# भर्खरै
Namaste Icon
Ad
Ad

प्रमुख समाचार

Ad

उपत्यकामा थप १३४ जनामा कोरोना संक्रमण पुष्टि

उपत्यकामा थप १३४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । मंगलबार देशभर ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये उपत्यकामा मात्रै १३४ जना रहेका छन् । सोमबार जम्मा ४२ जना संक्रमित थपिएकोमा मंगलबार उपत्यकमा तीन गुणाभन्दा बढी संक्रमित थपिएका हुन् । मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले देशभर ६३८ जनामा संक्रमण पुष्टि भएको बताए ।


गोंगबु हत्याकाण्डकी अभियुक्त कल्पनालाई प्रहरीले सार्वजनिक गर्यो

गोंगबु हत्याकाण्डकी अभियुक्त कल्पनालाई प्रहरीले सार्वजनिक गर्यो

काठमाडौँ । ३ दिनअघि गोंगबुमा बिभत्स हत्या गरिएका दाङका कृष्णबहादुर बोहराको हत्यामा संलग्न अभियुक्तलाई प्रहरीले काठमाडौँमा सार्वजनिक गरेको छ। घटनापछि हत्यामा संलग्न भएको आशंकामा चितवनबाट पक्राउ गरेर ल्याईएकी कल्पना मुडभरी (पौडेल) लाई अनुसन्धानको क्रममा दोषी पाईएको भन्दै सार्वजनिक गरिएको हो।


गोंगबु हत्या : यौन नै हत्याको कारण, शव व्यवस्थापनमा छोरीको समेत सहयोग

गोंगबु हत्या : यौन नै हत्याको कारण, शव व्यवस्थापनमा छोरीको समेत सहयोग

काठमाडौंं । टोखा नगरपालिका १० गोंगबुमा दाङका कृष्णबहादुर बोहराको विभत्स हत्याको कारण खुलेको छ । प्रहरी स्रोतका अनुसार हत्याको कारण यौन रहेको पाइएको छ। हत्या आरोपमा चितवनबाट पक्राउ परेकी महिला कल्पना शाहीले बोहराले आफूलाई ुसेक्सुअल ह्यारेसमेन्टु गरेकाले सहन नसकेर हत्या गर्न बाध्य भएको बयान दिएकी छिन्। महिला शाहीको भनाई उदृत गर्दै अनुसन्धानमा संलग्न महानगरीय प्रहरी अपराध महाशाखाका एक अधिकारीले नेपाल लाइभलाई भने, ‘ममाथि पटक(पटक सेक्सुअल ह्यारेसमेन्ट भयो। त्यो सहन नसकेपछि अन्तिममा हत्या गर्न बाध्य भएँ।’


गोंगबु हत्या प्रकरणः भान्छा र शौचालयमा शरीरका अङ्ग छिनाइयो

गोंगबु हत्या प्रकरणः भान्छा र शौचालयमा शरीरका अङ्ग छिनाइयो

काठमाडौं । आइतबार गोंगबुमा मृत भेटिएका व्यक्तिको हत्या आर्थिक लेनदेनका कारण भएको हुन सक्ने प्रहरीको प्रारम्भिक निष्कर्ष रहेको छ ।प्रहरीले हत्या भएको घर समेत सोमबार फेला पारेको छ । प्रहरीले आइतबार हत्यापछि जेब्रा झोलामा टाउको र खुट्टा तथा घाँटी मुनिदेखि घुँडामाथिसम्मको भाग सुटकेसमा हालेर फ्याँकिएको अवस्थामा शव फेला पारेको थियो ।


गो‌ंगबु हत्या काण्डः बोहोराकै फ्ल्याटमा बस्दै आएकी आरोपित महिला पक्राउ

गो‌ंगबु हत्या काण्डः बोहोराकै फ्ल्याटमा बस्दै आएकी आरोपित महिला पक्राउ

काठमाडौं । आइतबार गोङ्गबुमा कृष्णबहादुर बोहराको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले एक महिलालाई नियन्त्रणमा लिएको छ। महानगरीय अपराध महाशाखाको टोलीले चितवनबाट कल्पना शाहीलाई नियन्त्रणमा लिएको हो। प्रहरी स्रोतका अनुसार उनलाई चितवनबाट काठमाडौं ल्याइँदैछ। ती महिला र हत्या गरिएका बोहोरा गोंगबुमा एउटै फ्ल्याटमा बस्दै आएको प्रहरीले जनाएको छ। उनका श्रीमान् विदेशमा छन्।


