Namaste Icon
Ad
Ad

बैंक

Ad

मेगा बैंकद्धारा लुम्बिनी क्षेत्रमा ब्ल्याङ्केट सहयोग

मेगा बैंकद्धारा लुम्बिनी क्षेत्रमा ब्ल्याङ्केट सहयोग

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले लुम्बिनी क्षेत्रका मुसहर र नेटुवा बस्तीका लागि ब्ल्याङ्केट सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मेगा बैंकले लुम्बिनी विकास मञ्चमार्फत लुम्बिनी क्षेत्रका मुसहर र नेटुवा बस्तीका लागि न्यानो ब्ल्याङ्केटको व्यवस्था गरेको हो । शितलहरबाट प्रभावित हुने जोखिम रहेका मुसहर र नेटुवा बस्तीमा सहयोग पुग्ने उद्देश्यले लुम्बिनी विकास मञ्चमार्फत १ सय ५० थान ब्ल्याङ्केट सहयोग गरेको बैंकले जनाएको छ ।


मुर्गियामा गरिमा विकास बैंकको शाखा

मुर्गियामा गरिमा विकास बैंकको शाखा

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले सैनामैना नगरपालिका वडा नं. ४, मुर्गिया रुपन्देही स्थित मुर्गिया शाखा कार्यालयको औपचारिक उद्घाटन कार्य सम्पन्न गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन सैनामैना नगरपालिकाका नगरप्रमुख चित्रबहादुर कार्कीले गरे । कार्यक्रममा बोल्दै विकास बैंकका अध्यक्ष चन्द्रकान्त बरालले औधोगिक तथा व्यवसायिक विकासमा राम्रो सम्भावना बोकेको रुपन्देही जिल्लाको मुर्गिया स्थित शाखा कार्यालयले त्यस क्षेत्रको पूँजी परिचालन तथा व्यवसायिक विकासमा महत्वपूर्ण योगदान गर्ने विश्वास रहेको बताए ।


मेगा बैंकले ल्यायो ‘मेगा विश्वास बचत खाता’ र ‘मेगा माया बचत खाता’ योजना

मेगा बैंकले ल्यायो ‘मेगा विश्वास बचत खाता’ र ‘मेगा माया बचत खाता’ योजना

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले ग्राहकहरुलाई ‘मेगा विश्वास बचत खाता’ नामक नयाँ बचत योजनाका साथै ‘मेगा माया बचत खाता’ को नयाँ संस्करण ल्याएको छ । ग्राहकहरुकै अटुट विश्वासका कारण बैंक अफ दि इयर २०१९ बाट सम्मानित भएको अवसरमा मेगा बैंकले ग्राहकहरुलाई धन्यवाद स्वरुप ‘मेगा विश्वास बचत खाता’ योजना ल्याएको हो ।


नबिल इन्भेष्टको बिजनेश क्लिनिक

नबिल इन्भेष्टको बिजनेश क्लिनिक

Looking for advice on your financial health?Meet our team of consultants who will help you diagnose your problems and provide you with the needed prescriptions.


मुक्तिनाथ विकास बैंकले थप्यो १८ नयाँ शाखा

मुक्तिनाथ विकास बैंकले थप्यो १८ नयाँ शाखा

काठमाडौं । मुक्तिनाथ विकास बैंकले १३औं वर्ष पार गरी १४ औं वर्षमा प्रवेश गरेको अवसरमा १८ वटा शाखा विस्तार गरेको छ । वार्षिक उत्सवको अवसरमा बैंकले डिजिटल माध्यमद्धारा एकैसाथ १८ वटा शाखाको केन्द्रीय कार्यालयबाटै उद्घाटन गरेको हो । सो अवसरमा बैंकका अध्यक्ष भरतराज ढकालले सदैव गुणस्तरीय सेवा प्रदान गर्दै अगाडी बढ्ने र विभिन्न वित्तीय तथा गैर वित्तीय सेवाको माध्यमद्धारा देशको अर्थतन्त्र र आवश्यकतामा बैंकले पनि योगदान दिने प्रतिबद्धता व्यक्त गरे । उक्त उद्घाटन समारोहमा बैंकका पूर्व सञ्चालक, वर्तमान सञ्चालक, संस्थापक सेयरधनी तथा बैंकका उच्चपदाधिकारीहरुको उपस्थिति रहेको थियो ।


