# भर्खरै
Namaste Icon
Ad
Ad

विश्व

फेसबुकको गलत सूचनाले मानिस मार्दैछ : अमेरिकी राष्ट्रपति बाइडेन

फेसबुकको गलत सूचनाले मानिस मार्दैछ : अमेरिकी राष्ट्रपति बाइडेन

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले सामाजिक सञ्जालका गलत सूचनाले मानिसहरुलाई मार्ने गरेको आरोप लगाएका छन । उनले फेसबुकले कोरोना भाइरस खोपका बारेमा गलत सूचना सम्प्रेषण गरेको आरोप लगाए ।


झनै खतरनाक भेरियन्ट आउने डब्लुएचओको चेतावनी

झनै खतरनाक भेरियन्ट आउने डब्लुएचओको चेतावनी

काठमाडाैं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना भाइरसको अझै खतरनाक भेरियन्ट फैलिन सक्ने चेतावनी दिएको छ । कोरोनाको खतरनाक भेरियन्ट विश्वभर फैलिने र त्यसले महामारी नियन्त्रणमा निकै सकस उत्पन्न हुने डब्लुएचओले भनेको हो ।


नरेन्द्र मोदीले विस्तार गरे जम्बो मन्त्रिमण्डल, कसले के जिम्मेवारी पाए ?

नरेन्द्र मोदीले विस्तार गरे जम्बो मन्त्रिमण्डल, कसले के जिम्मेवारी पाए ?

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार थप ४३ सदस्यीय जम्बो मन्त्रिमण्डल विस्तार गरेका छन् । प्रधानमन्त्री मोदीले १५ केन्द्रीय मन्त्री र २८ राज्यमन्त्रीसहित थप ४३ जनालाई मन्त्रिमण्डलमा समावेश गरेका हुन् । ४३ जनाले मन्त्री र राज्यमन्त्रीको सपथ लिइरहँदा पुराना ७ मन्त्रीहरुको बढुवा गरेका छन् भने १२ जनालाई बिदा गरेका छन् । विस्तारित मन्त्रिमण्डलमा बुधबारै विभागीय जिम्मेवारी दिइएको छ ।


हाइटीका राष्ट्रिपति मोइसको गोली हानी हत्या

हाइटीका राष्ट्रिपति मोइसको गोली हानी हत्या

काठमाडौं । हाइटीका राष्ट्रपति जोभेनेल मोइसको गोली हानी हत्या गरिएको छ । हाइटीका अन्तरिम प्रधानमन्त्री क्लाउडे जोसेफका अनुसार राष्ट्रपति मोइसको हत्या बुधबार बिहान गरिएको हो । अपरिचित समूहले पोर्ट औ प्रिन्सस्थित मोइसको घर पुगी आक्रमण गरेको र मोइसको हत्या गरेका बताइएको छ । आक्रमणमा परी मोइसकी पत्‍नी घाइते भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । ‘हाइटीको सुरक्षा स्थिति नियन्त्रणमा छ । पर्याप्त मात्रामा सुरक्षा फौज खटाइएको छ । मुलुकको सुरक्षाका लागि आवश्यक कदम उठाइएको छ,’ हाइटी सरकारले जारी गरेको विज्ञप्तीमा भनिएको छ । यद्यपि माइसको हत्याबारेमा थप केही बताइएको छैन ।


'पृथ्वी एउटा घर हो, कसलै एक्लो महसुस गर्नु पर्दैन'

'पृथ्वी एउटा घर हो, कसलै एक्लो महसुस गर्नु पर्दैन'

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले राजनीतिक दलहरुले जनताको आवाज सुन्नुपर्ने बताएका छन् । चिनियाँ कम्युनिष्ट पार्टी र विश्वका राजनीतिक नेताहरूको भर्चुअल शिखर सम्मेलनलाई मंगलबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिवसमेत रहेका सीले उक्त सम्मेलनमा सम्बोधन गर्दै विभिन्न देशका राजनीतिक दलहरूलाई नेतृत्व गर्ने जिम्मेवारी बहन गर्न पनि आग्रह गरे । उनले सम्बोधनका क्रममा दलहरुले जनताको आवाज सुन्नुपर्नेमा जोड दिए । सम्बोधनका क्रममा सीले विभिन्न देशहरूलाई मानवजातिको साझा भविष्यका लागि एउटा समुदाय निर्माणको दिशामा बढाउन आग्रह गरे । ‘सबै मानव एकै छन् । पृथ्वी एउटा घर हो । साझा चुनौती सामना गर्दै अघि बढ्नु जरुरी छ’, उनले भने, ‘कोही पनि नागरिक वा कुनै देशले एक्लो महसुस गरेर समस्याको सामना गर्नु पर्ने छैन ।’ उनले संसार सानो रहे पनि यहाँ सँधै कडा प्रतिस्पर्धा भइरहने बताए । सीले साझा गन्तव्य र साझेदारीको दृष्टिकोणबाट विश्व विशाल रहेको चर्चा गर्दै जताततै सहयोगका अवसरहरू रहेकोमा नेताहरुलाई सचेत गराए ।


