Namaste Icon
Ad
Ad

शिक्षा

Ad

रक्तसञ्चार सेवा कार्यालय कालिमाटीमा

रक्तसञ्चार सेवा कार्यालय कालिमाटीमा

काठमाडौं । ललितपुरको बालकुमारीबाट सञ्चालन हुँदै आएको नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्तसञ्चार सेवाका सम्पूर्ण सेवा गतिविधिहरु आईतबारदेखि सोसाइटीको कालीमाटी, रेडक्रमार्गस्थित केन्द्रीय कार्यालय परिसरमा बनेको नयाँ भवनबाट सञ्चालन हुँदैछ । २०७२ साल बैशाखको भूकम्पबाट भृकुटीमण्डपस्थित केन्द्रीय रक्तसञ्चार सेवाको भवनमा क्षति पुगेपछि २०७२ पौषदेखि आपत्कालीन सेवा केन्द्र बालकुमारी, ललितपुरबाट सेवा सञ्चालन हुँदै आएको थियो ।


सरकारको लापरबाही SEE परीक्षा सम्म - प्रेमलामा थोकर

सरकारको लापरबाही SEE परीक्षा सम्म - प्रेमलामा थोकर

काठमाडौं । नेपाल बिधार्थि संघ काभ्रेको जिल्ला सह सचिव प्रेम लामा थोकरले बर्तमान सरकारले बिधार्थिहरूको भविष्यमा खेलबाड गरेको बताएका छन । आजको बिधार्थि भविष्यको नेता, पाइलट, इन्जिनियर, डाक्टर, वकिल, पत्रकार लगायत अन्य बिभिन्न क्षेत्रमा कलम चलाउने र देशलाई समृद्धिको बाटोमा अघि बढाउने बिधार्थिहरूको भविष्यमाथि चरम लापरबाही गरेको आरोप लगाउँदै सह सचिव लामाले यो क्भ्भ् परीक्षामा देखिएको कमीकमजोरीलाई सरकारले गम्भीर रुपमा नलिए तमाम नेपाली बिधार्थिहरूको भविष्य अन्धकारमा डुब्ने कुरामा स्पष्ट रहेको कुरामा जोड दिएका छन् ।


प्रारम्भिक कक्षाका वालवालिलाई शैक्षिक सामाग्री वितण

प्रारम्भिक कक्षाका वालवालिलाई शैक्षिक सामाग्री वितण

राधा फुलारा, डडेल्धुरा । जिल्लाका २ सय ५१ बिद्यालयमा अध्ययन गर्ने प्रारम्भिक कक्षाका वालवालिकाहरुका लागि शैक्षिक सामाग्री तथा अभ्यास पुस्तिका वितरण सुरु गरिएकोे वालवालिकाको पढाइलाई प्रभावकारी वनाउनका लागि शैक्षिक सत्र सुरुवात हुनु आगावै सामाग्री वितरण गरिएको शिक्षा विकास तथा समन्वय ईकाइ कार्यालय डडेल्धुराले जनाएको छ ।


एसईई परीक्षा : चिया पसलबाटै म्यासेञ्जरमा प्रश्नको उत्तर (हेर्नुहोस भिडियो)

एसईई परीक्षा : चिया पसलबाटै म्यासेञ्जरमा प्रश्नको उत्तर (हेर्नुहोस भिडियो)

काठमाडौं । न्युज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को ३५८ औं एपिसोडमा एसईई परीक्षाः केन्द्राध्यक्षदेखि स्कुल सञ्चालकसम्म–जसले मोबाइलबाट चिट चोराउँछन भन्ने विषयले स्थान पाएको छ । काठमाडौको नयाँबजार स्थित गिताञ्जली कलेजमा एसईईमा सहभागी परीक्षार्थी गणेश बहादुर खनालले परीक्षाहलमा नै मोबाइल प्रयोग गरी चिट चोरी गरेको भेटिएको छ ।


निजी छोडेर सामुदायिक विद्यालयमा भर्ना हुँदै विद्यार्थी

निजी छोडेर सामुदायिक विद्यालयमा भर्ना हुँदै विद्यार्थी

डोटी । जिल्लाका निजी विद्यालयमा पढ्ने विद्यार्थीहरु हिजोआज सामुदायिक विद्यालयमा भर्ना हुन थालेका छन । जिल्लामा रहेका सामुदायिक विद्यालयहरुले निजी विद्यालयभन्दा राम्रो पढाइ गराउन थालेपछि उनीहरु निजी छोडेर सामुदायिक विद्यालयतर्फ आकर्षित हुन थालेको सामुदायिक विद्यालयका शिक्षकहरुको दावी छ ।


