हिमालयन हाइड्रोपावरको आईपीओ खुल्याे, क-कसले दिन पाउछन् आवेदन ?
काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि धिताेपत्रकाे प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारणलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १९ लाख ६८ हजार २५० कित्ता साधारण सेयर निष्कासन गरेको हो । जसमध्ये ९८ हजार ४१३ कित्ता सामूहिक लगानी कोषका लागि र ३९ हजार ३६५ कित्ता सेयर कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ । बाँकी १८ लाख ३० हजार ४७९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।