क्यानडाकाे लीटनमा: डढेलोले अहिलेसम्मकै उच्च तापक्रम, गाउँको ९० प्रतिशत भागमा असर

क्यानडाकाे लीटनमा: डढेलोले अहिलेसम्मकै उच्च तापक्रम, गाउँको ९० प्रतिशत भागमा असर

बीबीसी । एउटा जङ्गली डढेलोले क्यानडाको अहिलेसम्मकै उच्च तापक्रम पुगेको गाउँको ९० प्रतिशत भागमा असर पुर्‍याएको स्थानीय सांसद् ब्राड भिसले बताएका छन् । ब्रिटिश कोलम्बियास्थित लीटन गाउँ र वरपर रहेका पूर्वाधारमा धेरै क्षति पुर्‍याएको उनले बताएका हुन् । लीटनका मेयर ज्यान पोल्डरम्यानले पनि 'जीवन जोगाउन सकेकोमा आफू भाग्यमानी भएको' बताएका छन् । 'लीटनको धेरै क्षेत्र बाँकी रहने छैन,' उनले भने। 'जताततै डढेलो लागेको छ।' बीबीसीको न्यूजआवर कार्यक्रममा बोल्दै पोल्डरम्यानले आफ्नो नगरलाई डढेलोले नराम्ररी प्रभावित गरेको बताएका हुन् ।


सय वर्षमा चिनियाँ कम्युनिस्ट पार्टी : लुकिछिपी सुरु गरिएको पार्टी विश्वकै ठूलो र शक्तिशाली बन्याे

सय वर्षमा चिनियाँ कम्युनिस्ट पार्टी : लुकिछिपी सुरु गरिएको पार्टी विश्वकै ठूलो र शक्तिशाली बन्याे

बेइजिङ । ‘कहिल्यै नबिर्स– तिमीले किन सुरु गरेका थियौ।’ यो भनाइ चिनियाँ कम्युनिस्ट पार्टी स्थापना गरिएको सहर सांघाईका बिलबोर्डहरुमा जताततै देखिन्छ। सबैतिर उत्सवको वातावरण छ। राता बस चढेर आगन्तुकहरु ऐतिहासिक स्थलमा आइरहेका छन्। हरेक रात गगनचुम्बी भवनहरुमा हँसिया–हथौडा चिन्ह चम्किन्छ। कम्युनिस्ट पार्टीको पहिलो महाधिवेशन गरिएको दुई तले भवनसँगै चीनकै विशाल संग्रहालय छ। जहाँ ठूलो भीड पार्टीको झण्डा हल्लाउँदै, शपथ दोहोर्‍याउँदै सेल्फी खिच्न तँछाडमछाड गरिरहेको छ। यही माहौल देशका अन्य सहर र राजधानी बेइजिङमा पनि छ। चीनले जुलाई १ मा कम्युनिस्ट पार्टीको स्थापना दिवस मनाउने गरेको छ । यो वर्ष त झनै विशेष छ, पार्टी स्थापनाको एक सय वर्ष पुगेको छ । यही अवसरमा तियानमेन चोकमा हुने विशाल भेलालाई महासचिव सी चिनफिङले सम्बोधन गर्दैछन्।


अल–शबाबको सदस्य भएको अभियोगमा सोमालियामा २१ जनालाई मृत्युदण्ड

अल–शबाबको सदस्य भएको अभियोगमा सोमालियामा २१ जनालाई मृत्युदण्ड

सोमालिया । सोमालियाको अर्ध स्वायत्त राज्य पन्टल्याण्डमा इस्लामिक बिद्रोही समूह अल–शबाबको सदस्य भएको अभियोगमा २१ जनालाई मृत्युदण्ड दिइएको छ । गाल्कायोमा रहेको सैनिक अदालतले उनीहरुलाई सजाय सुनाएको हो। उनीहरुलाई गोली प्रहार गरेर मृत्युदण्ड दिइएको हो । मृत्युदण्ड दिइएका सबै पुरुष हुन् ।


बङ्लादेशमा कडा लकडाउन अगाडि ठूलो भिड ढाकाबाट बाहिरिँदै

बङ्लादेशमा कडा लकडाउन अगाडि ठूलो भिड ढाकाबाट बाहिरिँदै

बीबीसी । बङ्लादेशमा राष्ट्रव्यापी कडा लकडाउन सुरु हुनै लागेका बेला राजधानी ढाकाबाट बाहिरिन विभिन्न टर्मिनलहरूमा मानिसहरूको ठूलो भिड जम्मा भएको छ । सोमवारदेखि सात दिनसम्म बाङ्लादेशमा आपत् नपरेसम्म कसैलाई पनि घर छोड्ने अनुमति नदिइने बताइएको छ । त्यसैकारण मानिसहरू व्यस्त ढाका शहर छोडेर विभिन्न अन्य शहर र गाउँमा रहेका आफ्ना घर जान हतार गरिरहेका छन् । अहिले बाङ्लादेशमा कोभिड हुनेको सङ्ख्या बढेको छ र धेरै जनामा भारतमा पहिलोपटक देखा परेको डेल्टा भेरिअन्ट भएको बताइएको छ ।


यी हुन विश्वका महंगा शहर (सूचीसहित)

यी हुन विश्वका महंगा शहर (सूचीसहित)

काठमाडौँ । मर्सरले हरेक बर्ष सार्बजनिक गर्ने विश्वका कस्ट अफ लिभिंग सिटी (महंगो शहर) को सूचीको पहिलो नम्बरमा टुर्कमेनिस्तानको शहर अश्गाबट रहेको छ ।२०२० को सूचीमा दोस्रो स्थानमा रहेको अश्गाबट यस बर्ष विश्वकै महँगो शहरमा पहिलो नम्बरमा उक्लिएको छ । मर्सरले शहरमा बस्न हुने खर्चको आधारमा विश्वका २०६ शहरको वरियता सार्बजनिक गरेको छ ।