सिटिजन्सका एटिएममा मास्टर कार्ड सेवा

सिटिजन्सका एटिएममा मास्टर कार्ड सेवा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो बैँकको एटिएममा मास्टर कार्ड सेवा सुरुवात गरेको छ । सेवाको सुरुवातसँगै मास्टर कार्ड, माईस्ट्रो तथा सिरुस ब्रान्डका कुनै पनि कार्ड यस बैँकको एटिएममा चल्ने छन् । नेपाल भ्रमण वर्ष २०२० को सुरुवात सगै प्रारम्भ गरिएको यस सेवाबाट विशेष गरी नेपाल भ्रमण माआउने विदेशीपर्यटक र नेपालमा मास्टर ब्रान्डका कार्डबाहक ग्राहक लाभान्भित हुने विश्वास बँैकले लिएको छ ।


एनआईसी एशियाले ल्यायो क्यासव्याक अफर

एनआईसी एशियाले ल्यायो क्यासव्याक अफर

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले डेविट एवं क्रेडिट कार्डवाहक ग्राहकलाई नयाँ बर्ष २०२० को अवसरमा क्यास व्याक अफर ल्याएको छ । बैंकले ३१ डिसेम्वर २०१९ देखि २५ फेब्रुवरी २०२० सम्म भिजा कार्ड मार्फत खरिदमा भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम १ हजार ५ सय सम्म क्यास व्याक प्रदान गर्ने भएको छ ।


बैंक खाताबाट वालेटमा २५ हजार ट्रान्सफर गर्न सकिने

बैंक खाताबाट वालेटमा २५ हजार ट्रान्सफर गर्न सकिने

काठमाडौं । राष्ट्र बैंकले मोबाइल वालेटबाट हुने कारोबारमा अधिकतम सीमा बढाएको छ। भुक्तानी प्रणाली सम्वन्धी एकीकृत निर्देशिका जारी गर्दै बैंक खाताबाट वालेटमा स्थानान्तरण हुने रकम प्रतिकारोबार ५ हजारबाट २५ हजार पुर्याइएको छ। अब बैंक खाताबाट एकै पटक २५ हजार रुपैयाँसम्म मोबाइल वालेटमा ट्रान्सफर गर्न सकिनेछ।


छोम्रोंगमा कुमारी बैंकको शाखा रहित सेवा

छोम्रोंगमा कुमारी बैंकको शाखा रहित सेवा

काठमाडौं । कुमारी बैंक लिमिटेडले अन्नपूर्ण ११ छोम्रोंग, कास्कीबाट शाखा रहित बैंकिङ्ग सेवा सुरु गरेको छ । तमु ल्होसारको शुभ अवसरमा उक्त शाखा रहित बैंकिङ्ग सेवाको उद्घघाटन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्गले उद्घनाटन गरे । उद्घाटन समारोहमा शाखा रहित बैंकिङ्ग सेवाका अभिकर्ता मिकाश गुरुङ्ग, गण्डकी प्रदेशका सांसद– राजिव पहारी, अन्य अधिकारीहरु तथा स्थानीय वासिन्दा एवं व्यवसायिक प्रतिनिधिहरूको माझ सम्पन्न भएको हो ।


ढुङ्गेधारा नर्सरी चोकमा एनआईसीको शाखा

ढुङ्गेधारा नर्सरी चोकमा एनआईसीको शाखा

काठमाडौं । एनआईसी एशिया बैंकले काठमाडौंको ढुङ्गेधारा, नर्सरी चोकमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका १६, ढुङ्गेधारा स्थित ढुङ्गेधारा, नर्सरी चोक शाखाको पूर्व सासंद तथा संविधान सभा सदस्य डा.भिष्मनाथ अधिकारीले उद्घाटन गरे ।


Ad
Ad
Ad
Ad
Ad
Ad