Namaste Icon
Ad
Ad

बैंक

Ad

हिमालयन बैंकको विशेष छुट योजना

हिमालयन बैंकको विशेष छुट योजना

काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्नो २७औं बार्षिकोत्सवको अवसरमा विशेष छुटको व्यवस्था गरेको छ । बैंकले ग्राहकहरु माझ सेवा अभिबृद्धि गर्ने उदेश्यले, आफ्ना सम्पूर्ण ग्राहकहरुलाई काठमाडौं, पोखरा, चितवन लगायतका विभिन्न ७५ भन्दा बढि स्थानमा उक्त विशेष छुटको व्यवस्था गरेको हो ।बैंकका ग्राहकहरुले देशका विभिन्न स्थानमा रहेका प्रसिद्ध होटल, रेष्टुराँ, अस्पताल, गहना गृह, कपडा, चश्मा तथा घडी पसल, मोबाइल, ल्यापटप तथा सम्बन्धित समाग्री, खेलकुद समाग्री, फर्निचर, विद्युतीय दुई पांग्रे सवारी, कस्मेटिक, बुटिक लगायत अन्य स्थानहरुमा भारी छुट पाउने छन् ।


ग्लोबल आइएमईले थप्यो २ नयाँ काउण्टर

ग्लोबल आइएमईले थप्यो २ नयाँ काउण्टर

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले यस साता २ नयाँ एक्सटेन्सन काउण्टरहरुसञ्चालनमा ल्याएको छ । बैंकले मंगलबार देखिसुनसरीजिल्लाको इटहरी उपमहानगरपालिका वडा नं १२, खनार र शुक्रबार देखि नवलपरासी बर्दघाट सुस्ता–पश्चिमकोसरावल गाँउपालिका, सरावलमा एक्सटेन्सन काउण्टर सुरु गरेको छ ।


सिरहामा सिटिजन्स बैंकद्वारा कम्बल वितरण

सिरहामा सिटिजन्स बैंकद्वारा कम्बल वितरण

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चिसोका कारण जनजिवन प्रभावित हुदैं गएपछी सिरहा जिल्लाको भवानीपुर गाउँपालिकाको ठाडी टोल र नहरा टोल र लक्ष्मीपुर पटारी गाउँपालिकाका विप्पन निःसहायव्यक्तिहरुलाई कम्बल वितरण गरेको छ ।


कुमारी बैंकमा देवःविकास बैंक गाभिने

कुमारी बैंकमा देवःविकास बैंक गाभिने

काठमाडौं । कुमारी बैंक लिमिटेडले राष्ट्रिय स्तरको ‘ख’वर्गको देव विकास बैंक लिमिटेडलाई प्राप्ती गर्ने भएको छ । बुधबार काठमाडौंमा सम्पन्न एक समारोहबीच उक्त प्राप्तीको(अक्विजिसन) औपचारिक हस्ताक्षर सम्पन्न भएकोे हो । उक्त प्राप्तिका लागि समझदारी पत्रमा(एमोयू) कुमारी बैंक लिमिटेड र देव विकास बैंक लिमिटेडका तर्फबाट बैंकका संचालक समितिका सदस्य एवं मर्जर समितिका संयोजकद्वय क्रमशः कृष्णप्रसाद ज्ञवाली तथा भरतबहादुर हमालले हस्ताक्षर गरे । सो समारोह दुवै बैंकका अध्यक्ष, संचालक समितिका सदस्य, प्रमुख कार्यकारी अधिकृत लगायत बैंकका उच्च व्यवस्थापनका पधादिकारीहरूमाझ सम्पन्न भएको छ ।


मेगा बैंकद्धारा उदयपुरमा बालबालिकालाई न्यानो कपडा वितरण

मेगा बैंकद्धारा उदयपुरमा बालबालिकालाई न्यानो कपडा वितरण

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले उदयपुरमा बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मेगा बैंकले नेपाल सामाजिक विकास तथा जन सशक्तिकरण केन्द्रमार्फत उदयपुरको बेलका नगरपालिकाका विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको हो ।


