Namaste Icon
Ad
Ad

बैंक

Ad

ललितपुरको सानागाउँमा एभरेष्ट बैंकको शाखा

ललितपुरको सानागाउँमा एभरेष्ट बैंकको शाखा

काठमाडौं । एभरेष्ट बैंकले आफ्नो सेवा विस्तारको क्रमलाई निरन्तरता दिँदै ललितपुरको सानागाउँमा ९५औं नयाँ शाखा खोलेको छ । एभरेष्ट बैंकले फराकिलो विश्वव्यापी सन्जालमार्फत व्यावसायिक र कुशल बैकिङ सेवाहरु प्रदान गर्दै आइरहेको छ । बैंकले समाजमा ठुलो संख्यामा र सबै वर्गहरुलाई बैकिङ सुविधा पु¥याउने प्रयास स्वरुप देशका सबै क्षेत्रहरुमा शाखा स्थापना गर्ने कोसिस गरिरहेको छ । ललितपुरको महालक्ष्मी नगरपालिका सानोगाउँमा ९५औं शाखा यसै नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ र एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत गजेन्द्र कुमार नेगीले संयुक्त रुपमा शाखाको उद्घाटन गरे ।


सिटिजन्सले ल्यायो ‘कोसेली निक्षेप योजना’

सिटिजन्सले ल्यायो ‘कोसेली निक्षेप योजना’

काठमाडौं । सिटिजन्स बैंकले ग्राहकलाई थप लाभान्वित गर्न ‘सिटिजन्स कोसेली निक्षेप योजना’ खाताको शुभारंभ गरेको छ । यस निक्षेप योजना अन्तर्गत यस बैंकका व्यक्तिगत ग्राहकले मुद्दतीमा राखेको रकम ७ बर्ष ६ महिना पश्चात साँवा तथा व्याज बापत एक मुष्ट रुपमा दोब्बर हुनेगरि रकम फिर्ता पाउने छन् ।


मेगा बैंकद्धारा सञ्चालित आँखा शिविरमा सयौं लाभान्वित

मेगा बैंकद्धारा सञ्चालित आँखा शिविरमा सयौं लाभान्वित

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले पर्सामा आयोजना गरेको आँखा शिविरबाट सयौं सर्वसाधारण लाभान्वित भएका छन् । नेपाल नेत्रज्योति संघ, रामकुमार महावीर प्रसाद केडिया आँखा अस्पताल र लायन्स क्लव अफ वीरगञ्ज मिलेनियमसँगको सहकार्यमा मेगा बैंकले पर्सा जिल्लाको बेल्वामा निःशुल्क आँखा शिविर आयोजना गरेको हो ।


मृगौलियामा सनराइज बैंकको शाखारहित सेवा

मृगौलियामा सनराइज बैंकको शाखारहित सेवा

काठमाडौं । सनराइज बैंक लिमिटेडले मोरङको मृगौलियामा ४७औं शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको छ । माघ ११ गते २०७६ शनिबार आयोजित एक कार्यक्रममा सुन्दरहरैचा नगरपालिकाका वडा २ का अध्यक्ष दोरीलाल चोेैधरी र सुन्दरहरैचा नगरपालिका सदस्य रामलाल गच्छदारले संयुक्त रुपमा उद्घाटन गरे । उक्त बैंकिङ सेवाका प्रतिनिधि देवनारायण चोेैधरीलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गर्दैे शाखारहित बैंकिङ सेवा संचालन भएको हो ।


ग्लोबल आइएमई थप्यो दुई नयाँ शाखा

ग्लोबल आइएमई थप्यो दुई नयाँ शाखा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका दुई नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले काठमाडौंको टोखा नगरपालिका वडा ३ बालुवापाटी र प्रदेश ५ को कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा २ गुरुद्वारा रोडमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । दुई नयाँ शाखाहरु सञ्चालन सँगै बैंकको शाखा कार्यालयहरुको संख्या २६९ पुगेको छ ।