सुटकेसभित्र भेटिएको शवको पहिचान खुल्यो

सुटकेसभित्र भेटिएको शवको पहिचान खुल्यो

काठमाडौं । शनिबार राजधानीको गोंगबुमा टाउको काटिएको अवस्थामा सुटकेसभित्र भेटिएको शवको सनाखत भएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी कार्यालय स्रोतका अनुसार हत्या गरिएका व्यक्ति रोल्पा स्थायी घर भएका कृष्णबहादुर बोहोरा भएको खुलेको हो ।


सुटकेशमा फेला परेको शव पहिचान हुन नसकेपछि, तस्विर सार्वजनिक

सुटकेशमा फेला परेको शव पहिचान हुन नसकेपछि, तस्विर सार्वजनिक

काठमाडौं । काठमाडौँको गोंगबु चोक नजिकै आइतबार सुटकेशमा फेला परेको शवको सनाखत हुन नसकेपछि प्रहरीले मृतकको तस्वीर सार्वजिनक गरेको छ । महानगरीय अपराध अनुसन्धान महाशाखाका एसपी ईश्वर कार्कीका अनुसार शवको पहिचानमा सहयोग पुग्ने अपेक्षाका साथ तस्वीर सार्वजनिक गरिएको हो । तस्वीरको पहिचान गर्ने व्यक्तिले नजिकैको प्रहरी चौकीमा खबर गर्न समेत एसपी कार्कीले सबैसँग आग्रह गरेका छन् ।


१६ जना संक्रमित भेटिएपछि कोटेश्वरको असर्फी टोल सिल

१६ जना संक्रमित भेटिएपछि कोटेश्वरको असर्फी टोल सिल

काठमाडौं । काठमाडौंको कोटेश्वरस्थित असर्फी टोल सिल गरिएको छ । एकै टोलका १६ जनामा कोरोना भाइरसको संक्रमण देखिएपछि टोल सिल गरिएको हो । वडा समितिले उक्त क्षेत्रमा माइकिङ गरेर सबैलाई सचेत रहन आग्रह पनि गरेको छ।


पुतलीसडकमा बन्द कोठाबाट धुवाँको मुस्लो निस्केपछि

पुतलीसडकमा बन्द कोठाबाट धुवाँको मुस्लो निस्केपछि

काठमाडौं । काठमाडौँको पुतलीसडकमा आगलागी भएको छ । काठमाडौँ महानगरपालिका–३१ पुतलीसडकस्थित कृष्णशङ्कर कसजुको घरको दोस्रो तलामा आज अपराह्न आगलागी हुँदा कन्सल्टेन्सीमा क्षति पुगेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता सोमेन्द्रसिंह राठौरले आगलागी हुँदा स्टाण्डर्ड एजुकेशन कन्सल्टेन्सीको एक कोठामा क्षति पुगेको जानकारी दिए ।


उपत्यकाका ४० प्रतिशत संक्रमित कतै यात्रा नै नगरेका

उपत्यकाका ४० प्रतिशत संक्रमित कतै यात्रा नै नगरेका

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना महामारीको जोखिम प्रतिदिन बढ्दै गएको छ । शुक्रबार र शनिबार फेला परेका अधिकांश सङ्क्रमितको यात्रा विवरण उपत्यका बाहिर देखिँदैन । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल सङ्क्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएकाले स्वास्थ्य तथा सुरक्षा मापदण्डको पालना गर्न आग्रह गरिएको बताउँछन् । सर्वसाधारणको लापरबाहीका कारण सङ्क्रमण टोल, गल्ली र बस्तीमा फैलिइसकेको आशङ्का बढेकाले उच्च सतर्कता जरुरी भएको हो ।


Ad