवारी साधनका लागि नयाँ आकर्षक कर्जा योजना ल्याएको छ । ‘आफ्नो घर, आफ्नै गाडी, मेगा बैंकका साथमा बढाउनुस् पाइला अगाडि’ भन्ने नाराका साथ मेगा बैंकले ‘मेगा आवास तथा सवारी साधन कर्जा योजना’ ल्याएको हो । ग्राहकहरुलाई अत्याधिक सुविधायुक्त विशेषताहरु रहेको यस नयाँ कर्जा योजनामा पहिलो घर खरिद गर्ने ग्राहकहरुलाई मुल्यांकनको ७० प्रतिशतसम्मको फाइनान्सिङको व्यवस्था गरिएको छ । यस्तै, आवास निर्माणका लागि अधिकतम १०० प्रतिशतसम्म फाइनान्सिङ सुविधाको व्यवस्था गरिएको मेगा बैंकले जनाएको छ ।


‘सिटिजन्स स्मार्ट बचतखाता’ सञ्चालनमा

‘सिटिजन्स स्मार्ट बचतखाता’ सञ्चालनमा

काठमाडौं । सर्वसाधारणलाई गुणस्तरीय सेवा तथा सुविधा दिदैं आएका यस सिटिजन्स बैंकईन्टरनेसनल लिमिटेडले युवावर्ग तथा प्रविधिमैत्री व्यक्तिहरूलाई लक्षित गर्ने अभिप्रायका साथ ‘सिटिजन्स स्मार्ट बचत खाता’ को शुभारम्भ गरेको छ । यस निक्षेप योजना अन्तर्गत व्यक्तिगत ग्राहकले यो खाता बैंकको कुनै पनि शाखा मार्फत शुन्य मौज्दातमा खोल्न पाउने छन् । यस खाता अन्तर्गत ग्राहकले निःशुल्क अन्तर शाखा कारोबार, अनलाइन कारोवार गर्न सुरक्षित थ्री डि सेक्युअर प्रविधिमा निःशुल्क दर्ता तथा निःशुल्क डिम्याट खाता खोल्न पाउने जस्ता अनेकन आकर्षक सुविधाहरु उपलब्ध छन् ।


प्रभु बैंकले थप्यो तीन शाखा

प्रभु बैंकले थप्यो तीन शाखा

काठमाडौं । प्रभु बैंकले थप शाखा सञ्जाल सहित आप्mनो बैंकिङ सेवा विस्तार गर्ने क्रममा कास्की जिल्लाको पोखरा महानगरपालिका वडा २, १३ र २६ मा एकैसाथ ३ वटा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । पोखरा महानगरपालिकाको वडा २ स्थित हरिचोक शाखा कार्यालयको बैंकका गण्डकी प्रदेश प्रमुख व्यवसाय अधिकृत शान्ती शेरचनले एक समारोहकाबीच उद्घाटन गरिन । पोखरा महानगरपालिकाको वडा १३ स्थित बाँझापाटन शाखा कार्यालयको पोखरा महानगरपालिका वडा १३ का वडाध्यक्ष लेखबहादुर तामाङ्गले र अर्घौंचोक शाखा कार्यालयको लेखनाथ उद्योग वाणिज्य संघ पोखराका अध्यक्ष बलराम ढकालले उद्घाट्न गरे ।


फेसबुक युट्युवजस्ता सामाजिक सञ्जालमार्फत विज्ञापन गर्न रोक

फेसबुक युट्युवजस्ता सामाजिक सञ्जालमार्फत विज्ञापन गर्न रोक

काठमाडौं। फेसबुक, ट्वीटर, युट्युवजस्ता सामाजिक सञ्जालमा गरिने विज्ञापन गैरकानुनी भएको भन्दै कसैले गरेमा राष्ट्र बैंकले कारबाही गर्ने भएको छ।


धापासीमा मेगा बैंकको वित्तीय साक्षरता कार्यक्रम

धापासीमा मेगा बैंकको वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले काठमाडौंको धापासीमा वित्तीय साक्षरता कार्यक्रम गरेको छ । बैंकिङ साक्षरता अभियान संचालन गर्ने क्रममा बैंकले माई युथ क्लवसँगको सहकार्यमा काठमाडौंको धापासीमा एक दिने वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा मेगा बैंककी दायित्व विभाग प्रमुख जेनु थापा, बचत निक्षेप विभागका इन्चार्ज सुजन पोखरेल, मोनिल थापा लगायतले वित्तीय साक्षरता सम्बन्धी कक्षा लिएका थिए ।


कुमारी बैंकको डिबेन्चरमा माग भन्दा बढी आवेदन

कुमारी बैंकको डिबेन्चरमा माग भन्दा बढी आवेदन

काठमाडौं । कुमारी बैंकको डिबेन्चरमा मागभन्दा बढीको आवेदन परेको छ । बैंकको डिबेन्चरमा सर्वसाधारण लगानीकर्ताले १ अर्ब ३० करोड मूल्य बराबरका लागि १३ लाख कित्ता आवेदन दिएका हुन् । बैंकका अनुसार १ अर्ब २० करोड मूल्य बराबरको १२ लाख (४०प्रतिशत) एकाइ माग गरिएकोमा १ लाख कित्ता बढी आवेदन परेको हो । बाँकी १८ लाख एकाइ भने बैंकले अन्य संघ–संस्थालाई बिक्री गरिसकेको छ । कुमारी बैंक डिबेन्चर २०८६ लाई रेटिङ एजेन्सी इक्रा नेपालले वित्तीय सूचक औसतभन्दा राम्रो जनाउने ‘इक्रा एनपी बीबीबी प्लस’ रेटिङ दिएको छ ।


Ad
Ad
Ad
Ad
Ad
Ad