एसइइ परीक्षामा ललितपुरका ९ हजार ९ सय ३४ विद्यार्थी सहभागी

एसइइ परीक्षामा ललितपुरका ९ हजार ९ सय ३४ विद्यार्थी सहभागी

आजदेखि सुरू भएको  यस वर्षको माध्यमिक शिक्षा (एसइई) परीक्षामा  संघीय संरचनाअनुसार पहिलोपटक एसईई परीक्षा भएको हो । बिहान ८ बजेदेखि सुरू परीक्षाको पहिलो दिन आज अंग्रेजी विषयको जाँच भइरहेको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जनाएको छ ।परीक्षा नियन्त्रक विष्णु अधिकारीले परीक्षामा देशभरबाट कूल ४ लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी हुने जानकारी दिए । चैत २१ गतेसम्म सञ्चालन हुने परीक्षामा नियमित, ग्रेडवृद्धि र प्राविधिक धारका परीक्षार्थी सहभागी हुँदैछन् ।


नीजिस्रोत शिक्षकको पेसागत वृत्ति बिकासमा ध्यान दिन जोड

नीजिस्रोत शिक्षकको पेसागत वृत्ति बिकासमा ध्यान दिन जोड

गोविन्द बीसी, बौनिया । नीजिस्रोत शिक्षकको पेसागत सुरक्षा र शैक्षिक गुणस्तर सुधार गर्न सरोकारवाला पक्षबीच अन्तरक्रिया गरिएको छ । नीजिस्रोत शिक्षक समिति बर्दगोरियाले शनिबार कैलालीको बौनिया स्थित होटेल हाइवे प्लाजाको सेमिनार हलमा अन्तरक्रिया कार्यक्रम गरेको हो । सो अवसरमा सहभागीहरुले सामुदायिक विद्यालयमा कार्यरत नीजिस्रोत शिक्षक, कर्मचारीको पेसागत सुरक्षा र सेवासुविधाका सवालमा ध्यान दिन आवश्यक रहेको बताए ।


अर्घाखाँचीबाट ३ हजार ४ सय ४० विद्यार्थीले एसईई दिने

अर्घाखाँचीबाट ३ हजार ४ सय ४० विद्यार्थीले एसईई दिने

अर्घाखाँची । चैत्र १० गते विहान ८ बजे देखि देशभर सुरु हुने माध्यमिक शिक्षा परीक्षा एसईईमा अर्घाखाँची जिल्लाबाट ३ हजार ४ सय ४० परीक्षार्थी सहभागि हुने भएका छन् ।


पीएचडी गर्ने लक्ष्य लिएकी सांसद शान्ता चौधरी एसईई परीक्षा दिंदै

पीएचडी गर्ने लक्ष्य लिएकी सांसद शान्ता चौधरी एसईई परीक्षा दिंदै

काठमाडौं । प्रतिनिधिसभा सांसद शान्ता चौधरी दुई साताअघि संसद् सचिवालयमा बिदा फाराम बोकेर पुगिन् । उनी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट संसद्को सचेतकको भूमिकामा छिन् । आफ्नो जिम्मेवारी आगामी २० चैतसम्म सम्हाल्न नसक्ने भएकाले उनी बिदा माग्दै सचिवालय पुगेकी हुन् । दुई सातादेखि दाङस्थित आफ्नो निवासमा बसेर बाहिरी राजनीतिको विषयमा कुनै ध्यान नदिएर सांसद चौधरी परीक्षामा एकाग्र भएकी छन् । उनी अहिले मुलुकको कानुन बनाउनेभन्दा त्यही कानुनले व्यवस्था गरेको शिक्षाको अधिकार प्रयोग गरिरहेकी छन् । कारण हो, एसईई परीक्षाको तयारी ।


भाषाका नाममा ठगी : शैक्षिक कन्सल्टेन्सीले मनपरी शुल्क असुल्दै

भाषाका नाममा ठगी : शैक्षिक कन्सल्टेन्सीले मनपरी शुल्क असुल्दै

काठमाडौं । जापान, कोरियालगायतका देशमा जान सहजताका लागि भाषा पढाउने नाममा देशभरका अधिकांश शैक्षिक कन्सल्टेन्सीले मनपरी शुल्क असुल्दै आएका छन् ।


Ad
Ad
Ad
Ad
Ad