सिर्जना फाइनान्सलाई प्राप्ति गर्दै सनराइज बैंक,

सिर्जना फाइनान्सलाई प्राप्ति गर्दै सनराइज बैंक,

काठमाडौं । सनराइज बैंक लिमिटेड तथा सिर्जना फाइनान्स लिमिटेडको संचालक समितिहरुको बैठकको निर्णयानुसार सनराइज बैंकले सिर्जना फाइनान्स लिमिटेडलाई प्राप्ति गर्ने सैद्धान्तिक सहमतिमा हस्ताक्षर सम्पन्न भएको छ । सहमति अनुसार सम्पत्ति तथा दायित्व मूल्यांकन गर्न विषेशज्ञलाई तत्काल नियुक्त गरी सोको प्रतिवेदन प्राप्त भएपछि संयुक्त समितिमा छलफल गरी समितिले सिफारिश गरेको प्रतिशेयर मूल्यलाई दुवै पक्षको संचालक समितिले स्वीकृत गरी साधारण सभाबाट स्वीकृति भए बमोजिम सिर्जना फाइनान्स लिमिटेडका विद्यमान शेयरधनीहरुलाई निजहरुले धारण गरेको शेयर वापत स्वीकृत अनुपात अनुसार सनराइज बैंक लिमिटेडको शेयर दिईने छ ।


माछापुच्छ्रे क्यापिटलले पायो सञ्चालन अनुमति

माछापुच्छ्रे क्यापिटलले पायो सञ्चालन अनुमति

काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डवाट धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) को रुपमा धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन र संस्थागत परामर्श सेवाको कार्य गर्न अनुमति प्राप्त गरेको छ । यस अनुमति पश्चात माछापुच्छ्रे बैंक लिमिटेडको पूर्ण स्वामित्व रहेको सहायक कम्पनी माछापुच्छ्रे क्यापिटल लिमिटेड पनि मर्चेन्ट व्यवसायमा प्रवेश गरेको छ ।


सेनालाई वित्तीय साक्षरता सिकाउँदै मेगा बैंक

सेनालाई वित्तीय साक्षरता सिकाउँदै मेगा बैंक

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले सुर्खेतमा नेपाली सेनाका लागि वित्तीय साक्षरता कार्यक्रम गरेको छ । देशका बिभिन्न ठाउँमा वित्तीय साक्षरता कार्यक्रम गरिसकेको मेगा बैंकले सुर्खेतस्थित नेपाली सेनाको उत्तरपश्चिम तालिम शिक्षालय लेखपर्सामा एक दिवसीय वित्तीय साक्षरता कार्यक्रम गरेको हो ।


इन्फिनिटी लघुवित्तले मनायो तेस्रो वार्षिकोत्सव

इन्फिनिटी लघुवित्तले मनायो तेस्रो वार्षिकोत्सव

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले तेस्रो वार्षिकोत्सव मनाएको छ । संस्थाको केन्द्रीय कार्यालय गैंडाकोट नवलपुरबाट प्रभातफेरी कार्यक्रम शुरुवात भई बैकुण्ठ चोक हुँदै केन्द्रीय कार्यालयमा आएर कार्यक्रम समापन गरियो थियो । उक्त कार्यक्रममा वित्तीय साक्षरता, भ्रमण वर्ष २०२० सम्बन्धी नारा भएको सचेतना कार्यक्रम समेत आयोजना गरिएको थियो ।


पोखरा लेकसाईडमा गरिमा बैंकको शाखा

पोखरा  लेकसाईडमा गरिमा बैंकको शाखा

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले सोमबार पोखरा महानगरपालिका ६ लेकसाईडमा स्थापित लेकसाईड शाखा कार्यालयको औपचारिक उदघाटन कार्य सम्पन्न गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन नेपाल राष्ट्र बैंक पोखराका निर्देशक डा. डिल्लीराम पोखरेलले गरे ।


Ad
Ad
Ad
Ad
Ad
Ad