सनराइज बैंकले ल्यायो क्यास ब्याक योजना

सनराइज बैंकले ल्यायो क्यास ब्याक योजना

काठमाडौं । डिजिटल भुक्तानीलाई प्रोत्साहित गर्ने उद्देश्यले सनराइज बैंकले क्यास ब्याक योजना ल्याएको छ । माघ १, २०७६ देखि तीन महिनासम्म संचालन गरिने यस योजना अन्तरगत सनराइज बैंकका डेबिट ÷ क्रेडिट कार्ड सेवा लिएका तर हालसम्म पनि पोइन्ट अफ सेल टर्मिनल वा ई–कमर्स मा कार्ड प्रयोग नगरेका ग्राहकहरुले पोइन्ट अफ सेल टर्मिनलमा कारोबार गर्दा २५० क्यास ब्याक र ई–कर्मशमा कारोबारमा रु २५० क्यास व्याक प्राप्त गर्न सक्नेछन् ।


माछापुच्छ्रे बैंकको किसान कार्ड सेवा सञ्चालनमा

माछापुच्छ्रे बैंकको किसान कार्ड सेवा सञ्चालनमा

काठमाडौं । माछापुच्छ्रे बैंकले साना किसानहरुको कृषि ब्यवसायमा आवश्यक पर्ने चालु पुँजी खर्च परिपुर्ति गर्ने उद्देश्य अनुरुप माछापुच्छ्रे किसान कार्ड सेवा सञ्चालनमा ल्याएको छ । बैंकले यूकेएड सक्षम एक्सेस टु फाईनान्स प्रोग्राम र हेफर ईन्टरनेशनल नेपालसंगको सहकार्यमा विभिन्न १४ जिल्लाका किसानलाई प्रदान गर्ने गरि सञ्चालनमा ल्याएको उक्त किसान कार्ड अन्र्तगत किसानहरुले रु ४ लाख सम्मको कृषि कर्जा किसान कार्ड माफर्त प्राप्त गर्नेछन् ।


मेगा बैंकले थप्यो ४ वटा एक्सटेन्सन काउन्टर

मेगा बैंकले थप्यो ४ वटा एक्सटेन्सन काउन्टर

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले उपत्यकामा थप चार वटा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । काठमाडौँंको टोखा नगरपालिकाको झोर, भक्तपुरको सूर्यविनायक नगरपालिकाको गाम्चा, भक्तपुरकै भक्तपुर नगरपालिकाको कमलविनायक र ललितपुरको ललितपुर महानगरपालिकाको सुनाकोठीमा मेगा बैंकले एक्सटेन्सन काउन्टर विस्तार गरेको हो । अब मेगा बैंकको एक्सटेन्सन काउन्टर संख्या २५ पुगेको छ ।


साना किसान विकास लघुवित्तले बोनस सेयर वितरण गर्ने

साना किसान विकास लघुवित्तले बोनस सेयर वितरण गर्ने

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाको अठारौं बार्षिक साधारण सभा वित्तीय संस्थाको अध्यक्ष खेमबहादुर पाठकको अध्यक्षतामा सम्पन्न भएको छ । साधारण सभाले सेयरधनीहरुलाई आर्थिक वर्ष २०७५÷७६ को आम्दानीबाट २७ दशमलव २५ प्रतिशत बोनस सेयर वितरण गर्न र कर प्रयोजनका लागि नगद लाभांश १ दशमलव ४३४ प्रतिशत उपलब्ध गराउन स्वीकृति प्रदान गरेकोे छ । यसैगरी वित्तीय संस्थाको अधिकृत पूँजी २७५ करोड, जारी पूँजी २०० करोड र चुक्तापुँजी १ (एक) अर्ब २ लाख २९ हजार ४२६ पु¥याउने निर्णय भएको छ । सभामा वित्तीय संस्थाका अध्यक्षले सञ्चालक समितिका तर्फबाट बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।


आर्कषक व्याजदरमा सनराइज रिकरिङ्ग खाता संचालनमा

आर्कषक व्याजदरमा सनराइज रिकरिङ्ग खाता संचालनमा

काठमाडौं । सर्वसाधारणलाई विभिन्न सेवा र सुविधादिदैं आएको सन्राइज बैंकले सर्वसाधारणमा बचत गर्ने बानीको विकास गराउने उदेश्यका साथ सन्राइज रिकरिङ्ग खाता संचालनमा ल्याएको छ । उक्त खातामा बचत खातामा जसरी रकम जम्मा गर्दै जान सकिनेछ भने व्याज मुद्घति खाता सरह पाइनेछ ।


Ad
Ad
Ad
Ad
Ad
Ad