केपि ओलीले जनताको त्याग र बलिदानबाट प्राप्त संविधानको घाँटी निमोठे : किसान महासंघ अध्यक्ष रेग्मी
माधव खनाल, अर्घाखाँची । राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल किसान महासंघ (अफा) का केन्द्रिय अध्यक्ष भैरहवराज रेग्मीले केपि शर्मा ओलीले जनताको संविधानको घाँटी निमोठेको आरोप लगाएका छन । राष्ट्रिय जनमोर्चाले संसदको बिघटन विरुद्ध तथा बिघठित संसदको पुर्नस्थापनाका लागि देशब्यापी रुपमा चलेको सङघर्षको कार्यक्रम अन्तर्गत शुक्रबार अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वडा नम्बर १ मा भएको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष रेग्मीले सो कुरा बताएका हुन । साथै अध्यक्ष रेग्मीले बर्तमान प्रधानमन्त्री केपि शर्मा वलीले आफ्नो पार्टीको विवाद मिलाउनुको साटो जनताको हक अधिकार खोसेको आरोप समेत लगाए ।