सुर्खेतमा केम्पो खुकुरी संघ गठन, २८ गते कर्णाली प्रदेश स्तरीय भेला हुने
नन्दु खनाल, सुर्खेत । नेपाल केम्पो खुकुरी मार्शल आर्ट सघं गठन भएको छ । शनिबार विरेन्द्रनगरमा आयोजित भेलामा प्रेम चौधरीको अध्यक्षतामा संघ गठन गरिएको हो । संघको वरिष्ठ उपाध्यक्षमा बिरेन्द्र रिमाल, उपाध्यक्षमा भिम रावल, सचिवमा इश्वर शाही र कोषाध्यक्षमा गोपाल परियारलाई जिम्मेवारी दिईएको छ ।